Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

मुलुकले भोग्नुपरेका समस्या समाधान गर्न सांसदको माग

\"nepal-parliament\"काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुखसँग समय लिएर सांसदहरुले मुलुकले भोग्नुपरेको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।   बैठकको सुरुमै नेपाली काँग्रेसका सांसद् रामकृष्ण यादवले समानुपातिक र समावेशी प्रतिनिधित्व, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र कायम राखी तराई मधेसमा देखिएको समस्या समाधान गर्न आग्रह गरे ।   उनले तत्कालीन सरकारले सदनमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्ताव हालसम्म पारित नभएकामा दुःख व्यक्त गर्दै तत्काल उक्त प्रस्ताव पारित गर्न माग गरे । विगतमा नेकपा ९एमाले०का कारण संविधान संशोधनको प्रस्ताव अगाडि बढ्न नसकेको आरोप लगाउँदै उनले वार्ता र संवादको माध्यमबाट अगाडि बढ्न आग्रह गरे ।   नेकपा९एमाले०का सांसद विकास लम्सालले भूकम्पबाट थिलोथिलो बनेको मुलुकलाई भारतको नाकाबन्दीले थप पीडा दिएको भन्दै भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी विधेयक संसद्मा आउन नसक्नुको कारण प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस भएको आरोप लगाए । “काम गर्न नदिने, विधेयक अड्काउने अनि सरकारले केही गरेन भनेर आरोप लगाउन मिल्छ रु”–उनले प्रश्न गरे ।   एकीकृत नेकपा ९माओवादी०का सांसद सीता नेपालीले नाकाबन्दीका कारण मुलुकको अवस्था जटिल बन्दै गएको उल्लेख गर्दै कालोबजारीको नियन्त्रण गर्न र जनतालाई समस्याको यथार्थ जानकारी गराउन माग गरिन् ।   उनले तराई मधेसको समस्यालाई वार्ता र संवादको माध्यमबाट हल गर्न आग्रह गर्दै विभिन्न क्षेत्रबाट व्यक्त भएको असन्तुष्टिलाई संविधान संशोधन गरेर समाधान निकाल्न आग्रह गरिन् ।   थरुहट तराई पार्टी नेपालका सांसद गोपाल दहितले नयाँ संविधानले थारु, मधेसी नागरिकको मुद्दा सम्बोधन गर्न नसकेको भन्दै तत्काल संविधान संशोधन गरेर ती वर्ग र क्षेत्रलाई चित्त बुझाउन आग्रह गरे । सङ्घीय राज्यको सीमाङ्कनलगायत विषयमा प्रष्ट धारणा नआउँदासम्म संसद्को कारबाही अगाडि बढ्न नसक्ने उनको धारणा थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy