Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

भारतबाट ५६ वटा इन्धन बोकेका ट्यांकर नेपाल भित्रिए, दिनभरमा थप ४३ ट्याकंरमा तेल भरियो

\"truck\"काठमाडौं । भारतीय सीमावर्ती नाकाबाट आइतबार दिनरभरमा भारतबाट ५६ वटा इन्धन बोकेका ट्यांकर नेपाल भित्रिएका छन् । नेपालगञ्ज र काँकडभिट्ट नाकाबाट मात्र ५५ वटा इन्धन ट्यांकर नेपाल प्रवेश गरेका छन् ।

नेपालगञ्ज नाकाबाट ३८ वटा तेल र ग्यस बोकेका गाडी नेपाल प्रवेश गरेको जमुनाह भन्सार प्रमुख राजेन्द्र हमालले जानकारी दिए । जसमा २६ वटा डिजेल, ११ बुलेट ग्यास र १ ट्यांकर हवाई इन्धन छ ।

यसैगरी काँकडभिट्टा नाकाबाट १७ ट्यांकर इन्धनले नेपालमा प्रवेश पाएको मेची भन्सार प्रमुख भीम अधिकारीले जानजकारी दिए । जसमध्ये १४ ट्यांकरमा पेट्रोल छ भने ३ बुलेट ग्यास पनि नेपाल आएको छ ।

मधेसी मोर्चाको कार्यकर्ता र प्रहरीबीच भएको तनावपछि शनिबार दिउँसोदेखि बिराटनगर नाका ठप्प छ ।वीरगञ्ज नाकामा भने मधेसी मोर्चाले शिविर नै खडा गरेर धर्नामा बसेपछि आयात हुन नसकेको तीन हप्ता बितेको छ ।

दिनभरमा ४३ ट्याकंरमा तेल भरियो

भारतीय आयल निगम (आइओसी) ले आइतबार दिनभरमा ४३ ट्याकंरमा तेल भरिदिएको छ । आईओसीले भारतमा सार्वजनिक विदा भएपनि सिलगुढी र गोन्डाको डिपोमा तेल लोड दिएको हो ।

आईओसीले आइतबार दुईवटा डिपोबाट मात्र तेल दिएपनि अन्य दिनभन्दा बढी तेल दिएको नेपाल आयल निगमले जनाएको छ ।निगमका प्रवक्ता दिपक बरालका अनुसार गोन्डा डिपोले २६ ट्याकंर र सिलगुढीमा १७ ट्यांकरमा तेल भरिएको छ ।

गोन्डा नेपालगञ्ज पारीको डिपो हो भने सिलगुढी डिपो काँकडभिट्टाबाट पुगिन्छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending