Khabar Dabali ९ जेष्ठ २०८३ शनिबार | 23rd May, 2026 Sat
Investment bank

नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ

खबरडबली संवाददाता

बुटवल। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नक्कली नोट छाप्ने कम्प्युटर र प्रिन्टरसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिकाबाट नोट छाप्न प्रयोग गरिने कम्प्युटर, प्रिन्टर, कैची तथा केही नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको हो ।

पक्राउ पर्नेहरुमा भारत ककरहवा सिद्धार्थनगर नौगढ उत्तर प्रदेश बस्ने अब्दुल गफ्फरको छोरा ३८ वर्षीय अब्दुल हमिद र रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं।११ मसिना बस्ने २२ वर्षीय बिक्की भन्ने अनिल पासी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गोप्य सूचनाका आधारमा प्रारम्भिक अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न रहेका व्यक्तिहरुको पहिचान एवं खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले नोट छाप्ने स्थान र छाप्ने सामग्रीसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुबाट सबै नोटहरुमा एउटै नम्बर ङ २५ ०२४९१२ रहेको नक्कली नेपाली पाँच सय दरको नोट ३० थान, नेपाली रुपियाँ १००, ५०० र १००० दरको प्रिन्ट भई कटिङ्ग नगरेको अवस्थामा रहेका नक्कली नोट सात थान, नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको सिपीयु एक थान, नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको प्रिन्टर एकथान, नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको मोनिटर एकथान, मोबाइल दुई थान र कैची एकथान लगायत कागजहरु बरामद भएको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामुदायिक रेडियो जनअपेक्षाअनुसार सञ्चालन हुनुपर्छ: सञ्चारमन्त्री

पाटन। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले आधुनिक प्रविधिको वर्तमान युगमा पनि सामुदायिक रेडियोको महत्त्व नघटेकाले यस्ता रेडियो प्रविधिमैत्री...

नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ

बुटवल। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नक्कली नोट छाप्ने कम्प्युटर र प्रिन्टरसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका...

काभा महिला भलिबल: नेपाल आज किर्गिस्तानसँग भिड्दै

काठमाडौं । घरेलु कोर्टमा जारी काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा नेपालले आज किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपु...

सप्तरीमा हुलाकी सडक चार दिनदेखि अवरुद्ध

राजविराज। राजविराजको हनुमान मन्दिरदेखि चनौरा पडरियासम्मको अलपत्र हुलाकी सडक निर्माण कार्य सम्पन्न गर्न दबाब दिँदै स्थानीयवासीले थालेको सडक अवरोध शनिबा...

भण्डारा–मलेखु सडक : १७ वर्षमा साढे २५ किलोमिटर मात्र कालोपत्रे

चितवन। पूर्वी चितवनको भण्डारादेखि मलेखुसम्म जोड्ने ट्र्याक खुलेको १७ वर्षमा साढे २५ किलोमिटर मात्र सडक कालोपत्रे भएको छ । चितवनबाट राजधानी काठमाडौं...

छिरिङ लामाको पद यथास्थितिमा राख्न सर्वोच्चको आदेश

ताप्लेजुङ। निर्वाचन आयोग नेपालले पदमुक्त गरेको जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाको पद यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश ...

नेपालले अमेरिकालाई १२२ रनले हरायो

काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत  शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई नेपालले ४१ ओभर २ ...

मधेशका मुख्यमन्त्री कृष्ण यादवले पाए विश्वासको मत

जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्ण यादवले मधेश प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार बसेको प्रदेशसभा बैठकमा बहुमत प्रदेशसभा सदस्यहर...

रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा हटाइयो ‘सहकारी ठगी’ को मुद्दालाई मात्र निरन्तरता दिन आदेश

काठमाडौं । कास्की जिल्ला अदालतले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था को रकम हिनामिना प्रकरणमा दर्ता भएको मुद्दामा रवि लामिछाने लगायतविरुद्ध लगाइएको ‘स...

संविधान संशोधनका लागि नागरिकसँग सुझाव माग्दै कार्यदल

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले संविधान संशोधनका विषयमा आम नागरिकबाट सुझाव संकलन गर्ने भएको छ । असिम शाह को नेतृत्वमा रहेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending