Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

ब्यापारीको कालोबजारीमा सरकार मूकदर्शक

काठमाडौं । मुलुकमा इन्धन संकट उत्पन्न भएपछि इन्धनमा मात्र होइन, दैनिक उपभोग्य वस्तुहरुमा कालोबजारी भइरहेको छ । दैनिक उपभोग्य वस्तुहरुको अभाव देखाएर डिलरबाटै महंगो परेको भनी ब्यापारीहरुले चर्को मूल्य असुलीरहेका छन् । हरेक वस्तुको मूल्य चौगुणा बढी छ । दाल, चामल, तेल, चिनी लगायतको दैनिक उपभोग्य वस्तुको भाउ पसलैपिच्छे फरक छ । खानेतेलको भाउ प्रतिलिटर एक सय ५० भन्दा बढी लिने गरेका छन् । \"gedagudi\"नाकाबन्दीको मौका छोपेर व्यापारीहरुले राजधानीमै महँगी र कालोबजारी गर्दा पनि सरकार भने मूकदर्शक बनेको छ। बिक्रेताले नाकाबन्दीका कारण सामान अभाव भएको भन्दै दैनिक उपभोग्य वस्तुहरुमा कालोबजारी गरे पनि सरोकारवाला निकाय संकटको बाहना बनाएर आँखामा पट्टी बाँधेर बसेका छन् । हरेकजसो वस्तुको अस्वभाविक मूल्य बढाइँदा पनि सरकारले बजार अनुगमन गरी हस्तक्षेप गर्न सकेको देखिदैन । चरम मूल्य वृद्धिका कारण सर्वसाधारणलाई बिहान बेलुकाको छाक टार्नसमेत कठिन हुँदै गएको छ । खाद्य पसल तथा डिलरहरु बन्द गर्ने र बेलामौकामा खोल्ने अनि सामान नै सकिएको, डिलरबाटै महंगोमा सामान ल्याएको जस्ता बाहना बनाएर चर्को मूल्य असुलीरहेका छन् । राजधानीको मुख्य बजारहरुका थोक विक्रेताहरुले नै मनपरी मूल्य बढाएका छन् भने साना ब्यापारीहरुले चौगुना मूल्य बढाएका छन् । राजधानीका पसलै पिच्छे भाउ फरक फरक हुँदा समेत नियमनकारी निकाय वाणिज्य विभाग चुपचाप बसिरहेको छ । राजधानीमा खाने तेल प्रतिलिटर दुई सय ५० देखि दुई सय ८० सम्म र दाल किलोको दुई सय ५० देखि दुई सय ८० रुपैयाँसम्ममा बिक्री भइरहेका छन् । नाकाबन्दीअघि खाने तेलको भाउ औसतमा प्रतिलिटर एक सय ३० देखि एक सय ५० रुपैयाँसम्म थियो । अहिले सबैजसो तेलको भाउ निकै महंगो छ भने सनफ्लावर तेल कृत्रिम अभाव सिर्जना भएको छ । भारतबाट आउने भएकाले सनफ्वालर तेल अभाव भएको बताउँछन् । यसैगरी, रहरको दाल प्रतिकेजी दुई सय ८०, मासको दाल दुई सय ६० र मुसुरो एक सय ८० रुपैयाँ मूल्य पुगेको उपभोक्ताहरु गुनासो गर्छन् । बिक्रेताले ढुवानी खर्च बढेको बाहनामा चामलको भाउ मनपरी गरेका छन् । सामान्य अवस्थामा १४ सय ५० देखि १५ सय ५० सम्ममा पाइने जिरा मसिनो चामल अहिले १७ सय देखि १८ सय रुपैयाँसम्म तिर्नुपरेको उपभोक्ताहरु बताउँछन् । यसैगरी, दसैंअघि प्रतिकेजी ६० देखि ६५ रुपैयाँ रहेको चिनीको भाउ बढेर ८० देखि ८५ रुपैयाँसम्म पुगेको छ । खुद्रा व्यापारीले बजारमा चरम मूल्य वृद्धि भएको स्वीकार गरेका छन् । थोक बिक्रेताले भाउ बढाएकाले बाध्य भएर महँगोमा सामान बिक्री गर्नुपरेको खुद्रा ब्यापारीहरुको दाबी छ । थोक बिक्रेताले भाउ बढाएकाले बाध्य भएर महँगोमा दैनिक उपभोग्य वस्तु बिक्री गर्नुपरेको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य बताउँछन् । खुद्रा व्यापारीसँग स्टक हुँदासम्म सामानको भाउ नबढेको तर स्टक सकिएपछि महँगोमा बिक्री गर्न बाध्य भएको उनीहरुको भनाइ छ । दाल, चामल, चिनी, तेल जस्ता दैनिक उपभोग्य वस्तु मात्र नभइ गेडागुडी, हरियो तरकारी, फलफूल सबैको भाउ मनपरी छ । मुलुकमा नाकाबन्दीको कारण संकट उत्पन्न भएको भन्दै ब्यापारीहरुले मनपरी मूल्य असुलेर कालोबजारी गर्दा पनि सरकार भने मुकदर्शक बनेर बसिरहेको भन्दै उपभोक्ताहरु रुष्ट बनेका छन् । अत्यावश्यक वस्तुको कृत्रिम अभाव, अस्वभाविक मूल्य वृद्धि र कालोबजारी बढेको भन्दै नियमनकारी निकायको ध्नानाकर्षण गरिए पनि सरकारले कुनै चासो नदेखाएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले बताए । आपूर्ति व्यवस्था असहज भएका बेला सरकारले छुट्टै संकटमोचन कार्ययोजना ल्याई उपभोक्तालाई राहत दिनुपर्नेमा उनको जोड थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies