Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

ओली नेतृत्वको मन्त्रिपरिषदमा माधव नेपालका सम्धी पनि मन्त्री

काठमाडौं । नवनिर्बाचित प्रधानमन्त्री केपी शर्मा ओलीले नौ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । सत्ता साझेदार एकीकृत नेकपा माओवादी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राप्रपा नेपाल र मधेस समता पार्टीलाई समेटेर ओलीले दुई उपप्रधानमन्त्री तथा एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद गठन गरेका हुन् ।

\"Oliमाधव नेपालका सम्धी पनि मन्त्री

नवगठित मन्त्रिपरिषदमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र राप्रपा नेपालका अध्यक्ष कमल थापा उपप्रधानमन्त्री छन् । गच्छदारले भौतिक योजना तथा निर्माण र थापाले परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन् ।

मन्त्रीहरुमा एमालेका अग्नि खरेल, सोमप्रसाद पाण्डे र सत्यनारायण मण्डल, एमाओवादीका हरिबोल गजुरेल तथा राप्रपा नेपालका रामकुमार सुब्बा छन् । पाण्डे एमाले नेता माधवकुमार नेपालका सम्धी हुन् ।

पाण्डेले उद्योग, खरेलले कानुन र गजुरेलले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । गजुरेल यसअघि भूमिसुधार आयोगका प्रमुख भएकाले उनैले रोजेको आधारमा कृषि मन्त्रालयको जिम्मेवारी दिइएको हो । मण्डल र सुब्बाले पाउने मन्त्रालय तोकिएको छैन ।

प्रधानमन्त्री ओली र मन्त्रीहरुले शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति डा. रामवरण यादवबाट पद तथा गोपनियताको सपथ लिएका थिए । अन्तरिम संविधानमा प्रधानमन्त्रीलाई राष्ट्रपतिले तथा मन्त्री र राज्यमन्त्रीलाई प्रधानमन्त्रीले सपथ खुवाउने व्यवस्था भए पनि नयाँ संविधानमा त्यस्तो प्रावधान संशोधन भएको छ । संशोधित व्यवस्था अनुसार प्रधानमन्त्री र मन्त्रीहरुलाई राष्ट्रपतिले नै सपथ खुवाएका छन् ।

मधेस समता पार्टीका निषाद राज्यमन्त्री

प्रधानमन्त्री ओलीले मधेस समता पार्टीका मेघराज नेपाली ‘निषाद’लाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् । उनको मन्त्रालय तोकिएको छैन । उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित छन् । भक्तपुरस्थित अस्पतालमा डायलाइसिस गर्दै आएका निषाद अशक्त भए पनि संसद भवनमा आएर ओलीलाई मतदान गरेका थिए । ओलीको समर्थनमा धारणा राख्ने क्रममा उनलाई सभामुख सुवास नेम्वाङले यथास्थानमै बसेर धारणा राख्न आग्रह गरे पनि उनले उठेर प्रधानमन्त्रीका उम्मेदवार ओलीलाई आफ्नो समर्थन रहेको बताएका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending