Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

टानको चुनाव नजिकियो, रिजाल पक्ष बलियो (उम्मेदवार प्रोफाईल)

यहि असोज २८ गते सम्पन्न हुन गहिरहेको ट्रेकिङ एजेन्सिज एसोसियसन अफ् नेपाल (टान)को अधिबेशनमा धादिङ खाल्टे घर भएका पर्यटन व्यवसायी चन्द्र रिजाल पक्ष बलियो देखिएको छ ।
चन्द्र रिजाल पक्षलाई एमाले निकट ट्रेकिङ व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन, एकीकृत माओवादी निकट एकीकृत पर्यटन व्यवसायी संगठन (युटिन) र ट्रेकिङ क्षेत्रमा प्रतिस्ठित व्यवसायी शेर्पा समुदाय, वैद्य माओवादी र विप्लव माओवादी निकटका पर्यटन व्यवसायीले सहयोग गर्ने भएपछि रिजाल पक्ष बलियो देखिएको हो ।
 
चन्द्रप्रसाद रिजाल (धादिङ)
अध्यक्षका उम्मेदवार
प्रबन्ध निर्देशक, सी नेपाल ट्राभल एण्ड एड्भेन्चर
\"Chandra२ दशकदेखि पर्यटन क्षेत्रमा समर्पित चन्द्रप्रसाद रिजाल पर्वतीय तथा पदयात्रा क्षेत्रको विकासका निम्ति स्थापीत छाता संगठन ट्रेकिङ एजेन्सीज् एशोसियसन अफ नेपाल(टान) निर्वाचन २०१५ मा अध्यक्षका प्रत्यासी हुनुहुन्छ । २०२९ मा धादिङ जिल्ला खाल्टेमा जन्मनुभएका रिजाल २०५० सालदेखि पर्यटन क्षेत्रसँग संलग्न हुनुहुन्छ । ८ वर्षयता सी नेपाल ट्राभल एण्ड एड्भेन्चर सञ्चालन गरी ट्रेकिङ व्यवसायमा सक्रिय रिजालले पर्यटन बोर्डको भ्रष्टाचार विरुद्धको अभियानमा नेतृत्व गर्नु भएका थियो । रिजाल टानलाई व्यवसायिक र पारदर्शी बनाउँदै पर्यटन क्षेत्रकै नेतृत्व संस्थाको रुपमा स्थापित गराउन आगामी असोज २८ मा हुने टानको चुनावी मैदानमा होमिनुभएको छ । व्यवसायी संगसंगै मजदुरलाई पनि सफल उद्योगी बनाउने लक्ष्य लिनु भएका रिजाल साना पुँजी भएका व्यवसायीको संरक्षण गर्न कल्याणकारी कोषलाई मजबुत बनाउने अभियानमा हुनुहुन्छ । पर्यटन क्षेत्रमा लोकप्रिय बनेको दिगो पर्यटन सहकारी स्थापना गरी हालसम्म अध्यक्षको भुमिकामा हुनुहुन्छ । राम्रो कामलाई फैलाउने र नराम्रोलाई औंल्याउने सामाजिक सेवामा आफुलाई जीवनभर समर्पित गर्नुभएका रिजाल सकारात्मक सोच राख्ने लगनशील, मिलनसार व्यक्तित्व हुनुहुन्छ । थोरै बोल्ने तर बोलेको कुरा पुरा गर्ने उहाँको बानी छ । रिजालले हानको पूर्व केन्द्रीय सदस्य भई जिम्मेवारी बहन गर्दा मजदुर समस्या समाधान गर्न गठीत पर्यटन उद्योग (२०६६–२०६८) को मुख्य भुमिका समेत निभाउनुभयो । त्यस्तै उहाँ नेपाल ¥याफिटङ एण्ड क्यानोनिङ एशोसियसनको पूर्व उपाध्यक्ष,होटल डिप्लोम्याट प्रा.लि.को प्रबन्ध निर्देशक लगायत विभिन्न व्यवसायिक तथा सामाजिक संस्थामा आबद्ध रहनुभएको छ । काम गर्नका लागी दुई वर्षको समय पनि धेरै हुने बताउने रिजाल भूकम्प पछिको पुननिर्माणमा राज्य र जनतालाई संगसंगै लैजाने अभियानमा हुनहुन्छ । नयाँ गन्तव्य र अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने अठोट लिनु भएका रिजाल पर्यटन क्षेत्रको अग्रणी संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष समेत हुनुहुन्छ । साहशिक तथा पर्वतीय पर्यटन नै नेपालको पर्यटनको मुल स्रोत भएको तथ्यप्रति रिजाल सचेत हुनुका साथै यसको विकास, संरक्षण, संबद्र्धन र प्रवद्र्धनमा टानले विशेष भुमिका खेल्नुपर्ने धारणा राख्नुहुन्छ ।   टासी लाक्पा शेर्पा (संखुवासभा) वरिष्ठ उपाध्यक्षका उम्मेद्वार कार्यकारी निर्देशक, सेभेन समिट ट्रेक्स प्रा.लि. \"Tashiसंखुवासभा जिल्लाको मकालु गाविसमा २९ वर्ष अगाडी जन्मिनुभएका टासी लाक्पा शेर्पा ८ पटक सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल पर्वतारोही÷पर्यटन व्यवसायी हुनुहुन्छ । २९ वर्षका शेर्पाले २९ पटक माउण्टेनियरिङ लिडर बनेर धेरै नेपाली र विदेशी पर्यटकलाई सगरमाथा चढ्न सघाउनु भएको छ । पारिवारिकरुपमै आरोहीको ख्याति कमाएका शेर्पाका दुई दाजुहरु ८ हजार मिटरमाथिका संसारका १४ वटा हिमाल सफलतापूर्वक आरोहण गर्ने एउटै बाबुआमाको सन्तानकोरुपमा विश्व रेकर्ड कायम गर्न सफल हुनुहुन्छ । मनाङ एयर प्रा.लि.का निर्देशक र याक माउण्टेन गियर्स प्रा.लिका प्रबन्ध निर्देशकसमेत रहनु भएका शेर्पा नेपालकै दोस्रो रेमिट्यान्स ट्याक्स नेपाल सरकारलाई बुझाउँदै आएका सेभेन समिट ट्रेक्स प्रा.लिका कार्यकारी निर्देशक पनि हुनुहुन्छ । बरिष्ठ उपाध्यक्षको उम्मेद्वारी घोषणा गरेर आगामी २८ असोज (१५ अक्टुबर) मा टानको चुनावी मैदानमा होमिनुभएका शेर्पाले टानमा व्यवसायी कल्याणकारी कोष स्थापना गरेर जोखिममा परेका साना व्यवसायीको हितमा काम गर्ने लक्ष्य लिनु भएको छ । शेर्पा टान निर्वाचन २०७२ का लागि पर्वतारोहण विद्यातर्फबाट प्रतिनिधित्व गर्दै कार्य समितिको वरिष्ठ उपाध्यक्षको प्रत्यासीको रुपमा खडा हुनुभएको छ ।   तेजबहादुर गुरुङ (धादिङ) प्रथम उपाध्यक्षका उम्मेदवार प्रवन्ध निर्देशक, नेपाल अल्टरनेटिभ ट्रेक्स एण्ड एक्पिडिसन्स प्रा.लि \"Tejरुवी भ्यालीको उद्गम थलो धादिङको सेर्तुङमा २०३८ साल बैशाख १ गते जन्मिनुभएका गुरुङ नाममा जस्तै काममा पनि तेजिलो हुनुहुन्छ । पर्यटन क्षेत्रमा १८ वर्षभन्दा लामो मेहनत र पसिना बगाएका र अनुभवी तथा अब्बल व्यवसायी गुरुङ पर्यटन भ्रमण वर्ष सन् १९९८ बाट पर्यटन क्षेत्रमा आबद्ध हुनुहुन्छ । १९९८ मा भरिया हुँदै ट्रेकिङ क्षेत्रमा लाग्नुभएका उहाँ सन् २००८ देखि आफ्नै ट्रेकिङ कम्पनी स्थापना गरि यस व्यवसायमा हुनुहुन्छ । पर्यटन र नेपाली विषय गरि २ विद्यामा स्नातकोत्तर उत्तीर्ण गर्नुभएका गुरुङ गणेश हिमाल पर्यटन विकास समितिको बरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ । गुरुङले गणेश हिमाल क्षेत्रको विकासमा धेरै पसिना बगाउनुभएको छ । भूकम्पपछिको पर्यटन क्षेत्रको पुर्नउत्थानसँगै यस क्षेत्रको पुननिर्माण र नवनिर्माणको खाँचो देख्नुहुन्छ उहाँ । पर्यटन क्षेत्रमा पूर्वाधारको विकास पहिलो प्राथमिकतामा पार्नुपर्ने उहाँ बताउनुहुन्छ । पर्यटन क्षेत्रमा भ्याट र करको दर कम गराउन उहाँको जोड रहेको छ । नेपालको पर्यटन प्रवद्र्धनका शिलशिलामा उहाँले ताइवान, चीन, भारत, थाइल्याण्ड आदि देशहरुको भ्रमण समेत गरिसक्नुभएको छ । उहाँ टानको आगामि कार्यसमितिका प्रथम उपाध्यक्षका लागि प्रत्यासी समेत रहनुभएको छ ।   राम प्रसाद सापकोटा (धादिङ) द्धित्तिय उपाध्यक्षका उम्मेदवार प्रवन्ध निर्देशक, हिमालयन सोसियन जर्नी प्रा.लि. \"Ramparsad२०२९ सालमा धादिङ जिल्लाको त्रिपुरेश्वर– ६ मा जन्मनु भएका सापकोटा विगत लामो समय देखि ट्रेकिङ व्यवसायमा आवद्ध हुनुहुन्छ । अमेरीकाको ग्रिन कार्ड समेत छाडेर नेपाल फर्केका सापकोटा पर्वतीय र पदयात्रा व्यवसायमा केही गरौं भन्ने सोचका साथ अघि बढेका एक सफल व्यवसायी हुनुहुन्छ । विगत २ दशकदेखि पर्यटनमा संलग्न सापकोटा व्यवसाय गरेर धनी बन्ने भन्दा पनि कमाएको सम्पती सामाजिक काममा खर्चन पाउँदा बढि आनन्दित महसुश गर्न रुचाउनु हुन्छ । नेपालको पर्यटन प्रवद्र्धनको शिलशिलामा अमेरिका, इटाली, फ्रान्स, भुटान, मलेसिया र भारत भ्रमण गरेका सापकोटा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । उहाँ धादिङको आखुँ खोला जलविद्युत आयोजनाका संचालक समितिका सदस्य पनि हुनुहुन्छ । त्यस्तै लायन्स कल्ब अफ् टुरीजम नेपालमा संलग्न हुनुहुन्छ । टान निर्वाचन २०१५ का लागि द्वित्तिय उपाध्यक्षका उम्मेदवार बन्नुभएका सापकोटाले नेतृत्व सम्हालेपछि टानलाई व्यवसायी मैत्री, मजदुर मैत्री बनाउन पहल गर्ने अठोट लिनुभएको छ ।   कर्णबहादुर लामा(काभ्रे) महासचिवका उम्मेदवार \"kardaप्रबन्ध निर्देशक,हिमालयन यतिल्याण्ड ट्रेक्स एण्ड एक्पिडिसन प्रा.लि. एक कार्यकाल टान कार्यसमितिका सदस्य तथा एक कार्यकाल सचिव समेत रहि कार्यसम्पादन गरिसक्नुभएका लामा विगत साँढे दुई दशक अगाडिदेखि पर्यटन व्यवसायमा आबद्ध हुनुहुन्छ । काभ्रेको तिमाल क्षेत्रमा २०२७ साल माघ २० गते जन्मिनुभएका लामा पर्यटन क्षेत्रमा चिरपरिचित र संघर्षशील नाम हो । काभ्रे जिल्ला विकास समितिका पूर्व सदस्य रहनुभएका लामा हाल नेपाल क्यानोनिङ एशोसियसनको अध्यक्ष समेत हुनुहुन्छ । पर्यटन क्षेत्रमा लामो समयको अनुवभ संगाल्नुभएका पर्यटन व्यवसायी लामा इमान्दार र लगनशील व्यक्तित्व समेत हुनुहुन्छ । नेपालको पर्यटन प्रवद्र्धनको शिलशिलामा लामाले सिंगापुर, फ्रान्स, बेल्जियम, स्पेन चाईनाको भ्रमण गरिसक्नुभएको छ । टान निर्वाचन २०१५ मा महासचिवको उम्मेदवारको रुपमा खडा हुनुभएका लामा टानको सांगठानिक शुद्धीकरण तथा टानभित्र व्यवसायिक वातावरण निर्माण गर्ने प्रतिबद्धता सहित चुनावी मैदानमा हुनुहुन्छ ।   मुक्ति पाण्डे (गोरखा) सचिवका उम्मेद्वार \"Muktiव्यवस्थापक, हिमालयन अनफुट प्रा.लि. ३१ वर्ष अगाडि गोरखा जिल्लाको अश्राङ गाविस वडा नं ९ मा जन्मिनुभएका मुक्ति पाण्डे छोटो समयमै पर्यटन क्षेत्रमा चिरपरिचित व्यवसायी हुनुहुन्छ । सन् २००५ देखि भरियाको रुपमा पर्यटन क्षेत्रमा  प्रवेश गर्नुभएका पाण्डे हाल आएर सफल व्यवसायीकोरुपमा परिचित हुनुभएको हो । ठमेलमा खाङसार गेष्ट हाउस, चितवनमा होटेल नेचर क्याम्प, काठमाडौ ठमेलमै श्री टिबेट गेष्ट हाउस संचालनमा ल्याउनुभएका उहाँ सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । पाण्डे माया नेपाल फाउन्डेसनको बोर्ड सदस्य हुनुहुन्छ । भक्तपुरको बालकोटमा रहेको उक्त संस्थाले अनाथ र असाहाय बालबालिकाको लालनपालनपोषण र शिक्षादिक्षामा सहयोग गर्दै आएको छ । टानद्धारा राजनीतिक स्वार्थका लागि बाँडिदै आएको पैसालाई रोक्नुपर्ने, टान सचिवालयलाई चुस्त र व्यवस्थित गर्नु पर्ने मान्यता राख्ने पाण्डे टानको आगामि चुनावी प्रतिष्पर्धामा सचिव पदका लागि उम्मेदवार हुनुहुन्छ । नेपालको पर्यटन प्रवद्र्धनका शिलशिलामा पाण्डेले अमेरिका, युरोप, फिनल्याण्ड, नर्वे, स्टोनिया, बेल्जियम, फ्रान्स, थाइल्याण्ड, हङकङ, जापान, चाइना आदि देशहरुको भ्रमण गरिसक्नुभएको छ । उहाँ हाल लाईन्स क्लब अफ नेपाल एभरेष्टको अध्यक्षसमेत रहनुभएको छ । सोनाम ग्याल्जेन शेर्पा (सोलुखुम्बु) \"sonamकोषाध्यक्षका उम्मेदवार प्रवन्ध निर्देशक, नर्ड एक्ट्रिम हिमालय प्रा.लि. विश्वको शिर सगरमाथाको काख सोलुखुम्बुमा जन्मिनुभएका शेर्पा पढाईको शिलशिलामा काठमाडौ छिरेसंगै सन् १९९६ देखि भरिया हुँदै ट्रेकिङ क्षेत्रमा प्रवेश गर्नु भएको हो । उहाँ आगामी असोज २८ हुन गईरहेको टानको कार्यसमिति निर्वाचनमा कोषाध्यक्षको उम्मेद्वारको रुपमा खडा हुनुभएको छ । सन् २०१२ देखि व्यवसायीकरुपमा ट्रेकिङ क्षेत्रमा प्रवेश गर्नुभएका शेर्पा पर्वतीय पर्यटनमा शेर्पा समुदाय र सगरमाथालाई संगसंगै लैजानुपर्ने मान्यता राख्नुहुन्छ । पर्यटन क्षेत्रमा स्थानीयलाई सहभागी गराउँदै पर्यटन गन्तव्यको विकासमा लाग्नुपर्ने भनाई राख्ने शेर्पा आन्तरिक पर्यटन बजारको विकास र विस्तारमा ध्यान दिंदै  छिमेकी देशहरुमा नेपालको साहशिक एवं पर्वतीय पर्यटनको आकर्षण बढाउनुपर्ने खाँचो देख्नुहुन्छ । टानमा उपलब्ध टिम्स तथा अन्य स्रोतहरुबाट उपलब्ध रकमलाई कुत्सित राजनीतिक स्वार्थका लागि प्रयोग गर्न खोज्नेहरुको विरुद्धमा खरो उत्रिनु भएका शेर्पा पर्यटनका माध्यमबाट उठेको सो रकम पर्यटन क्षेत्रको विकासमै खर्च गर्नुपर्ने धारणा राख्नुहुन्छ । पर्यटन प्रवद्र्धनका शिलशिलामा शेर्पाले चीन, कतार, दुवई, फ्रान्स, इटली, स्वीजरल्याण्ड, स्पेन, जर्मन, पोल्याण्ड, अमेरिका आदि देशहरुको भ्रमण गर्नु भएको शेर्पा स्माइल फर होप फाउण्डेशनको अध्यक्ष, जुभिङ शेर्पा समाजका संस्थापक महासचिव र टानको वर्तमान कार्यसमितमा सदस्य समेत हुनुहुन्छ । कृष्णमान श्रेष्ठ (धादिङ) \"Krishnamanसह– कोषाध्यक्षका उम्मेदवार प्रवन्ध निर्देशक, नेपाल तिवेत ट्रेकिङ प्रा.लि २०३२ साल पुस १८ गते धादिङ जिल्लाको ज्यामरुङ–१ मा जन्मनुभएका कृष्णमान श्रेष्ठ सन् १९९७ देखि भरियाबाट ट्रेकिङ क्षेत्रमा लाग्नुभएको हो । श्रेष्ठले सन् २०१२ मा आफ्नै कम्पनी खोल्नुभयो । पोर्टर, गाईड, म्यानेजर, साझेदारी व्यवसाय हुँदै ०१२ मा नेपाल टिवेत ट्रेकिङ प्रा.लि स्थापना गरि आफ्नै व्यवसाय संचालन गर्दै आउनु भएको छ । उहाँ नेपाल रेडक्रस सोसाईटीमा लागेर विभिन्न समयमा सामाजिक सेवामा लागिरहनुभएको छ । यसको अलावा उहाँ अन्य विभिन्न सामाजिक संघ÷संस्थामा पनि आवद्ध हुनुहुन्छ । टान निर्वाचन २०१५ मा सहकोषाध्यक्षको उम्मेदवार बन्नुभएका श्रेष्ठ व्यवसायी र मजदुरको हितमा आफुलाई समर्पित गर्न चाहनुहुन्छ । उहाँले व्यवसायिक शिलशिलामा चिन, भुटान र भारतको भ्रमण गरिसक्नुभएको छ । रुद्र जंग अधिकारी (धादिङ) \"Rudrajungसदस्यको उम्मेदवार प्रवन्ध निर्देशक, बुना ट्रेक्स एण्ड एक्सपिडिसन्स् प्रा.लि २०४२ सालमा धादिङ जिल्लाको फुलखर्कमा जन्मनुभएको अधिकारी सफल युवा पर्यटन व्यवसायी हुनुहुन्छ । सन् २००३ बाट टे«किङ व्यवसायमा आवद्ध हुनुभएका अधिकारीले २०१० देखि आफ्नै कम्पनी खोलेर व्यवसाय गर्दै आउनुभएको छ । उहाँले ६ बर्ष ट्रेकिङ गाईडको अनुभव संगाल्नुभएको छ । त्यस्तै अधिकारी संग होटल म्यानेजमेन्टसम्बन्धि ४ वर्षको अनुभव पनि छ । उहाँको आफ्नै लगानीमा होटल पोखरा भ्यू र होटल अमारिलिज संचालनमा छन् । नेपालमा पर्यटन विकासका लागि स्पष्ट भिजन नआएको बताउनुहुने उहाँ नेपाल सरकार र टान संयुक्त रुपमा मिलेर नेपालको ट्रेकिङ व्यवसायको विकास र प्रवद्र्धनमा लाग्नुपर्ने धारणा राख्नुहुन्छ । ट्रेकिङका नयाँ नयाँ रुट विकास गर्नुपर्ने खाचो रहेको औल्याउनुहुने अधिकारी टान निर्वाचन २०७२ का लागि सदस्य पदको उम्मेदवार हुनुहुन्छ । तारानाथ लामिछाने (दिनेश) \"Taranath(गोरखा) सदस्यका उम्मेदवार प्रबन्ध निर्देशक, ओशोभिजन ट्रेक्स एण्ड एक्पिडिसन् प्रा. लि. २०४० साल साउन २८ मा गोरखा जिल्ला आरुचनौटे–५, खत्रीस्वाँरामा जन्मनुभएका लामिछाने विगत १० वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध हुनुहुन्छ । जागिर खोज्ने शिलशिलामा जागिरे जिवन, त्यसपछि ह्याण्डिक्राफ्ट व्यवसायसँगै रसियन भाषा सिकेर ट्रेकिङ क्षेत्रमा होमिनुभएका उहां ट्रेकिङ गाईड, टुर अपरेटर, म्यानेजर हूदै २००८ बाट आफ्नै ट्रेकिङ व्यवसायमा आबद्ध हुनुहुन्छ । लामिछानेको ओशोहोम होटल पनि संचालनमा छ । स्वच्छरुपले व्यवसाय संचालन गर्दा मजदुर र व्यवसायी कसैले पनि दुःख पाउनुहुन्न भन्ने मान्यता राख्ने लामिछाने समाजसेवामा रुची राख्नुहुन्छ । पर्यटन क्षेत्रमा फैलिएको नकारात्मक सन्देशलाई चिर्ने र व्यवसायीक तथा पेशागत अधिकार स्थापित गराउन आफु लागिपर्ने उहाँको प्रतिबद्धता छ । लामिछानेले नेपालको पर्यटन प्रवद्र्धनका शिलशिलामा अमेरिका, रसिया, युरोप, भारत लगायतको भ्रमण गर्नुभएको छ भने टान निर्वाचन २०७२ मा सदस्य पदको उम्मेदवारमा खडा हुनुभएको छ । सूर्यबहादुर घिमिरे (खोटाङ) \"Suryaसदस्यका उम्मेदवार प्रबन्ध निर्देशक, ग्रेट नेपाल ट्रेक्स एण्ड एक्पिडिसन् २०४० साल भदौ १ गते, खोटाङ, यम्खामा जन्मिनुभएका सूर्यवहादुर एक जुजारु युवा व्यवसायी हुनुहुन्छ । विगत लामो समय देखि पर्यटन व्यवसायमा आवद्ध उहाँको ट्रेकिङ व्यवसायको अलावा ट्राभल, रेमिट्यान्स कम्पनी, स्कुल, सहकारी व्यवसायममा पनि लगानी छ । घिमिरे मानव कल्याण बचत तथा ऋण सहकारी संस्थाको प्रबन्ध निर्देशक, आकृति सवमनि रेमिट्यान्स प्रा.लि.का अध्यक्ष, ग्रेट नेपाल ट्राभल्स एण्ड टुर्स प्रा.लिका प्रबन्ध निर्देशक, ट्याम्के ट्राभल एण्ड टुर्सका अध्यक्ष, बेबीलोन राष्ट्रिय उच्च माध्यामिक विद्यालयका संचालक, इन्क्लुसिभ वोमेन डेभलपमेन्ट फोरम नेपालका महासचिव र विभिन्न सामाजिक क्रियाकलापमा संलग्न हुनुहुन्छ । टान ट्रेकिङ व्यवसायीको साझा संस्था भएको र राजनीति गर्ने थलोको रुपमा विकास गर्न नहुने उहाँ बताउनु हुन्छ । राष्ट्रपति, प्रधानमन्त्री बन्नको लागि अभ्यास गर्ने थलो टान नभएको उहाँको धारणा छ । टानले नितान्त टे«किङ व्यवसायको हकहीत र अधिकार संरक्षण सम्बन्धी कार्य मात्र गर्नु पर्ने उहाँ बताउनु हुन्छ साथै सोही कार्यका लागि यसपटकको टान निर्वाचनमा सदस्यका लागि उम्मेदवारी दिएको बताउनुहुन्छ । देवी पाण्डे (गोरखा) \"Deviसदस्यका उम्मेदवार प्रबन्ध निर्देशक,एड्भेन्चुअर इन्टरनेशनल ट्रेकिङ २०३० साल मंसिर २२ गते, गोरखा बोर्लाङ–१ मा जन्मनुभएका देवी पाण्डे विगत २३ वर्षदेखि पर्यटन क्षेत्रका अनुभवी व्यक्तित्व हुनुहुन्छ । सन् १९९२ देखि विदेशी पर्यटकको भरिया बनेर पर्यटन क्षेत्रमा लाग्नुभएका पाण्डेले २००७ बाट आफ्नै व्यवसाय सुरु गरि पर्यटन व्यवसायीको रुपमा स्थापित व्यक्तित्व हुनुभएको छ । गोरखा पर्यटन कार्यसमिति सदस्य, भिटोफको साधारण सदस्य, किपको सदस्य रहनुभएका उहाँ सामाजिक क्षेत्रमा पनि उत्तिकै चिरपरिचित व्यक्तित्व हो । अमेरिका, अष्ट्रेलिया, जर्मन लगायत १० देशको व्यवसायीक तथा अध्ययन भ्रमण गरिसक्नुभएका उहाँले विदेशका राम्रा अनुभवलाई नेपालमा लागु गर्न सकिन्छ भनेर चिन्तनशील देखिनुहुन्छ । व्यवसायमा राजनीतिक आस्था नदेख्ने उहाँ सामाजिक संस्थालाई प्राईभेट कम्पनीजस्तो गरि चलाउनेहरुको बिरोध गर्ने र त्यसको शुद्धिकरण अभियानमा लाग्ने बताउनुहुन्छ । व्यवसायीक संस्थामा व्यवसायीक वातावरण निर्माण गर्ने र पेशागत अधिकारका लागि लड्ने उहाँको प्रतिबद्धता रहेको छ । डम्बरबहादुर अधिकारी (धादिङ) \"Dambarसदस्यका उम्मेदवार प्रबन्ध निर्देशक, ट्रेकर्स ट्रेक नेपाल २०३२ साल पुस २ गते धादिङको कटुञ्जे ९ मा जन्मनुभएका डम्बर बहादुर अधिकारी विगत १८ वर्षदेखि पर्यटन क्षेत्रमा आबद्ध हुनुहुन्छ । सन् १९९६ बाट भरियाको रुपमा ट्रेकिङ क्षेत्रमा लाग्नुभएका अधिकारी गाईडको काम गर्दै २००६ बाट पर्यटन व्यवसायीको रुपमा स्थापीत र अनुभवी व्यक्ति हुनुहुन्छ । फ्युचर भिलेज नेपाल नामक संस्थामार्फत जिल्लामा शिक्षा र खानेपानीका क्षेत्रमा सामाजिक सेवामा आबद्ध उहाँ पर्यटन व्यवसायमा पनि व्यवसायीक शुद्धता चाहनुहुन्छ । समाजसेवामा अधिकारी धादिङ लगायत पर्यटन क्षेत्रमा चिरपरिचित नाम हो । उहाँ पर्यटन पूर्वाधारको विकास र पर्यटन बजारलाई व्यवस्थित पार्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । व्यवसायीक संस्थालाई व्यवस्थित पार्नसकेमात्र यस क्षेत्रमा सोचेअनुरुपको सुधार गर्न सकिने भन्दै उहाँले जग बलियो बनाएर नै पर्यटन क्षेत्रको समग्र सुधारमा लाग्नुपर्ने मान्यता बनाउनुभएको छ । उहाँले नेपालको पर्यटन प्रबद्र्धनका शिलशिलामा ५ भन्दा बढि मुलुकको भ्रमण गरिसक्नुभएको छ । वासुदेव लम्साल (धादिङ) \"Basudevसदस्यका उम्मेदवार प्रबन्ध निर्देशक, एण्डेन्चर हिमालयन सर्किट ट्रेक्स एण्ड टुर्स २०३६ साल असोज १९ गते, धादिङ जिल्लाको ज्यामरुङ गाविस वडा नं. ३ मा जन्मनुभएका लम्साल विगत १२ वर्ष यता पर्यटन व्यवसायमा संलग्न हुनुहुन्छ । त्यसमध्ये १० वर्ष ट्रेकिङ क्षेत्रमा नै लम्सालले आफुलाई समर्पित गराउनुभएको छ । ट्रेकिङ, ¥याफ्टिङ, ट्राभलिङ क्षेत्रमा संलग्न लम्साल मजदुर संगठनमा आबद्ध हुँदै व्यवसायी बन्नुभएको हो । टान निर्वाचन २०१५ मा सदस्यका उम्मेदवारको दाबेदारी प्रस्तुत गर्नुभएका लम्साल टानमा भईरहेको विकृति अन्त्य गराउने, व्यवसायीका कुरालाई जोडदाररुपमा उठाउने र ट्रेकिङ व्यवसायीको व्यवसायिककरणमा आफुलाई उभ्याउने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ । विभिन्न सामाजिक सेवामा संग्लग्न लम्साल लाईन्स क्लब अफ गौरिशंकरको सदस्य पनि हुनुहुन्छ ।   वाङ्छु शेर्पा (भोजपुर) \"Wangchuसदस्यका उम्मेदवार प्रबन्ध निर्देशक, ट्रेकिङ क्याम्प नेपाल प्रा.लि. वि.सं २०२८ सालमा भोजपुर जिल्लामा जन्मनुभएको शेर्पा २०४५ सालमा काठमाडौं प्रवेश गरेसंगै पर्यटन क्षेत्रमा आवद्ध हुनुहुन्छ । सन् १८८९ देखि नै ट्रेकिङ क्षेत्रको अनुभव संगाल्नुभएको उहाँले २००१ देखि ट्रेकिङ क्याम्प नेपाल स्थापना गरेर आफुलाई सफल व्यवसायीकोरुपमा उभ्याउनुभएको छ । ट्रेकिङ क्षेत्रमा २६ वर्षको अनुभव संगाल्नुभएका उहाँ पोर्टर, गाईड हुँदै कम्पनी स्थापना गरी निरन्तर यस क्षेत्रमा संलग्न हुनुहुन्छ । वि.सं.२०५८ साल देखि नै टानको सदस्यता लिएर टानको विभिन्न गतिविधि नियाल्नु भएको छ । मजदुर र व्यवसायीको हक हितमा काम हुन नसकेकाले केही पहल गर्न सकिन्छ कि भनेर उहाँले सदस्य पदका लागि उम्मेदवारी दिनुभएको कुरा बताउनुहुन्छ ।   सरिता लामा (रामेछाप) \"saritaसदस्यका उम्मेदवार प्रबन्ध निर्देशक, अफ् दी वाल ट्रेकिङ प्रा. लि सन् २००४ मा नर्सिङ पेसा छाडेर ट्रेकिङ व्यवसायमा होमिनु भएकी लामाले विकट ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउँदै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउँदै आउनु भएको छ । व्यवसायमा महिला सहभागिता र सशक्तिकरणको एजेण्डा बोकेर आगामी असोज २८ गते हुन लागेको टानको निर्वाचनमा सदस्यको प्रत्यासीको रुपमा मैदानमा उत्रिनु भएको छ । रामेछाप जिल्लाको ददुवा गाविसमा २०३८ साल पुस १९ गते जन्मिनुभएका लामा अफ् दी वाल ट्रेकिङका प्रबन्ध निर्देशक हुनुहुन्छ । इमान्दारीता, धैर्यता, दृढ विश्वास, अथक परिश्रम, लगानशीलताले सफलता हासिल गर्नु भएको लामा टानलाई पारदर्शी, व्यवसायिक र उन्नत संस्थाको रुपमा स्थापित गराउनु पर्ने बताउनु हुन्छ । लामाले युरोप र पाकिस्तानको भ्रमण गर्नु भएको छ ।   ङावा ङिमा शेर्पा (ओखलढुङ्गा) \"Nyawaसदस्यका उम्मेदवार प्रबन्ध निर्देशक, सोरा एड्भेन्चर ट्रेक्स एण्ड एक्पिडिसन पूर्वी नेपालको विकट पहाडी जिल्ला ओखलढुङ्गाको पात्ले गाविस वडा नं ६ मा जन्मिनुभएका शेर्पा बाल्यकालदेखि नै पर्यटनसंग नजिकिंदो सम्बन्ध राख्नुहुन्थ्यो । सन् १९९६ मा पर्यटन क्षेत्रलाई औपचारिकरुपमा अगाडि बढाउनुभएका शेर्पाले सन् २००६ मा आफ्नै कम्पनी खोलेर कार्य अगाडि बढाउनुभयो । शेर्पा कोरियन बुद्धिष्ट फाउन्डेसन नामक गैरसरकारी संस्थाको कन्ट्री म्यानेजर पनि हुनुहुन्छ । वल्र्ड इज भन्ने गैरसरकारी संस्थाका संस्थापक अध्यक्ष रहनुभएका शेर्पाले उक्त संस्थामार्फत ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयहरुमा पुस्तकालय स्थापना र जनचेतनामुलक कार्यक्रम गर्दै आउनुभएको छ । ग्रामिण पर्यटन व्यवसायको प्रवद्र्धन समअनुकुल अगाडि बढाउन चाहने शेर्पाले विभिन्न देश १३ देशको भ्रमण गरि सक्नुभएको छ । टानलाई व्यवस्थित गर्ने भन्दै युवा व्यवसायी शेर्पाले टानमा सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy