Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

अमेरिका हल्लाएर बसेका रुसी राष्टपति पूटिनका ५ रोचक पक्ष

\"putin\"रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबारे त्यति धेरै कुरा बाहिर आएका छैनन् । मिडियाबाट टाढै बस्न रुचाउने पुटिनको लवाइखवाइ, भाषण तथा अन्य दैनिक गतिविधिबारे भने मिडियाले सधौ पछ्याइरहेको हुन्छ । विभिन्न स्रोतबाट साभार गरिएका पुटिनबारे पाँच कुरा : १. सानोमा मुसा मारेर बस्थे पुटिन गरिब सोभियत परिवारमा जन्मेका थिए । अहिलेको सेन्ट पिटर्सबर्गमा उनका आमाबाबु एउटा ‘कम्युनल अपार्टमेन्ट’मा बस्थे । त्यही ठाउँमा अन्य तीन परिवार पनि बस्थे । पुटिनको औपचारिक जीवनीका अनुसार पुटिन सानोमा फुर्सदको समयमा मुसा मारेर बस्थे । २. दुई छोरी छन् पुटिनका दुई छोरी छन् । तर, अहिलेसम्म उनीहरूको तस्बिर मिडियामा आएको छैन । मारिया पुटिन र टेकाटेरिना पुटिन दुवैको जन्म सन् १९८० को दशकमा जर्मनीमा भएको थियो । तर, पुटिनले आजसम्म पारिवारिक फोटो सेयर गरेका छैनन्, रुसी मिडियामा आजसम्म पुटिन परिवारको फोटो छापिएको छैन । ३. जर्मन बोल्छन् अंग्रेजी अप्ठ्यारो मान्छन् पुटिनलाई जर्मन भाषाको राम्रो ज्ञान छ । उनी जर्मन चान्सलर एन्जेला मर्केलसँग भेट्दा वा फोनमा कुरा गर्दा जर्मनमा नै कुरा गर्छन् । तर, उनी अंग्रेजीमा ‘कन्फिडेन्ट’ छैनन् । त्यसैले, बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसँग कुरा गर्दा सहयोगी साथमा राख्छन् । पुटिनले अत्यन्त कम अवसरमा मात्र अंग्रेजीमा भाषण दिएका छन् । ४. गीत गुनगुनाउाछन् बिटल्स मन पराउँछन् पुटिन पहिले गायक बन्न चाहन्थे । तर, पछि उनले आफ्नो रुचि परिवर्तन गरे । खेलकुदमा लागे । १८ वर्षको उमेरमा नै जुडोका लागि ‘ब्ल्याक बेल्ट’ पाएका पुटिन अन्य खेलमा पनि त्यत्तिकै रुचि राख्छन् । तर, गीतप्रतिको मोह पनि कम छैन । उनी गीत गुनगुनाउँछन् । उनीनीकट स्रोतका अनुसार उनलाई सबैभन्दा मन पर्ने सांगीतिक ब्यान्ड ‘द बिटल्स’ हो । ५. कार्यक्रममै डिभोर्स पुटिन र उनकी श्रीमती ल्युडमिला सार्वजनिक ठाउँमा खासै देखिँदैनथे । जुन २०१३ मा उनीहरू एउटै कार्यक्रममा पुगे । त्यहाँ उनीहरूलाई प्रश्न सोधियो, ‘किन तपाईंहरू सार्वजनिक कार्यक्रममा सँगै देखिनुहुँदैन ?’ पुटिनले तत्काल जवाफ दिए, ‘हामी दुवैले एक–अर्काबाट छुट्टिने निर्णय गरेका छौँ, किनकि हामी एक–अर्कासँग बस्दैनौँ ।’ पुटिनले त्यसलाई ‘सिभिलाइज्ड डिभोर्स’को संज्ञा पनि दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending