Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

कसरी हुँदैछ नयाँ प्रधानमन्त्री निर्वाचन ?

\"ca-building-660x330\"

काठमाडौँ । व्यवस्थापिका–संसद् सचिवालयले नयाँ प्रधानमन्त्री निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशित गरेको छ ।व्यवस्थापिका–संसद्को आज बसेको बैठकमा सुवास नेम्बाङले प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी आवश्यक व्यवस्था मिलाउन दिनुभएको निर्देशनअनुसार नै कार्यतालिका प्रकाशित गरेको हो ।

प्रकाशित सूचनाअनुसार शनिबार बिहान संसद् भवन नयाँबानेश्वरमा ११ बजेदेखि ४ बजेसम्म प्रधानमन्त्रीका उम्मेद्वारी दर्ता गराउने समयसीमा तोकिएको छ । एक जना प्रस्तावक र समर्थकले समर्थन गरेको प्रस्ताव र म प्रधानमन्त्रीमा निर्वा्चित भए यी काम गर्न राजी छु भन्ने व्यहोराका आवेदनमा उम्मेदवारले हस्ताक्षर गर्नुपर्नेछ ।

आवेदन दर्ता भएपछि शनिबार ४ः३० बजे सचिवालयले दर्ता भएको प्रस्तावको अन्तिम सूची प्रकाशित गर्ने व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए ।

यस्तै आइतबार बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीको उम्मेदवारका समर्थक र प्रस्तावकले आ–आफ्नो धारणा राखेपछि मतदान प्रक्रियामा प्रवेश गर्नेछ ।

राष्ट्रपति डा रामवरण यादवले सहमतिको आधारमा प्रधानमन्त्री चयन गर्न दिनुभएको समयसीमा बिहीबार सकिएपछि आजबाट बहुमतीय प्रक्रियाका आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि बढेको हो ।

संविधानको धारा २९८ मा भएको सङ्क्रमणकालीन व्यवस्थाअनुसार व्यवस्थापिका–संसद्को बैठक आह्वान भएको सात दिनभित्र नयाँ प्रधानमन्त्रीको चयन गर्ने व्यवस्था रहेको छ । सात दिनभित्र सहमतिको आधारमा प्रधानमन्त्री चयन नभएको अवस्थामा बहुमतीय प्रक्रियाका आधारमा प्रधानमन्त्रीको चयन हुने प्रावधान रहेको छ ।

यस्तै अधिवेशन आह्वान भएको अवस्थामा २० दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्ने व्यवस्था संविधानको धारा २९९ मा रहेको छ । सदनमा रहेको बहुमत सदस्य सङ्ख्याले ती दुई पद चयन गरिनेछ । सभामुख र उपसभामुख अलगअलग राजनीतिक दल प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy