पाटन। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले आधुनिक प्रविधिको वर्तमान युगमा पनि सामुदायिक रेडियोको महत्त्व नघटेकाले यस्ता रेडियो प्रविधिमैत्री हुँदै जनअपेक्षाअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिएको छन् ।
दक्षिण एसियाको पहिलो सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथा ११०२।४ मेगाहर्जको ३०औँ स्थापना दिवसका अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा उनले सामुदायिक रेडियो थप प्रविधिमैत्री भएर जनअपेक्षाअनुसार सञ्चालन हुनुपर्ने बताए।
मन्त्री डा तिमल्सिनाले मुलुकका आमनागरिक तथा बुद्धिजीवीका कारण रेडियोको महत्त्व अहिले पनि नघटेकाले मर्यादित र उत्तरदायी पत्रकारिता आजको अवश्यकता रहेकामा जोड दिए। उनले नैतिक पत्रकारिता र जिम्मेवारीपूर्ण सञ्चारका लागि रेडियो सगरमाथा थप प्रविधिमैत्री हुँदै महत्त्वपूर्ण भूमिका निर्वाह गरोस् भनी शुभकाना व्यक्त गरे।
“रेडियो सगरमाथा नेपालको इतिहासमा निष्पक्षताको मानक भएको तथ्य तीन दशकदेखि देखाइरहेका, पढाइरहेको छ । अहिले अधिकांश सञ्चारमाध्यमले सङ्घर्ष गरिरहनुपरेको छ । सञ्चारमाध्यमको दिगोपनाका लागि सकारात्मक प्रभाव पार्नेगरी हस्तक्षेपकारी भूमिका निर्वाह गर्नेछु”, मन्त्री डा तिमल्सिनाले भने । उहाँले लोककल्याणकारी विज्ञापनमा राज्यले रु ३० करोड खर्च गरिरहेको जानकारी दिँदै अरु विज्ञापनमा चलखेल भएकाले हाललाई त्यो रोकिएको बताउनुभयो ।
“सञ्चारमध्यमले पाउनुपर्ने विज्ञापन पाउन सकेका छैनन्, यसका लागि श्रमजीवी पत्रकारले आवाज उठाउनुपर्छ । सरकारलाई बुझाएको कर सदुपयोग हुनुपर्छ, लोककल्याणकारी विज्ञापनको दुरुपयोग भएको भए सोको उचित हिसाब हुन्छ । जनताको इच्छा र अपेक्षाअनुसारको सञ्चारका लागि लोककल्याणकारी विज्ञापन खर्च हुनुपर्छ”, सञ्चरमन्त्री डा तिमल्सिनाले भने। उनले आफूले २०६० सालदेखि २०७० सालसम्म रेडियो सगरमाथामा नियमित सेवा गरेको स्मरण गर्दै मन्त्री हुनुको आधार रेडियो सगरमाथा रहेको धारणा राखे।
नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तेइले ३० वर्षको यो यात्रामा रेडियो सगरमाथाले समुदायको आवाजलाई बुलन्द बनाउन सहयोग गरेको भन्दै नागरिकको आवाजलाई उजागर गर्न सामुदायिक रेडियोको महत्त्वपूर्ण भूमिका हुने धारणा राखे। युनेस्कोले सामुदायिक रेडियोहरूका लागि कार्यक्रम र फेलोसिपहरू प्रदान गर्दै आएको उहाँले जानकारी दिए।
वातावरण पत्रकार समूहका अध्यक्ष चन्द्रशेखर कार्कीले रेडियो सगरमाथा र वातावरण पत्रकार समूह एकअर्काका सारथी रहेका बताउँदै दुवै संस्थाको सहकार्य र समन्वयबाट प्रभावकारी र सकारात्मक सञ्चार प्रवाह गर्नुपर्ने आवश्यकता औँल्याए।
रेडियो सगरमाथाका सञ्चालक समितिका अध्यक्ष डा घमराज लुइँटेलले रेडियो सगरमाथा स्वतन्त्र सञ्चारमाध्यम तथा अभिव्यक्ति स्वतन्त्रताको इतिहास भएको बताउँदै स्वतन्त्र र सामुदायिक भावनालाई उजागर गर्ने रेडियोलाई सरकारले अनुदान दिएर सहयोग गर्नुपर्नेमा जोड दिए।
रेडियो सगरमाथाका स्टेसन म्यानेजन उर्वशी बस्नेतले सामुदायिक उत्तरदायित्वलाई केन्द्रमा राखेर तीन दशकदेखि निरन्तर काम गर्दै आएको जानकारी गराउँदै लोकतन्त्र, समृद्धि र सामुदायिक उत्तरदायित्वको यात्रामा जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गरे। दक्षिण एसियाको पहिलो स्वतन्त्र प्रसारण सेवाका रूपमा रेडियो सगरमाथाको सुभारम्भ विसं २०५४ जेठ ९ गतेदेखि सञ्चालन भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ९ गते, २०८३ - १४:२०
सुलीकोट। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा यार्सागुम्बा संकलन गएका युवाको भीरबाट लडेर मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका–३ पाङसिङ स्थायी घर भ...
जेष्ठ ९ गते, २०८३ - १४:०६
काठमाडौँ। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गर...
जेष्ठ ९ गते, २०८३ - १३:५८
काठमाडौँ । नेताहरूको कार्यविभाजन तथा निर्वाचनको समग्र समीक्षा गर्न बोलाइएको नेकपा एमालेको सचिवालय बैठक शनिबार पनि जारी रहेको छ। अध्यक्ष केपी शर्मा ओली...
जेष्ठ ९ गते, २०८३ - १३:३६
पाटन। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले आधुनिक प्रविधिको वर्तमान युगमा पनि सामुदायिक रेडियोको महत्त्व नघटेकाले यस्ता रेडियो प्रविधिमैत्री...
जेष्ठ ९ गते, २०८३ - १३:०६
बुटवल। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नक्कली नोट छाप्ने कम्प्युटर र प्रिन्टरसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका...
जेष्ठ ९ गते, २०८३ - १२:१५
काठमाडौं । घरेलु कोर्टमा जारी काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा नेपालले आज किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपु...
जेष्ठ ९ गते, २०८३ - ११:५१
राजविराज। राजविराजको हनुमान मन्दिरदेखि चनौरा पडरियासम्मको अलपत्र हुलाकी सडक निर्माण कार्य सम्पन्न गर्न दबाब दिँदै स्थानीयवासीले थालेको सडक अवरोध शनिबा...
जेष्ठ ९ गते, २०८३ - ११:१५
चितवन। पूर्वी चितवनको भण्डारादेखि मलेखुसम्म जोड्ने ट्र्याक खुलेको १७ वर्षमा साढे २५ किलोमिटर मात्र सडक कालोपत्रे भएको छ । चितवनबाट राजधानी काठमाडौं...
जेष्ठ ९ गते, २०८३ - १०:४०
ताप्लेजुङ। निर्वाचन आयोग नेपालले पदमुक्त गरेको जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाको पद यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश ...
जेष्ठ ८ गते, २०८३ - १७:४९
काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई नेपालले ४१ ओभर २ ...



प्रतिकृया लेख्नुहोस्: