Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

बदनामीको भारी बोक्दै यसरी हार्दैछन् सुशील कोइराला

\"Sushil\"काठमाडौं । सुशील कोइराला, तुल्सी गिरीको पिए, बिपी, गिरिजाप्रसाद कोइरालाको भित्री सहयोगी हुँदै कांग्रेसको सभापति, प्रधानमन्त्रीसम्म भए । कांग्रेसले २००७ सालमा माग गरेको र एमाओवादी जनयुद्धको बलमा सम्भव भएको संविधानसभाबाट संविधान बनाउन लागि उनकै नेतृत्वकालमा सफल पनि भयो ।   तर, बिपी, गिरिजाप्रसाद कोइरालाकै लवजमा सहमति, सहकार्य, एकता र दलबीच मेलमिलापको नारा दिने सुशील कोइराला जितेर पनि हार्ने अवस्थामा पुगेका छन् । कैयन् विवादास्पद अभिव्यक्ति, निर्णयबाट नेपाली राजनीतिमा सबैभन्दा गालीका पात्र गिरिजाप्रसाद कोइराला भए । तर, राजनीतिक उतराद्र्धमा राजालाई बोेकेको कांग्रेसलाई बाध्यात्मक रुपमा भए पनि गणतन्त्रमा बदल्ने र शान्ति प्रक्रियामा रचनात्मक काम गरेर आफ्नो विगतलाई गिरिजाले सौहाद्र्रमात्र बनाएनन्, आफ्नो विगतका सबै कमजोरीलाई ढाक्न सफल भए । तर, त्याग, इमादारिता र पारदर्शिताको परिचय बनाएका भनिएका गिरिजाका उनै उत्तराधिकारी सुशील कोइराला भने समयको वेग, महत्व र आयाम नबुझ्दा जित्न लाग्दालाग्दै पनि हार्नुपर्ने इतिहासको साक्षी बन्दैछन् । १२ वैशाखको विनाशकारी भूकम्पपछिको राहत, उद्दार, पुनस्थापना र पुनर्निर्माणदेखि भारतको नाकाबन्दीविरुद्ध बोल्न नसक्ने, कुनै कदम चाल्न नसक्ने, यस अघि दुई तिहाईले विजयी भएका उनी सहमतिलाई बेवास्ता गर्दै आडम्बरपूर्ण रुपमा प्रधानमन्त्रीमा लज्जास्पद हार बेहोर्ने जस्ता परिस्थितिबाट पछाडि फर्किनुपर्ने अवस्थामा पुगेका हुन् ।   भूकम्पको त्रासदीकाबीच भारतले नाकाबन्दी गरेर नेपालीका चुलो चिसो बनाउँदा प्रधानमन्त्रीका रुपमा सुशीलले भारतसँग अप्ठ्यारो राख्न सकेनन् । कुटनीतिक रुपमा पहलसमेत गर्न सकेनन् । इन्धन, खाद्यान्नजस्ता दैनिक उपभोग्य वस्तुको आयात दुईहप्तादेखि ठप्प हुँदा पनि सरकार र कांग्रेसबाट उनै कोइरालाले ‘नाकाबन्दी’ भएको हो भन्नसमेत सकेनन् । जनतालाई दिक्दारीमा राख्दै कोइरालाले बरु भ्रष्टाचारमा इतिहास कायम गरेका खुमबहादुर खड्कालाई ३५ लाख बाड्न तयार भए । नेता कार्यकर्तालाई प्रधानमन्त्रीबाट बिदा हुँदै गर्दा ५ करोडसम्म बाड्ने तयारी गरे तर, भूकम्पपछिको पीडामा भारतको निर्मम नाकाबन्दीविरुद्ध पहलकदमी लिन जरुरी ठानेनन् ।   यस्तै बेला सहमतीय राजनीतिलाई अघि बढाउने भन्दै संविधान जारी भएपछि प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओलीलाई सहयोग गर्ने भद्र सहमतिबाट उनी पछाडि हटे । आफ्ना स्वार्थी ‘किचन क्याविनेट’का सदस्यहरुको स्वार्थ र डरको राजनीतिलाई आत्मसात गर्दै भर्खरै राजीनामा दिएका उनी यस अघि दुई तिहाई मतले विजयी भएको इतिहास भए पनि प्रधानमन्त्रीमा अघि बढे र लज्जास्पद हार बेहोर्न बाध्य भए ।   सबैभन्दा ठूलो दलका नेता, सभापति, प्रधानमन्त्री भएर संविधान निर्माणमा सहजीकरण गरेर एकाएक चर्चामा आए पनि एकरातमा निर्णय गर्दै बहुमत नै नपुग्ने तयारीका आधारमा प्रधानमन्त्रीमा उम्मेदवारी दिंदै कोइरालाले आफ्नो इतिहास माटोमा मिलाएका हुन् ।   पार्टीका सहमहामन्त्री पूर्ण बहादुर खड्काले यो कदमलाई सहमतिको राजनीति विपरीत भएको र कांग्रेसलाई नै पछाडि धकेल्ने भन्दै राजीनामा दिए । महामन्त्रीद्धयदेखि केन्द्रीय सदस्य, सभासद्, नेता कार्यकर्ता कोही पनि खुशी भएनन्, सन्तुष्ट भएनन् तर, कोइराला रोकिएनन् पदलोलुपताको परिचन दिंदै हाइहाइ हुने बेलामा कोइरालाविरुद्ध आम जनतामात्र होइन कांग्रेसकै नेता कार्यकर्ता खनिए । ‘संविधान बनाएको ओज क्षणभरमा माटोमा मिलाउने काम सभापतिजीले गर्नुभयो’कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘उहाँले संविधान निर्माणको लागि सहजीकरण गरेको होइन रहेछ भन्ने देखियो । उहाँको अव्यवहारिक निर्णय र अडानले संविधान पनि एमाले र एओवादीले ल्याएका हुन् भन्ने देखियो । उहाँले सिंगो कांग्रेसलाई दाग लगाउने काम गर्नुभयो ।’   त्याग, सहमति, सहकार्य र मेलमिलापको राग अलाप्ने सुशीलले किन यत्ति धेरै पदलोलुपता देखाए भनेर चियागफमा अहिले कांग्रेसका नेता कार्यकर्ताहरु गफिएका देखिन्छन् । कोइरालाको अकस्मात र शक्तिकेन्द्रको आडमा चालिएको कदमले भर्खरै संविधान जारी गरेको जस दिएर आफ्नो नेताप्रति पनि गर्व सक्ने हैसियतमा कांग्रेसकै कार्यकर्ता छैनन् । ‘संविधान जारी गरेपछि हाइहाइ हुनुभएको थियो, सबैले सम्मान र आदरभावले हेरेका थिए’ कांग्रेस काभ्रेका एक जिल्लास्तरीय नेता भन्छन्, ‘तर, भद्र सहमति भएको छैन, भन्दै आफैं प्रधानमन्त्रीमा अघि बढेपछि हाम्रो सभापति हिरोबाट जिरोमा झर्नुभयो । हामीलाई यसमा दुःख लागेको छ ।’   कोइरालाको समयको वेग नबुझ्ने यही अवस्थाले उनलाई आगामी फागुन २० देखि २३ गतेसम्म हुने १३ औं महाधिवेशनले झन् कमजोर बनाउने र सभापतिमा हार्ने आँकलन कांग्रेसमा हुन थालेको छ । ‘प्रधानमन्त्रीमा एमालेलाई अघि सारेर आफू राष्ट्रपति बन्न सक्ने सुन्दर अवसर मात्र सभापतिजीले गुमाउनुभएन’ कांग्रेसका एक नेता भन्छन्, ‘यस्तो अलोप्रियताले महाविधेशनमासमेत उहाँको यसैगरी अवसान हुनबाट रोक्नलाई सजिलो छैन ।’   पार्टीमा नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई रोक्न सबै पदमा आफैं अघि सर्ने र अरुलाई कुनै मौका दिंदै नसक्ने पदलोलुप व्यवहारबाट आफूहरु ग्रस्त भएको भन्दै केन्द्रीय सदस्यहरु दिक्कार हुन थालेका छन् । प्रधानमन्त्रीमा अघि बढेपछि बाध्य भएर सुशीललाई भोट हाले पनि दुई चारबाहेका सभासद्बाहेक कोइरालासँग खुशी हुने देखिएका छैनन् ।   देश भूकम्पको पीडाले छट्पटिएको बेला उद्दार, राहत, पुनर्निर्माण र पुनस्थापनाको कामलाई अघि बढाउन नसकी लाचारी देखाएकोप्रति पनि कोइराला सरकारको तीव्र आलोचना भएको थियो । भूकम्पकै बेला र अरु बेलामा आफ्नो पार्टीबाट मन्त्री भएकाको बदनाम एकपछि अर्को गर्दै मिडियामा आए पनि कोइराला सधैं उनीहरुलाई बचाउन उद्यत भए । एमालेका आधा दर्जन मन्त्री बदनामीको भारी बोक्दै फिर्ता हुँदै उस्तै बदनाम बेहारेका कांग्रेसका मन्त्रीलाई फिर्ता बोलाउने लेठो उनले गरेनन् । गैरजिम्मेवार, अनियमितता गरी राज्यलाई खोक्रो बनाउन उद्यत आफ्ना नेतालाई बचाएर कोइराला झन् बदनामीको बारी आफैं बोक्न तयार भए । संचारमन्त्री मिनेन्द्र रिजाल, अर्थमन्त्री रामशरण महत, सहरी विकासमन्त्री नारायण खड्का, भौतिक योजना तथा यातायात मन्त्री विमलेन्द्र निधि, शिक्षामन्त्री चित्रलेखा यादव विवादमा तानिंदा कोइरालाले सधैं बचाउनका लागे ।   १२ देखि १५ अर्ब रुपैयाँ कमिसनको खेल रहेको काठमाडौंदेखि तराई जोड्ने फास्ट ट्रयाक निर्माणलाई पनि झण्डैझण्डै भारतलाई बनाउन स्वीकृति दिएर बदनामी थप बोेक्न कोइराला उद्यत देखिए पनि तत्काललाई यो रोकिएको छ । प्रधानमन्त्री सहमतिविपरीत आफू अघि बढेर लाजै नमानी सभामुख र उपसभामुखमा उम्मेदवारी नदिइन, एमाओवादी र राप्रपा नेपाललाई कोइरालाले समर्थन गरे । तर, सहमतिका लागि होइन, राष्ट्रपति हत्याउन । तर, सहमतीय राजनीतिलाई धूमिल बनाउन उद्यत कोइरालाले रोजेका व्यक्तिलाई सजिलै राष्ट्रपति बनाउन एमाले र एमाओवादी फेरि तयार छैनन् । र, कोइराला फेरि अर्को बदनामी र हार बेहार्ने पूर्वसन्ध्यामा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies