Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

अमानवीय हर्कतपछि यसरी झुक्दै छ भारत

\"nepal_india_flag\"काठमाडौं । नेपालमा जारी भएको संविधान आफूले भनेजस्तो नभएपछि भारत क्रुद्ध मात्रै भएन अघोषित नाकाबन्दीमैं उत्रियो । तर, यही नाकाबन्दी अहिले भारतलाई टोक्नु की बोक्नु भएको छ । भूकम्पले पीडामा थलिएका नेपालीलाई झन् पीडा दिएर अमानवीय हर्कत देखाएको आरोप भारतीय प्रधानमन्त्री नरेन्द मोदीलाई नेपालमा मात्र होइन भारतमा पनि लाग्दै आएको छ । भारतीय आडमा तीन महिनादेखि तराई मधेसमा आन्दोलन भए पनि मधेसकेन्द्रित दलहरुले आन्दोलनको औचित्य पुष्टि गर्न नसकेपछि भारत अप्ठ्यारोमा पर्दै आएको थियो । प्रधानमन्त्रीमा आफूले रोजेको उम्मेदवार सुशील कोइरालालाई जिताउने, राष्ट्रपति आफू अनुकूल बनाउने जस्ता सबै प्रयासमा असफल भएपछि भारत विरक्तिएको थियो । अझ बिहारको चुनावमा भारतीय प्रधानमन्त्रीको दल भारतीय जनता पार्टी झन् नराम्रोसँग बढारिएपछि नेपालमाथिको नाकाबन्दी झन् कमजोर सावित देखिंदै फर्किनुपर्ने अवस्थामा पुगेको छ ।   नेपाली राजदुत दीपकुमार उपाध्यायसँगको भेटमा मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजितकुमार डोभालले नाकाबन्दी हटाउने संकेत दिनु पनि भारत चारैतिर नांगिदै जानु हो भन्ने विश्लेषण हुन थालेको छ । दुई दिन अघिसम्म प्रधानमन्त्री केपी ओलीले नाकाबन्दी तत्काल नहट्ने बताए पनि दुई दिन लगत्तै ‘नाकाबन्दी हट्ने संकेत’ आयो भन्दै शीर्ष नेता मन्त्रीसंग ब्रिफिङ गरेका छन् । नेपालका राजनीतिक नेताहरुले भारतलाई एकपछि अर्को काउण्टर गर्न थालेपछि भारत पछाडि फर्केर सम्बन्ध सुधार गर्ने मनस्थितिमा पुगेको हो । नाकाबन्दी लम्बिंदा बदनामी घट्ने हाेइन बढ्ने साेच भारतीय संस्थापनमा अाएकाे टिप्पणी पनि हुन थालेकाे छ ।   मधेशमा जारी आन्दोलन प्रत्यक्ष सहयोग गर्दै सोही आन्दोलनलाई कारण देखाई नाकाबन्दी गरेको भारतले नेपालमा इन्धन र ग्याँस लगायतको अभाव सिर्जना गराई नेपाली नेताहरुलाई दबाब दिने र संविधान आफूले भनेजस्तो गरेर संशोधन गराउने रणनीति भारतको थियो ।   तर, भारतको नीति अनुरुप एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली झुक्न तयार भएनन् बरु, विकल्प खोज्न तयार भए । भारतीय हस्तक्षेपका अगाडि नझुक्ने रणनीति अख्तियार गरेपछि जनसमुदायबाटसमेत त्यसलाई ठूलो समर्थन प्राप्त हुँदै आयो । भारत सूरुमा नकाबन्दीबाट नेपालमा हाहाकारको अवस्था आउँदा जनताले अभाव पचाउन नसक्ने र नेपाली सरकारका विरुद्ध विद्रोह हुने बुझाईमा थियो । तर जनताले उल्टो अभावको सामना गर्न आफू तयार रहेको र नेताहरुलाई नझुक्न भन्ने सन्देश दिन थालेपछि भारतीय योजना असफल हुन पुग्यो । दुत पठाएर संविधान रोक्न खोज्ने भारतको प्रयास पनि नेपालका प्रमुख दलहरु संविधान निर्माणमा एकजुट देखिएपछि तुहिएको थियो ।   राष्ट्रपति निर्वाचन, प्रधानमन्त्री, सभामुख र उपराष्ट्रपति निर्वाचनमा समेत भारतीय योजना असफल मात्रै भएन प्रचण्ड र ओलीलाई पराजित गर्न बनेको भारतीय रणनीति भारतका लागि प्रत्युपादक नै बन्न पुग्यो । परिणामअनुसार प्रचण्ड र ओलीले जे चाहेका थिए सोही भयो । प्रधानमन्त्रीमा ओलीलाई हराउन आन्दोलनरत मधेश केन्द्रित दललाई कोइरालाको पक्षमा मतदान गराउन पठाए तर, राष्ट्रवादी शक्तिका लागि त्यो अर्को गल्ती भइसकेको थियो ।   भारतकै आडमा मधेशवादी नेताहरु प्रधानमन्त्रीको चुनाव प्रकरणलाई लिएर मधेशमा विवादास्पद भए । संविधान नमानेका उनीहरु सोही संविधान अनुसार उनीहरुलाई भारतले परिचालन गरेको नाङ्गोरुपमा सतहमै आयो। प्रधानमन्त्रीमा भोट हालेपछि मधेस केन्द्रित नेताविरुद्ध तराईका जनताहरु नै सडकमा नाराबाजीमा उत्रिए । यसैले उनीहरु झन् बदनाम भए । भारतको आर्शिवाद पाए पनि जायज मुद्दा पनि भारतकै बुई चढ्नाको कारण अलमलमा परेको बुझाई यतिखेर मधेसी नेताहरुको छ ।   सुरुमा नाकाबन्दीबाट नेपाललाई चेताउन खोजेको भारत उल्टो फस्यो । परिणाम त वर्षौदेखिको भारतसँगमात्र रहेको इन्धन व्यापार चीनतिर सर्र्यो । भारतको विकल्पको रुपमा चीनसँग इन्धन ल्याउने सम्झौता प्रक्रिया अघि बढेपछि भारत पूर्णरुपमा नेपाल नीतिमा असफल रहेको निष्कर्षमा अहिले कुटनितिक विज्ञहरु पुगेका छन् । साथै, भारत भित्रैसमेत भारतीय प्रधानमन्त्रीको नेपाल नीतिलाई लिएर विरोध हुन थालेको छ । नेपालले व्यापारिक दोस्तीको हात चीनतिर लम्क्याएपछि भारत झन् अत्तालिएको छ ।   नेपालका राजनीतिक दलका कोठे बैठक तथा कम्युनिष्ट पार्टीहरुमा मात्रै सीमित भारतीय विरोध यसपटक जनस्तरसम्म देखियो भने ‘भोकै बस्छौ–भारतसँग नझुक’ भनेर जनस्तरबाट समेत सन्देशहरु प्रवाह हुन थाले ।   चीनसँग इन्धन ल्याउने सैद्धान्तिक सम्झौता भएलगत्तै चीनले नेपाललाई बिजुली विक्री गर्न इच्छुक रहेको बताएपछि भारत झन संकटमा फसेको छ । नेपाललाई भारतले दैनिक २५० मेघावाट बिजुली बिक्री गर्दै आईरहेको छ । चीनले गएहप्ता नेपालको सबैभन्दा नजिकको नदी ब्रम्हपूत्रबाट विद्युत उत्पादन शूरु गर्नु र नेपाललाई आफ्नो इच्छा व्याक्त गर्नुले भारत तनावमा परेको छ ।   यसअघि नेपालको सिहंदरबार चलाउने भारत अब नेपालसीमाको दशगजामा खुम्चन पुग्नु उसका लागि सबैभन्दा ठूलो घाटा हो । नेपालको सिनियर सरकारी अधिकृत र सचिवहरुको बढुवा तथा स्थानान्तरण प्रकरणमा समेत हस्तक्षेप गर्ने गरेको भारतले सरकार निर्माणमा यसअघि जहिल्यै निर्णायक भूमिका निर्वाह गर्ने गरेको राजनीतिज्ञहरु बताउँछन् । तर भारतले पछिल्लोपटक गरेको हस्तक्षेपले भारतलाई धकेलेर अब दशगजामा पुर्यादिएको छ भने सिंहदरबारबाट खेदिनु परेको छ । यो बीचमा देशको पक्षमा अडान लिएका नेताहरुलाई ज्यान लिनेसम्मको धम्की भारतले दिएको थियो तर नेताहरु झुकेनन् । बरु राजनीतिक नेतृत्व जनताबीच पैदा भएको अनेकता तथा अविश्वासलाई मजबुत सम्बन्ध तथा एकतामा रुपान्तरण गरिदियो ।   परिणामत भारत विस्तारै पछाडि हट्ने र पुरानै अवस्थामा फर्कनका लागि फेससेभ खोजिरहेको एक कुटनीतिज्ञ बताउँछन् । मधेशवादी दल र सरकारबीचको वार्ता सकारात्मक हुन थालेको छ । मधेसी दलहरुको आन्दोलनको कष्टकर शैलीप्रति मधेसका जनता झन् भड्किने भएपछि सदनमा आउन थालेका छन् । यस्तो अवस्थामा भारतको संस्थापन पक्ष पनि अब नेपालसँग निहुँ खोजेर सदियौंदेखिको सम्बन्ध र खर्बौको व्यापार गुमाउनुहुँदैन भन्ने मानसिकतामा पुगेको बुझिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy