Ntc summer Offer
Khabar Dabali १७ आश्विन २०८० बुधबार | 4th October, 2023 Wed

सेलरोटी बिनाको तिहार

\"dscn02701\"भक्तपुर । तिहारको मुख्य परिकारको रुपमा लिइने सेलरोटी यस वर्ष तिहारमा यहाँका घर घरमा नपाक्ने भएको छ ।   बजारमा खाने तेलको चर्को अभाव भएपछि तिहारका बेलामा धेरैको घरमा सेलरोटी नपाक्ने भएको हो ।   देउसी, भैलो खेल्दा पनि ‘ए झिलिमिलि झिल्ला, तातो सेलरोटी मिल्ला’ भनेर भट्याउने देउसेले यस वर्ष सेल नै मागे पनि धेरैको घरमा नपाउने भएका छन् । बजारमा तोरी र भटमासको तेल अभाव भएपछि कालोबजारीसमेत भएको छ । बजारमा तेलको अभाव भएपछि व्यापारीले तेलमा र चिनीमा कालोबजारी गरेका छन् ।   बजारमा तेल बिक्री गर्नेले पनि प्रतिलिटर रु २७० देखि रु ३०० सम्ममा एक लिटर मात्रै दिने गरेका छन् भने त्यो पनि सहज रुपमा पाइने स्थिति छैन ।   नगरकोट नगरपालिका ताथलीका सुमित्रा बस्नेतले तेल नपाएपछि यस वर्ष घरमा सेल नपाक्ने भएको बताइन्।   उनले भनिन् “विगतका वर्षमा यतिखेर छिमेकीको घरमा सेल पकाउन बोलाएर भ्याइनभ्याई हुन्थ्यो । छिमेकीको घरमा सेल पकाइदिएर मात्रै लक्ष्मी पूजाको दिन आफ्नो घरमा सेल पकाइन्थ्यो तर यस वर्ष छिमेकीको घरमा सेल पकाउन पनि बोलाएनन् । आफ्नो घरमा पनि तेल नभएर सेलरोटी पकाउन पनि पाइएन । देउसेलाई पनि दिन नपाइने भो ।”   अनन्तलिङ्गेश्वर नगरपालिका–६ सिरुटारकी सुमित्रा केसीले यस वर्ष भाइटीकामा भाइलाई दिन पनि सेल नपाइने स्थिति आएको गुनासो गरिन् । भाइटीकामा सेलरोटी अनिवार्य चाहिने भएकाले  बजारमा पाइए किन्ने सोचाइमा उनी छिन् ।   तेल र चिनीको अभावले यस वर्ष तिहारमा सेलरोटी धेरैको घरमा नपाक्ने भएपछि तिहार पनि खल्लो भएको भक्तपुरका बासिन्दा बताउँछन् । तेल मिल सञ्चालक राधेश्याम मानन्धरले इन्धन अभावका कारण यस वर्ष भारतबाट तोरी ल्याउन नपाउँदा दसैँपछि मिल नै बन्द गर्नुपरेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending