Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

डेरावासीको जीवन दालमोठ चिउराको भरमा

\"Dlmotभक्तपुर। इन्धन अभाव चुलिएपछि अरुको घरमा डेरागरी बस्ने डेरावासीले जीवन दालमोठ, चिउराले धान्न थालेका छन् ।ग्यास सकिएपछि दाउरा बालेर खाना पकाउन घरमालिकको अनुमति नपाएपछि अधिकांश डेरावासी दालमोठ चिउराको भरमा बस्नु परेको हो ।

सूर्यबिनायक नगरपालिका सूर्यबिनायक चोकमा डेरा गरी बस्ने गोरखाका अमरनाथ कार्कीले तीन दिनदेखि दालमोठ चिउराको भरमा बस्नु परेको बताए ।

“ग्यास छैन, घरबेटीले घर कालो हुन्छ, दाउरा बाल्न दिन्न भनेपछि दालमोठ चिउराको भरमा बस्नु परेको छ” उनले भने। चार जनाको परिवारमा ९ वर्षको छोरा र १२ वर्षकी छोरीलाई समेत दालमोठ चिउराको भरमा राख्नु परेको उनको गुनासो छ ।

तिहार बिदामा घर जाने सोचाइ बनाए पनि गाडी नपाउने डरले थप समस्या आएको बताउँदै घर जानका लागि सरकारले गाडीको व्यवस्था गरिदिए सहज हुने उनको भनाइ छ ।

भक्तपुर सिर्जना नगरमा बस्ने उर्मिला नेपालको समस्या पनि उस्तै नै छ । चार वर्षदेखि एउटै घरमा बसेका घरबेटीले दाउरा नबाल्नु भनेपछि ल्याएको चुलोसमेत यत्तिकै रहेको बताउँदै उहाँले चार दिनदेखि नै दालमोठ, चिउरा, चाउचाउ र बिस्कुटको भरमा बस्नु परेको बताए ।

तीन वर्षको छोरा निकेतलाई चिसो पानीमा चिनी हालेर चिउरा, बिस्कुट भिजाएर खुवाउनु परेको बताउँदै उनले आफूहरुले भने अचारसँग चिउरा खाएर बसेको बताए । “ग्यास खोज्न धेरै ठाउँ गयाँै तर पाइएन, श्रीमान्ले अफिसको क्यान्टिनबाट कहिलेकाही तरकारी ल्याउनुहुन्थ्यो, त्यो पनि बन्द भयो, चिउरा खाएर बस्नुपरेको छ ।”

अहिले सहरका अधिकांश डेरावासीको समस्या यस्तै रहेका छन् । ग्यास सिद्धिएका घर मालिक कौसीमा खाना पकाएर खाने गरेपनि डेरावासीलाई भने दाउरा बालेर खाना पकाउन घरबेटीले प्रतिबन्ध लगाएका छन् । मध्यपुरथिमि शङ्खधर चोकका माधव श्रेष्ठ आफ्नै घरको कौसीमा भुसे चुलोमा खाना बनाएर खाएको एकसाता भएको बताउछन् । आपूmले कौसीमा खाना बनाएर खाए पनि डेरावासीलाई भने आगो बाल्न नदिएको उनले बताए ।

“घरको कोठैपिच्छे भाडामा बस्ने मान्छे छन्, दाउरा बाल्न दिने हो भने सिंँगै घर धुँवाले कालो हुन्छ, महँगो रङ्ग लगाएको के काम, आगो बाल्न त दिन्नाँै” उनले भने ।

बालकोट चोकमा डेरामा बस्ने सर्मिला पाठकको अवस्था पनि उस्तै नै छ । एक सातादेखि ग्यास सकिएर कहिले चिउरा, कहिले चाउचाउ त कहिले बिस्कुट खाएर बसेको बताउँदै उहाँले ग्यासको अभाव र घरमालिकको व्यवहारले समस्या पारेको बताए ।

बजारमा खुलेका होटल, रेष्टुराँ, खाजा घरसमेत बन्द भएपछि ग्यास सकिएका डेरावासीको समस्या झन झन जटिल बन्दै गएको छ । अधिकांश डेरावासीले ग्यास अभावको समस्यामा जेलिएकाले सवारी साधन पाए छिट्टै गाउँ फर्किने तयारी गर्न थालेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending