काठमाडौं । भारतको नाकाबन्दीको सामना गर्न तेस्रो मुलुकबाट इन्धन ल्याउनुपर्ने आवाज उठिरहेकाबेला राष्ट्रिय योजना आयोग भने त्यसको विपक्षमा उभिएको छ । उत्तरको छिमेकी मुलुक चीनले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताइरहेकाबेला योजना आयोग नै त्यसमा सकारात्मक देखिएको छैन ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा चीनबाट इन्धन ल्याउन नहुने विवादास्पद अभिव्यक्ति दिएका छन् । भारतको नाकाबन्दीको विकल्प खोज्न सरकारलाई दवाव बढिरहेकाबेला डा. पोखरेलले भारतलाई चिढ्याउन नहुने बताए ।
उनले भने, ‘एउटै भाषा र सँस्कृति भएको देशसँग आवेशमा आएर टिट फर ट्याटको व्यवहार गर्न हुँदैन । भावनामा बगेर मात्रै धेरै दिन टिक्न सकिन्न ।’
उनले दक्षिणले दिएन भनेर उत्तरबाट तेल ल्याउने कुराले समस्याको समाधान नदिने दावी गरे ।
अहिले देखिएको इन्धन संकट समाधानको लागि खपत कम गर्ने र रोकिएको आपूर्ति सुचारु गर्न तत्काल कूटनीतिक पहल गर्ने बाहेक अरु कुनै विकल्प नभएको पोखरेलको भनाइ छ ।
पुनर्निर्माण प्राधिकरणका प्रमुखसमेत रहेको डा. पोखरेलले भने, ‘अहिलेको इन्धन संकटबाट बच्न विजुलीबाट खाना पकाउने र सौर्य उर्जाको विकासमा लाग्नु पर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: