Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

दशैका लागि मुस्ताङबाट स्रोह हजार भेडाच्याङ्ग्रा निर्यात

\"changra1\"मुस्ताङ । दसैँलाई लक्षित गरी हिमाली जिल्ला मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा निर्यात भएको छ । असोज २० देखि शुक्रबारसम्मको अवधिमा म्याग्दी, पर्वत, कास्की, बाग्लुङ र काठमाडौँका व्यापारीले उक्त सङ्ख्यामा भेडाच्याङ्ग्रा खरिद गरी बजारमा पु¥याएका हुन् । करिब एक हजार भेडाच्याङ्ग्रा नेपाल खाद्य संस्थानले खरिद गरेर राजधानी लगेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ र घमी गाविसका किसानले पालेका भेडाच्याङग्रा निर्यात भएको पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख फलेन्द्र थकालीले जानकारी दिए । ‘अहिलेसम्म १६ हजार भेडाच्याङग्रा बाहिरिसकेको छ, अब दसैँलाई यति नै हो, उनले भने ‘तिहारलाई करिब चार हजारको निर्यात हुने अनुमान गरेका छौँ ।’ जिल्लाबाट निर्यात हुने भेडाच्याङ्ग्रालाई आवश्यक खोप लगाएर पठाउने गरिएको छ । यसबर्षको दसैँ तिहारलाई तिब्बतबाट भेडाच्याङ्ग्रा आयात नगरिएका कारण तुलनात्मक रुपमा महँगो भएको छ । गत असारमा तिब्बत र उपल्लो मुस्ताङका व्यापारीबीच भएको व्यापारिक मेलामा स्थानीयले किसानले खरिद गरेको भेडाहरु नै अहिले बजारमा आएको बताइएको छ । ‘यो सिजनमा तिब्बतबाट भेडाच्याङ्ग्रा आयात भएको छैन्, अहिले आएको खसी चार महिनाअघि मुस्ताङी किसानले किनेका हुन् ’निमित्त कार्यालय प्रमुख थकालीले भने । अहिले बजारमा भेडा च्याङ्ग्रा रु १८ देखि २४ हजारसम्म बिक्री भइरहेको छ । पशु सेवा कार्यालयले उपल्लो क्षेत्रका छ गाविसलाई भेडा च्याङग्रा पालनको दृष्टिले पकेट क्षेत्र घोषणा गरेर घाँसको बिरुवा, आधुनिक पशुपालनको तरिका र प्राविधिक सहयोग गर्दै आएको छ । गत मङ्सिरदेखि फागुनसम्म परेको हिमपात र चिसोका कारण पकेट क्षेत्रमा चार हजार भेडाच्याङग्रा मरेका थिए । यसले गर्दा पनि यसपटक अहिले महँगो भएको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending