Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

आयल निगमले आन्तरिक उडानका विमानलाई तेल नबेच्ने, अधिकांश उडान रद्ध

काठमाडौं । त्रिभुवन विमानस्थलमा रहेको डिपो रित्तिँदै गएपछि नेपाल आयल निगमले शुक्रबार आन्तरिक उडान गर्ने वायुसेवा कम्पनिहरुलाई हवाइ इन्धन उपलब्ध नगराउने भएको छ । निगमले इन्धन नदिने भएपछि अधिकांश निजी वायुसेवा कम्पनीहरुले उडान कटौती गरेका छन् ।

\"Tribhuban वायुसेवा कम्पनिहरुका अनुसार इन्धन अभावमा ८० प्रतिशत उडान कटौति भएका छन् । ‘इन्धनको मौज्दात ८० हजार लिटरमा झरेको छ, सुरक्षाकर्मी र उद्धारकर्तालाई भन्दा अरुलाई इन्धन दिन सक्दैनौं,’ नेपाल आयल निगमका हवाइ इन्धन डिपो प्रमुख प्रदीप यादवले भने ।

यादवका अनुसार बिराटनगरमा २६ हजार लिटर, नेपालगञ्जमा ४० हजार लिटर, धनगढीमा ३० हजार र पोखरामा २० हजार लिटर हवाइ इन्धन मौज्दात छ ।

आन्तरिक हवाई उडान गर्ने विमान कम्पनिहरुका लागि नेपाल आयल निगमले नेपाल वायुसेवा निगमका जहाजहरुबाट इन्धन ल्याउने गरेको छ । यसरी हवाइ इन्धन ल्याउँदा मंहगो हुनेभएपछि निगमले आन्तरिक हवाइ इन्धनको मूल्य झण्डै दोब्बर पु¥याएको थियो । त्यसलगत्तै विमान कम्पनिहरुले भाडा दर पनि बढाएका थिए । तर, पछिल्ला दिनहरुमा विभिन्न निहुँ पारेर वायु सेवा निगमका जहाजले इन्धन नबोकिदिँदा मौज्दात कम भएको हवाइ इन्धन डिपो प्रमुख यादवले बताए ।

इन्धन अभावका कारण एति एयरलाइन्सले शुक्रबारका करिव ८० प्रतिशत उडान रद्द गरेको जानकारी दिएको छ । एति एयरलाइन्सका बजार प्रबन्धक भीमराज गुरुङका अनुसार पोखराका ५, माउन्टेन फ्लाइट, ३, बिराटनगर ३, भद्रपुर २, भैरहवा २, जनकपुर २, नेपालगञ्ज २, तुम्लिङटार १, भरतपुर १ र धनगढी १, वटा उडान रद्द भएका छन् ।

दैनिक १२ उडान गर्दै आएको ताराका ७ वटा उडान रद्ध भएका छन् । सिम्रिक एयरले ७० प्रतिशत बढी उडान रद्ध गरिएको जानकारी दिएको छ । बुद्ध एयरका वरिष्ठ कार्यकारी प्रबन्धक रुपेश जोशीका अनुसार इन्धन अभावमा ६० प्रतिशत उडान रद्ध गरिएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies