Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

अपाङ्गताले छेकेन प्रतिभा

बागलुङ । ‘अपाङ्ग नि मानव हैन र, उसको पनि अधिकार छैन र’ – पाल्पाकी दृष्टिविहीन गायिका सम्झना थापाले प्रस्तुत गीत गाउँदा सडकमा झुम्मिएका दर्शक स्तब्ध बने । मन छुने स्वर–लयमा अपाङ्ग अधिकार, सामाजिक न्याय, मानवीयता र प्रेमका मुद्दामा थापाको गीत सबैलाई लोभ्याउने खालको थियो । शारीरिक अपाङ्गता भएर पनि ‘ह्विल चेयर’ मा बसेर सुरिलो भाका हाल्ने पाल्पाकै अर्जुन रानाको स्वर पनि कुनै व्यावसायिक गायकको भन्दा कम्तीको थिएन । उत्तिकै जोश र उत्साहका साथ गीत गाउने रानाको प्रतिभा देखेर नलोभिने दर्शक सायदै थिएन होलान् । पाल्पादेखि गीत–सङ्गीतमार्फत अपाङ्गहरुको हक, अधिकारका पक्षमा आवाज उठाउँदै बागलुङ आइपुगेका अपाङ्गता भएका कलाकारले आफ्नो प्रतिभामात्रै प्रस्तुत गरेनन्, सबैको प्रशंसा पनि बटुले र केही आर्थिकसमेत जोहो गरे । मेलमिलाप नेत्रहीन तथा अपाङ्ग केन्द्र, पाल्पाको तर्फबाट साङ्गीतिक अभियान लिएर अपाङ्गता भएका कलाकार विभिन्न जिल्ला पुग्ने क्रममा यहाँ आइपुगेका हुन् । केही दिन बागलुङ सदरमुकामका विभिन्न स्थानमा आफ्ना कला–प्रतिभा प्रस्तुत गरेका कलाकारले संस्थाका लागि आर्थिक रकम पनि जुटाउन सफल भए । कलाकारले गीत–सङ्गीतमार्फत अपाङ्गहरुको सामाजिक न्याय र सुरक्षाको माग गरेका थिए । कलाकार समूहमा पाल्पा, चितवन, नवलपरासीलगायतका अपाङ्ग भएका व्यक्ति सहभागी थिए । ‘अपाङ्गता भएका व्यक्तिलाई सीपमूलक तालिम सञ्चालन गर्न साङ्गीतिक अभियान चलाएका हौं ’ अपाङ्ग कलाकार विष्णुप्रसाद ढकालले भन्नुभयो – ‘अभियानमा सङ्कलन भएको रकमले संस्था चलाउन पनि सहयोग पुग्नेछ ।’ गत वर्ष स्थापना भएको अपाङ्ग केन्द्र आर्थिक अभावमा सञ्चालन गर्न कठिन भएको ढकालले बताए । कलाकार समूहमा दृष्टिविहीन र शारीरिक अपाङ्गता भएका कलाकार संलग्न रहेको केन्द्रले जनाएको छ । दैनिक रुपमा कला प्रदर्शनबाट सङ्कलित रकमले कलाकारले दैनिक खर्च पनि धानेका छन् । चितवनका अपाङ्ग कलाकार शिव भण्डारीले अपाङ्गहरुलाई राज्यले सुरक्षा दिनुपर्ने धारणा राखे । अहिले पनि कतिपय अपाङ्गता भएका व्यक्ति सामाजिक सुरक्षा पाउनबाट वञ्चित छन् ’ भण्डारीले भने –‘अपाङ्गहरुले सामाजिक न्याय र सुरक्षा पाउनुपर्छ, सबैले समान अवसर प्राप्त गर्नुपर्छ ।’ पाल्पामा रहेको अपाङ्ग केन्द्रले अपाङ्गता भएका व्यक्तिहरुको सम्मानपूर्वक जीवनयापन गर्न पाउने अधिकारको पक्षमा कार्य गर्दै आएको भण्डारीले बताए । अपाङ्गता भएका व्यक्तिलाई सीप र दक्षता प्रदान गरी आत्मनिर्भर बनाउने केन्द्रको प्रमुख लक्ष्य रहेको छ । देशका विभिन्न भागमा पुगी आफ्नो साङ्गीतिक अभियानमार्फत आर्थिक सहायता जुटाउने कलाकारले बताएका छन् । यात्राका क्रममा दर्शकबाट प्राप्त साथ र सद्भावले आफूहरु उत्साहित भएको समूहकी दृष्टिविहीन गायिका इन्दिरा थापा क्षेत्रीले बताइन । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE