Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

प्रचण्डले रोके राष्ट्रघाती ‘फास्ट ट्र्याक’ सम्झौताको प्रयास

काठमाडौं । राष्ट्रहित विपरित काठमाडौं–तराई मधेस द्रुतमार्ग निर्माणको जिम्मा भारतीय कम्पनिलाई दिने सरकारको प्रयास एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको विरोधले रोकिएको छ ।

\"Kathmanduकामचलाउ हैसियतको सुशील कोइराला नेतृत्वको वर्तमान सरकारले दीर्घकालमा असर पार्ने काठमाडौं–तराई मधेस द्रुतमार्ग निर्माणको जिम्मा भारतीय कम्पनि इन्फ्रास्टक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेस लिमिटेड (आईएल एन्ड एफएस)लाई दिने तयारी गरेको थियो । यसबारे राजनीतिक सहमति जुटाउन भन्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार राति प्रमुख तीन दलको बैठक बसेको थियो ।

बैठकमा कांग्रेस नेतासमेत रहेका भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधिले ग्लोबल टेन्डर विना काठमाडौं–तराई मधेस द्रुतमार्गको जिम्मा भारतीय कम्पनिलाई दिने प्रस्ताव पेस गरेका थिए ।

तर, प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले तत्कालै प्रतिवाद गरेका थिए । बैठकमा एमाओवादीको तर्फबाट प्रचण्ड र नेता शक्तिबहादुर बस्नेत सहभागी थिए ।

‘राष्ट्र हित विपरितको सम्झौता गर्नु हुँदैन । यसलाई रोक्नुस्,’ बैठकमा प्रचण्डले भनेका थिए, ‘भारतले नाकाबन्दी गरेर दुःख दिइरहेकाबेला उसैलाई फाइदा हुनेगरी फास्टट्रयाक निर्माणको जिम्मा दिँदा के होला, बिचार गर्नुभएको छ ?’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड बैठकमा कडारुपमा प्रस्तुत भएर विरोध गरेपछि एमाले नेता माधवकुमार नेपालले पनि मुलुकलाई अहिते हुने गरी सम्झौता गर्न नहुने धारणा राखेका थिए । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए ।

कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले भने सम्झौता अघि बढाउनुपर्नेमा जोड दिएका थिए । नेपालले निर्माणको जिम्मा दिन लागेको भारतीय कम्पनिका नेपाल एजेण्ट देउवाको साला प्रदीप राणा हुन् । त्यसैले देउवा भारतसँग सम्झौता गर्नुपर्ने पक्षमा छन् ।

तर, प्रमुख तीन दलको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले नेताहरुले विरोध गरेपछि मन्त्री विमलेन्द्र निधिको प्रयास दोस्रोपटक पनि असफल भएको छ । यसअघि पनि मन्त्री निधिले मन्त्रिपरिषदको बैठकमा सो सम्झौता भारतीय कम्पनिसँग गर्न ठाडो प्रस्ताव पेश गरेका थिए । तर मुख्य सचिव सोमलाल सुवेदी र एमालेका केही मन्त्रीहरुले विरोध गरेपछि असफल भएको थियो ।

किन गर्नुपर्याे विरोध ?

२० बर्ष अघिबाट निर्माण गर्ने चर्चा शुरु भएको फास्ट ट्रयाक ललितपुरदेखि बाराको निजगढसम्म ७६ किलोमिटर लम्बाइ छ । राष्ट्रिय प्राथमिकतामा परेको यो सडकको ट्र्याक नेपाली सेनाले खोलिसकेको छ । चार लेनको यो सडक अन्तराष्ट्रियस्तरको हुनेछ ।

\"Kathmandu-Tarai-Fast-track-\"यसको सम्भाव्यता अध्ययन र डिपिआर भारतीय कम्पनिले नै तयार पारेको छ । सो क्रममा १ खर्ब १२ अर्ब लागत लागेको दाबी गरिएको छ । यो हिसाबले ७६ किलोमिटर लामो सडक निर्माण गर्दा एक किलोमिटरको लागत १ अर्ब २७ करोड रुपैयाँ खर्च हुने देखिन्छ । जबकी भारतमै यस्तो फास्ट ट्रयाक प्रतिकिलोमिटर ३५ करोड रुपैयाँमा बनाएको पाइएको छ । त्यसैले संसदको अर्थ समितिले यसलाई अस्वाभाविक भन्दै आपत्ति जनाएको छ ।

प्रस्तावित सम्झौताअनुसार सरकारले कम्पनीलाई सुरुमै १५ अर्ब रुपैयाँ निःशुल्क भारतीय कम्पनिलाई दिनुपर्नेछ । त्यसपछि सहुलियत ऋणको रुपमा ३ प्रतिशत ब्याजदरले ७५ अर्ब रुपैयाँ उपलब्ध गराउनुपर्ने छ । यो दुबै रकम जोड्दा ९० अर्ब रुपैयाँ पुग्छ ।

प्रस्तावको सबैभन्दा घातक प्रावधान ‘मिनिमन रेभिन्यू ग्यारेन्टी’ हो । जसअनुसार यदि कम्पनीले फास्ट ट्रयाकबाट आफ्नो लक्ष्यअनुसार कर उठाउन सकेन भने नपुगेको नेपाल सरकारले नै व्यहोर्नुपर्छ । सम्झौतामा सो सडकमा ट्रक, बस, मिनिबस, कार र मोटरसाईकल गरी करिब २१ हजार सवारी साधन गुड्नुपर्ने उल्लेख छ । सोभन्दा कम गाडीहरु गुडेमा बार्षिक १५ अर्ब रुपैयाँ नेपाल सरकारले हर्जाना बुझाउनु पर्ने हुन्छ । जबकी आगामी ३० वर्षसम्मको गाडीको चाप अनुमान गर्दा पनि २१ हजार गाडी सो सडकमा नगुड्ने देखिएको छ ।

यस हिसाबले नेपाल सरकारले वार्षिक १० देखि १५ अर्ब रुपैयाँ कम्पनीलाई व्यहोर्नुपर्ने अवस्था आउने जानकारहरु बताउँछन् । १० अर्बको दरले पनि भारतीय कम्पनीलाई हर्जाना तिर्दा नेपाल सरकारको ढुकुटीबाट ३ खर्ब रुपैयाँ भारतीय कम्पनीले लैजान्छ ।

नेपालको बाटो भित्र चल्ने गाडीको संख्या तोक्ने र सोअनुसार नपुगे भारतीय कम्पनिलाई जरिवाना तिर्नुपर्ने विवादास्पद सर्त भए पनि भौतिक योजना तथा निर्माण मन्त्री निधि सोही सर्त सकार्दै सम्झौता गर्नुपर्ने पक्षमा छन् । यो प्रस्तावित सम्झौताको सरकारका पूर्व प्रशासक, वाहलवाला उच्च अधिकारी, राजनीतिक दल र संसदीय समितिहरुले पनि विरोध गर्दै आएका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy