Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

यस्ताे छ मन्त्री बन्नेको सूची

\"Pmoffice\"काठमाडौं । प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओली चयन भएपछि अब कुन मन्त्रालय कुन नेताले लिने भन्ने बहस सुरु भएको छ । नेतृत्वकर्ता दल एमाले, प्रमुख सत्ता सहयोगदी दल एमाओवादी, सहयोगी राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), राप्रपा, मालेसहितका दलमा छलफल सुरु भएको हो ।   तीन उपप्रधानमन्त्रीमा एमाओवादी, राप्रपा नेपाल र फोरम लोतान्त्रिकको मुख्य दाबी छ । यी तीनसहित केही विना विभागीय मन्त्री बनाउने सहमतिपछि केहीबेरमा राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्रीकाे सपथ गराउँदैछन् । एमालेलाई ९ मन्त्रालय, नाम धेरै, अर्थमा पाैडेलकाे टुगाे एमालले ९ मन्त्रालय पाउनेछ । एमालेबाट फेरि वामदेव गौतमले मन्त्री बन्ने इच्छा देखाएका छन् । गृह नपाए पनि कृषि वा उर्जा मन्त्रालयमा उनको आँखा छ । साथै, उनले आफू निकटका दुई मन्त्री बनाउन पनि प्रधानमन्त्री केपी ओलीलाई दबाब दिएका छन् । एमालेबाट अर्थमन्त्रीमा लागि  विष्णु पौडेल जाने टुंगाे लागेकाे छ ।  अग्नी खरेल, प्रकाश ज्वाला, दिपक कार्की, गणेशसिंह ठगुन्ना, बैजनाथ थारुको पनि चर्चा छ । एमाओवादीलाई ६ मन्त्रालय, गृहमा कुरा मिल्न बाँकी एमाओवादीले ६ मन्त्रालय पाउने समझदारी छ । तर, उपप्रधानसहित गृहमन्त्रय कसले लिने भन्नेमा कृष्णबहादुर महराला र टोपबहादुर रायमाझीबीच कुरा मिलेको छैन । आज बिहान बैठकमा कुरा नमिलेपछि एमाओवादीले हरिबोल गजुरेलललाई विना विभागीय मन्त्रीका रुपमा सपथमा पठाउने भएको छ । एमाओवादीबाट शक्ति बस्नेन, जनार्दशन शर्मा, गणेशमान पुन,  एक मधेसी नेता र नारायणकाजी पक्षधर गिरिराजमणि वा कसैमध्येबाटै मन्त्री बनाउने चर्चा छ ।   राप्रपा नेपालबाट कलम थापा राप्रपा नेपालबाट कमल थापा उपप्रधानसहित परराष्ट्र मन्त्रालयमा जाने भएका छन् । स्थानीय विकास, पर्यटन वा श्रममा नेपालको दाबी छ । दिलनाथ गिरि र कुन्ती शाही मन्त्रीका रुपमा चर्चामा छन् । गणेश थापाको नाम पनि चर्चामा भए पनि दाजुभाई नै मन्त्री बन्न नहुने भन्दै विरोध भएको छ । राप्रपा नेपालबाट रामकुमार सुब्बा दिनेश श्रेष्ठ, विक्रम थापा, रेशम लामा र गंगा यादव पनि मन्त्रीका दाबेदार देखिएका छन् ।   फोरमबाट गच्छदार, रामजनम र जितेन्द्रदेव उपप्रधानमन्त्तसहित भौतिक पूर्वाधार तथा यातायता मन्त्रालयमा विजयकुमार गच्छदार जाँदा रामजनम चौधरी र जितेन्द्रदेव पनि मन्त्री बन्ने भएका छन् । रक्षा मन्त्रालयमा पनि गच्छदारको चर्चा छ । साना दललाई पनि मन्त्रालय राप्रपा, नेकपा मालेसहितका अन्य साना दलमध्येबाट एक वा दुई मन्त्री बनाइनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending