Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

घोरेपानीमा पदमार्ग निर्माण

\"padmarga\"म्याग्दी । विश्व प्रसिद्ध अन्नपूर्ण पदयात्राले समेटिएको म्याग्दीको घोरेपानीमा पर्यटकको सुविधाको लागि पदमार्ग निर्माण गरिएको छ । जिल्लाको प्रमुख पर्यटकीयस्थलको रुपमा चिनिएको घोरेपानी र पुनहिल क्षेत्रको भम्रणमा आउने पर्यटकलाई सहजरुपमा आवतजावत गर्न सहजताका लागि पदमार्ग निर्माण गरिएको हो । घोरेपानी होटल व्यवस्थापन समितिको नेतृत्वमा रु ७५ लाख लागतमा सो पदमार्ग निर्माण गरिएको हो  । तीन वर्षको अवधिमा घोरेपानीदेखि पुनहिल र घोरेपानीदेखि शिखजाने बाटोमा व्यवस्थित पदमार्ग निर्माण गरिसकिएको स्थानीय होटल व्यवसायी टेकसर बुद्धुजा पुनले बताए । ‘घोरेपानीदेखि घान्द्रुक जाने बाटोमा १६ लाख लगानीमा पदमार्ग बनाएका छौं उनले भने । तीन हजार २१० मिटर उचाइँको पुनहिलबाट मनोरम हिमश्रृङ्खला र प्राकृतिक सौन्दर्यताको अवलोकनको लागि हरेक वर्ष ३० हजारको हाराहारीमा पर्यटक घोरेपानी क्षेत्रको भम्रणमा पुग्ने गरेका छन् । पुनहिलको भम्रणमा जाने विदेशी पर्यटकबाट लिइने प्रतिव्यक्ति ५० शुल्क र होटल व्यवसायीबाट उठाइने करबाट पदमार्ग, अप्ठ्यारो ठाउँमा रेलिङ बनाउनेलगायतका काम गर्दै आएको समितिले जनाएको छ । हालसम्म जिल्ला विकास समितिमार्फत पाँच हजार बजेट उपलब्ध भएको र बाँकी ७० लाख होटल व्यवस्थापन समितिकै लगानीमा पदमार्ग बनाइएको हो । विभिन्न ठाउँमा पैदलमार्ग भत्किएको र जङ्गल क्षेत्र भएकाले कतिपय ठाउँमा पैदलमार्ग नै नभएकाले पदमार्ग निर्माण अभियान चलाएको अध्यक्ष पुनले बताए । पदमार्ग निर्माण भएपछि पर्यटक लड्ने र घाइते हुने जस्ता समस्या कम भएको छ।’उनले भने । समितिले घोरेपानीदेखि तिखेढुङ्गा जाने बाटोमा समेत पदमार्ग निर्माणलाई तिव्रता दिएको छ । पर्यटकको सुविधाको लागि पदमार्ग निर्माणसँगै घोरेपानी प्रवेश गर्ने चार स्थानमा प्रवेशद्धारसमेत निर्माण गरिएको छ । पुनहिल तथा स्थानीय जङ्गलमा पाइने लालीगुराँसको जंगल संरक्षणमा लागेको समितिका पूर्वअध्यक्ष क्याप्टेन डमबहादुर पुनले जानकारी दिए । राउण्ड अन्नपूर्ण र अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग हुँदै घोरेपानी भम्रणमा जाने पर्यटक बढेसँगै स्थानीय होटल व्यवसायीले पर्यटकलाई लक्षित गर्दै विभिन्न सेवा र सुविधासमेत विस्तार गर्दै लगेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending