Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

माओवादीलाई राष्ट्रपति पद दिने एमालेको संकेत

\"sital-niwas\"काठमाडौं । नेकपा एमालेले अब राष्ट्रपति पद एकीकृत माओबादीलाई दिने संकेत गरेको छ । यसअघि भएको भनिएको भद्र सहमति नेपाली कांग्रेसले तोडेपछि नेकपा एमालेले अब राष्ट्रपति पद पछिल्लो समीकरणको प्रमुख सहयोगी एकीकृत नेकपा माओवादीलाई दिने संकेत एमालेले गरेको हो ।

प्रधानमन्त्रीको प्रत्यासी एमाले अध्यक्ष केपी ओली निकट नेता कृष्णगोपाल श्रेष्ठले गठबन्धनको तर्फबाट अब राष्ट्रपतिमा एकीकृत माओवादीबाट उम्मेद्वार बन्ने बताएका हुन् ।

‘कांग्रेसले सहमति तोडेकोले अब राष्ट्रपति सम्मानजनक ढंगले एमाओवादीको हुन्छ, उनले भने पूर्व सहमति अनुसार सभामुख पनि माओवादीलाई नै जान्छ, चौथो ठूलो दल राप्रपा नेपालले सहकार्य गर्न प्रतिबद्धता जनाएको आधारमा उपप्रधानमन्त्री त्यो दललाई जानेछ ।’

प्रधानमन्त्रीको निर्वाचनमा एमालेलाई खुलेर समर्थन जनाइसकेको एकीकृत माओवादीले नयाँ सत्ता समीकरणमा राष्ट्रपति पद स्वाभाविक रुपमा आफ्नो भागमा आउने बताए पनि औपचारिक दाबी भने गरेको छैन ।

आफूलाई सघाउनेमा राप्रपा नेपालसहितका दलहरु पनि देखिएकाले अन्य प्रमुख पद पनि सहयोगी शक्तिहरुबीच नै बाँडफाँड गर्ने मनस्थितिमा एमाले नेताहरु छन्।

कांग्रेसलाई राष्ट्रपति दिने भद्र सहमति भएको तर सुशील कोइरालाले प्रधानमन्त्रीमा उम्मेद्वारी दिएपछि शक्ति बाँडफाँडको पूर्व सहमति भत्किएको नेकपा एमालेको ठम्याई छ ।

मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठनबन्धन सरकारमा आउने सक्ने सम्भावना रहेको भन्दै उनीहरुले त्यसले सम्भावित शक्ति बाँडफाँडलाई प्रभावित गर्न सक्ने बताएका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending