Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

जो लागे राजनिति छाडेर कृषितिर

बागलुङ । डेढ दशकसम्म पूर्णकालीन राजनीतिमा सक्रिय यहाँका एक युवा कृषिमा लागेका छन् ।   तत्कालीन (नेकपा माओवादी) मा पूर्णकालीन कार्यकर्ता बनेर राजनीतिमा होमिएका मल्म–६ सिरबारेका डिलबहादुर परियारले सक्रिय राजनीति छोडेर कृषि व्यवसाय रोजेका हुन् ।   सशत्र युद्धका कठिन घडीदेखि शान्ति प्रक्रियापछिको राजनीतिमा सक्रिय परियारको मूल लक्ष्य अहिले आएर फेरिएको हो । “जीवनको ऊर्जाशील समय राजनीतिमा व्यतित् गरियो, अहिले महसुस भएको छ, पहिले आर्थिक समृद्धि र परिवारको व्यवस्थापन हुनुपर्दोरहेछ” उनले भने । परियार अहिले आर्थिक उपार्जनको गोरेटोमा समाहित भएका छन् । उनले बचेखुचेको समय मात्र पार्टी कामलाई दिई बाँकी समय उत्पादनमा खर्चिने बताउछन् । आफ्नै गाउँ बागलुङको मल्म–६ सिरवारेमा परियारले एक वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् ।   “पार्टीको कामकाज भन्दा, अहिले आफ्नो व्यवसायलाई अघि बढाएको छुँ, आवश्यक पर्दा पार्टीलाई सहयोग गरिरहेको छुँ, पूर्णकालीन कार्यकर्ताको रुपमा अहिले छैन,” परियारले भने – “आर्थिक रुपमा आधार तयार नभएसम्म राजनीतिलाई पनि अघि बढाउन नसकिँदो रहेछ ।” ‘माओवादी’ आन्दोलनमा लाग्दा परिवारको आर्थिक अवस्था तहसनहस भएपछि परियारले अहिले व्यवसायलाई जीवनको मूल मुद्दा बताएका हुन् । मोहन वैद्य नेतृत्वको नेकपा–(माओवादी) को जिल्ला सचिवालय सदस्य, राष्ट्रिय दलित मुक्ति मोर्चाको केन्द्रिय सचिवालय सदस्यदेखि विभिन्न राजनीतिक पद र भूमिकामा रहेका परियार अहिले तरकारीखेतीमा रमाउँदै आएका छन् । वर्ष दिनको अवधिमा तरकारी उत्पादनबाट दुई लाखभन्दा बढी आम्दानी भएको परियार बताउछन् । गत वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त घरको पुर्ननिर्माण सोही आम्दानीबाट गरेको उनको भनाइ छ । परियारले जिल्ला कृषि विकास कार्यालयबाट युवालक्षित व्यावसायिक तरकारीखेतीमा ४० हजार अनुदानसमेत प्राप्त गरे । “अनुदानबाहेक व्यक्तिगत रुपमा डेढलाख तरकारीखेतीमा लगानी भएको छ, अहिले पाँच रोपनी क्षेत्रफलमा तरकारीखेती छ, यसलाई बढाउने तयारी गरेको छु” परियारले भने । मुख्य गरी गोलभेँडा, बन्दागोभी, काउली, मुला, साग, अकबरे खुर्सानी उत्पादन गर्दै आएको उनले बताए । “उत्पादन गर्न सके बजारको कुनै खाँचो छैन, धेरैजसो गाउँमै खपत हुन्छ, बाँकी नजिकैको बजारमा पठाउने गरेको छु” ३६ वर्षीय परियारले भने । बालबच्चाको पढाई, घरखर्च राम्रोसँग चलेर पनि बचत पनि हुन थालेपछि उनको परिवार तरकारीखेतीप्रति आकर्षित बनेको छ । “आगामी दिनमा व्यावसायिक रुपमा कुखुरा पाल्ने योजना छ” उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies