Ntc summer Offer
Khabar Dabali १७ आश्विन २०८० बुधबार | 4th October, 2023 Wed

यार्सागुम्बाले घरखेत लग्यो

\"yarsagumba\"जुम्ला । यार्सागुम्बा खरिद बिक्रीबाट बालबच्चाको पठनपाठन सुधार्ने र नयाँ घडेरी किन्ने सपना बुनेको थिएँ, तर ऋणि भएर भौंतारिनु प¥यो । यो दुःखेसो पातारासी–१ तल्फीगाउँ, जुम्लाका मानबहादुर नेपालीको हो । उनले गएको जेठ असार महिनामा यार्सा खरिदका लागि साहुबाट दुई लाख ऋण लिए । पाटनमा यार्सा खरिद गर्न जाँदा मानबहादुरले साहुसँग साँवासहित ब्याज तिर्ने कागज गरे । यार्सा एक हजार २०० जाने अनुमानका आधारमा पाटनमा सङ्कलकहरुबाट एउटा यार्साको ९०० मा खरिद गरे । अन्ततः भाउ घट्दा ४०० मा कटाउन उनलाई हम्मेहम्मे भयो । झन्डै चार लाख ५० हजारको घाटा भयो उनलाई । गतवर्ष २५ लाख प्रतिकेजी मूल्य हुँदा अहिले बढ्छ सोचेर त्यसो गरेको थिएँ, तर के गर्ने आकाशे खेतीको भर नै हुँदोरहेनछ, अत्यन्तै दुःखित मुद्रामा उनले पीडा व्यक्त गरे । अहिले घटेर यार्साको भाउ प्रतिकेजी १० लाखमा गएको पनि उनले बताए । साहुको ऋण फछ्र्योट गर्न घडेरी र तीन कित्ता गरेर करिब सात हजार वर्गमिटर जमिन बेच्नुप¥यो । मालपोत कार्यालय जुम्लामा आएका उनले भने, साहुको ऋण र ब्याजबाट मुक्त हुन भएको जग्गाजमिन बिक्री गर्नुप¥यो । सोच कमाउने थियो, परिस्थितिले गुमाउनु प¥यो । उनका अनुसार यार्सागुम्बा बिक्री गर्नेहरु भने फाइदामा नै परे । यसपटक आफूजस्तै थुप्रै खरिदकर्ता मर्कामा परेको उनले बताए । अबदेखि यो खेतीमा हात नहाल्ने उनको सङ्कल्प छ । करिब पाँच हजार मिटरको उचाइमा शारीरिक जोखिमता मोल्दै फाइदाको निम्ति गरेको व्यवसायले आर्थिक जोखिमबाट उन्मुक्ति दिँदैन भने हत्केलामा ज्यान राखेर काम गर्न नसकिने उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending