Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

एलपी ग्यासको बिकल्प बायोग्यास

\"biogas\"चितवन । चितवनको कुमरोज क्षेत्रमा अहिले एलपी ग्यासको अभाव महसुस भएको छैन । दुई वर्षअघि साविक कुमरोज गाविसलाई नै नेपालमै पहिलो बायोग्यास भिलेज घोषणा गरेपछि अहिले एलपी ग्यासको अभाव गाउँलेले महसुस गरेका छैनन् । ‘बिहान बेलुका बायोग्यासले नै खाना पाक्छ, स्थानीयवासी ईश्वरी पाठकले भने, किन खोज्नुप¥यो र एलपी ग्यास ।’ तत्कालीन समयमा यहाँ एक हजार ३०० बढी घरधुरीमा बायोग्यास जोडेपछि नमुना गोबरग्यास गाउँ ९बायोग्याँस भिलेज० घोषणा गरिएको थियो । करिब ८० प्रतिशत घरमा गोबरग्यास जोडेपछि यस्तो घोषणा गरिएको थियो । यहाँ अहिले एक हजार ५०० बढी घरमा गोबरग्यास जडान भएको छ । एक हजार ७०० घरधुरी सो गाउँमा छ । हालको खैरहनी नगरपालिकामा गाभिएको कुमरोजमा यो वर्ष ३० भन्दा बढी घरमा जोड्ने कार्यक्रम रहेको पाठक बताउँछन् । स्थानीय क्षेत्रमा संरक्षणमा क्रियाशील पाठकले अघिल्लो वर्ष पनि एक सयभन्दा बढी बायोग्यास जडान भएको बताए। बायोग्यासले जङ्गलमा दाउरा काट्ने क्रम रोकिएको छ भने एलपी ग्यासको अभाव खेप्नु नपरेको स्थानीयवासी अजित चौधरीले बताए । एनको घरमा बायोग्यास जोडेको पाँच वर्ष भयो । अहिलेसम्म सिलिन्डर ग्यास जोड्नुपरेको छैन । ‘साह्रै सुविधा छ, कुनै चिन्ता छैन’, उनले भने । प्रकृति संरक्षण कोष, स्थानीय बूढीराप्ती उपभोक्ता समिति र ताल कार्यक्रमको सहयोगमा सामान्य स्थानीयवासीको लागतमा यहाँका गाउँलेलाई बायोग्यास जडान गराइएको थियो । वन र वन्यजन्तु संरक्षणका लागि सुरु भएको यो अभियान संरक्षणमा प्रभावकारी भएसँगै अहिले ग्यास अभावमा समेत सहयोगी भएको स्थानीयवासी भगवती उप्रेती बताउँछन् । हरेक घरमा गाईबस्तु भएकाले अब जङ्गलको संरक्षण र गोबरग्यास टिकाइ राख्न निश्चित क्षेत्रलाई चरिचरन क्षेत्र बनाउनुपर्नेमा स्थानीयवासीले माग गरेका छन् । सबै जङ्गल चरिचरन बन्द गर्दा बस्तुभाउका लागि असर पर्ने अजित महतो बताउँछन् । सहरबजारका सेफ्टी ट्याँङ्कीबाट बायोग्यास निकाल्ने हो भने प्रभावकारी हुने स्थानीयवासी बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending