इतिहासमा अरुको खुन चुसेर आफ्नो ज्यान पाल्ने र इज्जत पचाउने शैली नयाँ शक्तिको नजरमा वैध होला । नयाँ भनेको दुनियाँमा नभएको तर्क ,विधि वा अस्त्विमा देखिनु हो । एक पाटीको दाना र नाना लिएर अर्को पाटीको दैलामा अण्डा कोरल्ने बहुरुपी नवीनताको साक्षी हुन इतिहास बाध्य भइरहँदा बाबुरामकाहरुलाई यसमा कुनै उदेकताको छनक रहोस् भन्ने भाव लेखकको होइन ।इतिहासमा अरुको खुन चुसेर आफ्नो ज्यान पाल्ने र इज्जत पचाउने शैली नयाँ शक्तिको नजरमा वैध होला । नयाँ भनेको दुनियाँमा नभएको तर्क ,विधि वा अस्त्विमा देखिनु हो । एक पाटीको दाना र नाना लिएर अर्को पाटीको दैलामा अण्डा कोरल्ने बहुरुपी नवीनताको साक्षी हुन इतिहास बाध्य भइरहँदा बाबुरामकाहरुलाई यसमा कुनै उदेकताको छनक रहोस् भन्ने भाव लेखकको होइन । एकाध दर्जनको संख्यामा रहेका र नयाँ शक्तिको गर्भधारणमा थाङनो बनेकाहरुमा नयाँ खोल हाल्दैमा केही नयाँ होला भन्ने बहुलठ्ठी कामनामा खसोखास बालहठ छ र यो इतिहासले प्रमाणित गर्नेछ । जसले कहिल्यै विधि सिकेन उ विधिको वाउ हुने आकांक्षा खराव मस्तिष्कको अनुमान हो । जो कहिल्यै सर्वहाराको घेरामा रमाएन, पश्चिम गएर मुसाको चटनी खाएर काठमाडौंका पत्रिकामा मसला छपायो र त्यसको भाेिलपल्ट सुकुम्वासीको झुप्रोमा डोजर लगायोे । जो हुलासको ब्राण्ड एम्वेसडर बनेर मुस्ताग चढ्यो र यो दिव्य विज्ञापनको पारिश्रमिक लिन प्राडो चढेका आफन्तलाई ठूला घरमा पठायो उसप्रति विश्वास भएन भनेर भन्दा कसैले त्यसलाई सिस्नो पानी लगाउछु भनेछ भने यो पनि नयाँशक्तिको खोलमा नयाँ संस्कार उभिएछ भन्ने नै मान्नुपर्ला तर इतिहास भनेको कुनै डाक्टरी प्रमाणपत्रको कुण्डली होइन यो त जनताको विशाल विस्मयद्धार असाधारण श्रद्धाका साथ ज्वालामुखी सरी जन्मने कुरा हो भन्नु पागलपन भएछ भने नेपालमा अर्को डाक्टरी बुद्धि भएको मानिस भन्भनाएछ भन्नु पर्ला । काठमाडौंमा केही थान बर्केनोबाट टर्केनोमा झरेका स्वघोषित व्याएर नयाँ इतिहास बन्दैन । नयाँ शक्तिमा नयाँहरु हुनेछन भन्ने आँकलनलाई धारेहात लगाउँदै केही भत्केरुको घेरामा भएको सल्लाहले नयाँ शक्तिको विशाल जन्ती बनाएछन भने इतिहास यसरी पनि बन्ने रहेछ भनेर नयाँ पाठ घोक्नु पर्ला । नयाँहरु हिजोसम्म यो इतिहाससंगको संगती अन्त्यको घोषण हो भन्थे, यही सम्बन्ध अन्त्यको लालपूर्जा बोकेर तिनीहरु मधेश झरे । नयाँहरुले आजका दिनमा जतिसुकै गोहीका आँशु खसाले पनि त्यो मधेशको बुई चढेर सिंहदरवारलाई दिल्लीको वैध शाखा बनाउने यत्नको असाधारण चतुर्र्याइ थियो । जनताले यो बुझे भनेर तिनले ओठे जवाफ समृद्ध राष्ट्रवादको लाए । जनताको खाना छाना र नानामाथि तल्लोघरे साइलाले आलीमा लाएको पर्खालकाविरुद्ध उभिंदा तिनले कान छाम्न सिकाए । धन्य तिनको मुटु जसलाई देश बिज्दैन । जस्तै चुत्थो भए पनि नागरिकले यसलाई मुटुमा सजाउँछ तर उनी देश नबिझाउने स्पन्दनसहितका नयाँ बने । अहिले भन्दैछन पुरानो घरको ठूलोदाईले नै कमजारी गरेको हो त्यसकारण आउ हाम्रो छातीमा परेड खेल, हाम्रा प्रहरीको टाउको कुच्च्याउ र सीमा पारी गएर हाम्रो विरता गाईदेउ । उफ नयाँ शक्ति । तिनलाई माओवाद बिजाउँथ्यो र साहुहरु भेलापारेर पारपाचुकेको कागज देखाउदै बधाई थाप्थे तर मैदनमा झरे पछि देखेछन क्यारे आजकाल खाट्टी माक्र्सवादी हुने लहड चलेको छ र भन्न थालेका छन यो माक्र्सवादी नै हुनेछ । बाबु (राम) माक्र्सवाद नाममात्र होइन यो त सिंगो सबै क्षेत्रको मार्ग निर्देशक सिद्धान्त हो यदि यसो हो भने नयाँ खोज्नु पर्दैन, अब खोज्नु नपर्ने निष्कर्षमा पुगेका हौ भने कसरी नयाँ भयौ ?
बाबुरामले पालुङटारमा भारत भक्ति गाए तर धोवीघाटमा सबैभन्दा लामो दुरीकासंग गठबन्धन बनाए । सरकारमा उनले आरोहण गर्दैगर्दा भर्खर रौतहटमा माओवादीका २७ युवाको टाउको छप्काएकाहरु पनि उनको टिममा सहभागी रहेको उनले बिर्सिए । इतिहासको यो माओवादी आन्दोलनको अन्त्येष्टि यत्नको कुरुप अनुहार बचाउन उनले वर्तमान गठबन्धलाई जति नै धारे हात लगाएपनि उनले राष्ट्रियता संकटमा परेको बेला माओले च्याडकाईसेकसंग बनाएको गठबन्धन सायद बिर्से होलान ।नयाँको पुरानालाई आरोप थुप्रै छन्, तथ्यले भन्छ तिनीहरु कोन्ट्राका भूमिकामा थिए तिनले यो आन्दोलनलाई कहिल्यै बाबुले अपुतालीमा थमाएको बाहेक अरु सम्झेनन् । आन्दोलन बन्नु अगाडि उनी खुल्लामोर्चाका अगुवा थिए, युद्ध तयारीको चरणमा लाग्नुपर्छ भन्दा उनी फहनिएर असहयोगतिर लागे र अन्ततः यो हात पारी छाडे । पार्टी प्रत्याक्रमणको जटिल र भयानक चरणमा पस्दै गर्दा तिनले यो आन्दोलनमा असहमति पत्र वुझाए र क्रान्तिकारी परिषद्को संयोजक रहिरहने शर्तमा उनले आफ्नै विलीन भएको विज्ञान विरोधी घोषणा गरे । उनी महत्वकांक्षाका पुलिन्दा थिए, शान्ति प्रकृयामा आउँदा र पहिलो सार्वजनिक कार्यक्रममा बालुवाटारमा देखिंदै गर्दा उनले प्रचण्डको जस्तो कोट मात्र लगाएनन् कपाल पनि माथी फर्काएर कोरे । उनले प्रचण्डलाई नेताहरुको नेता सायद लाखौ पटक भने होलान् तर जब उनको चर्चा चुलियो । प्रचण्डको जादुमय नेतृत्वले मुलुक डोर्यायो तव उनी यसको वैरी बन्न थाले । बाबुरामले पालुङटारमा भारत भक्ति गाए तर धोवीघाटमा सबैभन्दा लामो दुरीकासंग गठबन्धन बनाए । सरकारमा उनले आरोहण गर्दैगर्दा भर्खर रौतहटमा माओवादीका २७ युवाको टाउको छप्काएकाहरु पनि उनको टिममा सहभागी रहेको उनले बिर्सिए । इतिहासको यो माओवादी आन्दोलनको अन्त्येष्टि यत्नको कुरुप अनुहार बचाउन उनले वर्तमान गठबन्धलाई जति नै धारे हात लगाएपनि उनले राष्ट्रियता संकटमा परेको बेला माओले च्याडकाईसेकसंग बनाएको गठबन्धन सायद बिर्से होलान । संकटमा कुनै पनि नागरिक देशका विरुद्ध बोल्दैन । उनि बोले उनको भाषा उनको होइन यो सुनको भयो कसैको आदेशमा बोलिएको थिएन । त्यसकारण नागरिकलाई यो मन परेन । उनले जति नै अभिनय गरे पनि अहिलेको गठबन्धनले मात्र मधेशको समस्या हल गर्न सक्ने कुरा नयाँ शक्तिले राम्ररी बुझोस । उनि जती पढ्छन् उती बिर्सिन्छन , उनको मार्कसिटको भजन गाएर साखुल्ले भएका केही थान रैथानेहरुलाई उनीविना बाँच्न सकिंदैन भन्ने लागेकै छ । कार्यकर्ताकोमा जाँदा पत्याउँदैनन्, हिजो कुनै न कुनै कारणले कुरीकुरी हुने बेलासम्मै बाबुरामले बोकेका हुन्, तिनलाई गुन तिर्नु छ । गुन तिर्न अकवरले विरवललाई सोधे झै नयाँ शक्तिका बहुवली अकवर (बाबुराम) वीरबललाई सोध्छन् — विष्णु (प्रचण्ड) ठूलो कि म (बाबुराम ठूलो ? वीरबलहरु पसिना झार्छन् र भन्छन्, उ बेला ब्रम्ह्मले श्रृष्टि गर्दा दुई मानव बनाएका एक विष्णु अर्को महाराज तपाईं । यो बनाएपछि यी बराबर भएकी भएनन् भनेर उनलाई जोख्न मन लागेछ र दुवैलाई तराजुमा हाल्दा तपाईंको ओजनले उछिट्टिएर बिष्णु आकासमा पुगेको हुनाले उनी स्वर्गको राजा तपाई मत्र्यलोकको राजा । यसकारण तपाई ठूलो । अकवर यो ठूलो पनको भरोषामा नयाँ दौडमा निस्किएका छन् । तर सधै वीरबलको सूत्रले काम गर्दैन । राजनीतिको यात्रा टेडोमेडो अवश्य हुन्छ यसलाई विज्ञानले निर्देशित गर्दछ जति नै मेहनत गरे पनि विज्ञान विरोधी कुरा स्थापित हुन सम्भव छैन । यो असम्वकोबीचमा माओवादी आन्दोलनको औपचारिक समापनको कामनासहित शहिदको रगतबाट श्रृजित आन्दोलनलाई धारेहात लगाउँदै संसार जितिन्छ भन्ने दिग्भ्रमको अराजक अधिकार मागसहितको यात्रामा नयाँ शक्तिलाई शुभकामना ।
प्रतिकृया लेख्नुहोस्: