Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

अपाङ्गताले छेकेन प्रतिभा

बागलुङ । ‘अपाङ्ग नि मानव हैन र, उसको पनि अधिकार छैन र’ – पाल्पाकी दृष्टिविहीन गायिका सम्झना थापाले प्रस्तुत गीत गाउँदा सडकमा झुम्मिएका दर्शक स्तब्ध बने । मन छुने स्वर–लयमा अपाङ्ग अधिकार, सामाजिक न्याय, मानवीयता र प्रेमका मुद्दामा थापाको गीत सबैलाई लोभ्याउने खालको थियो । शारीरिक अपाङ्गता भएर पनि ‘ह्विल चेयर’ मा बसेर सुरिलो भाका हाल्ने पाल्पाकै अर्जुन रानाको स्वर पनि कुनै व्यावसायिक गायकको भन्दा कम्तीको थिएन । उत्तिकै जोश र उत्साहका साथ गीत गाउने रानाको प्रतिभा देखेर नलोभिने दर्शक सायदै थिएन होलान् । पाल्पादेखि गीत–सङ्गीतमार्फत अपाङ्गहरुको हक, अधिकारका पक्षमा आवाज उठाउँदै बागलुङ आइपुगेका अपाङ्गता भएका कलाकारले आफ्नो प्रतिभामात्रै प्रस्तुत गरेनन्, सबैको प्रशंसा पनि बटुले र केही आर्थिकसमेत जोहो गरे । मेलमिलाप नेत्रहीन तथा अपाङ्ग केन्द्र, पाल्पाको तर्फबाट साङ्गीतिक अभियान लिएर अपाङ्गता भएका कलाकार विभिन्न जिल्ला पुग्ने क्रममा यहाँ आइपुगेका हुन् । केही दिन बागलुङ सदरमुकामका विभिन्न स्थानमा आफ्ना कला–प्रतिभा प्रस्तुत गरेका कलाकारले संस्थाका लागि आर्थिक रकम पनि जुटाउन सफल भए । कलाकारले गीत–सङ्गीतमार्फत अपाङ्गहरुको सामाजिक न्याय र सुरक्षाको माग गरेका थिए । कलाकार समूहमा पाल्पा, चितवन, नवलपरासीलगायतका अपाङ्ग भएका व्यक्ति सहभागी थिए । ‘अपाङ्गता भएका व्यक्तिलाई सीपमूलक तालिम सञ्चालन गर्न साङ्गीतिक अभियान चलाएका हौं ’ अपाङ्ग कलाकार विष्णुप्रसाद ढकालले भन्नुभयो – ‘अभियानमा सङ्कलन भएको रकमले संस्था चलाउन पनि सहयोग पुग्नेछ ।’ गत वर्ष स्थापना भएको अपाङ्ग केन्द्र आर्थिक अभावमा सञ्चालन गर्न कठिन भएको ढकालले बताए । कलाकार समूहमा दृष्टिविहीन र शारीरिक अपाङ्गता भएका कलाकार संलग्न रहेको केन्द्रले जनाएको छ । दैनिक रुपमा कला प्रदर्शनबाट सङ्कलित रकमले कलाकारले दैनिक खर्च पनि धानेका छन् । चितवनका अपाङ्ग कलाकार शिव भण्डारीले अपाङ्गहरुलाई राज्यले सुरक्षा दिनुपर्ने धारणा राखे । अहिले पनि कतिपय अपाङ्गता भएका व्यक्ति सामाजिक सुरक्षा पाउनबाट वञ्चित छन् ’ भण्डारीले भने –‘अपाङ्गहरुले सामाजिक न्याय र सुरक्षा पाउनुपर्छ, सबैले समान अवसर प्राप्त गर्नुपर्छ ।’ पाल्पामा रहेको अपाङ्ग केन्द्रले अपाङ्गता भएका व्यक्तिहरुको सम्मानपूर्वक जीवनयापन गर्न पाउने अधिकारको पक्षमा कार्य गर्दै आएको भण्डारीले बताए । अपाङ्गता भएका व्यक्तिलाई सीप र दक्षता प्रदान गरी आत्मनिर्भर बनाउने केन्द्रको प्रमुख लक्ष्य रहेको छ । देशका विभिन्न भागमा पुगी आफ्नो साङ्गीतिक अभियानमार्फत आर्थिक सहायता जुटाउने कलाकारले बताएका छन् । यात्राका क्रममा दर्शकबाट प्राप्त साथ र सद्भावले आफूहरु उत्साहित भएको समूहकी दृष्टिविहीन गायिका इन्दिरा थापा क्षेत्रीले बताइन । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending