तातोपानी नाका तत्काल खोल्न चीनले सरकारी कार्यालय पूनस्थापना गर्दै
मंसिर ४ गते, २०७२ शुक्रवार 20th November, 2015 Fri१५:४९:३५ मा प्रकाशित
काठमाडौं । चीनसँगको सबैभन्दा पूरानो तथा ठुलो नाका तातोपानीबाट व्यापारकि कारोबार गर्न चीन तयार भएको छ ।
सिन्धुपाल्चोकका सरकारी अधिकारीहरुलाई नाका खोल्ने तयारी स्वरुप चीनको नेल्ह्ममा बोलाएको चीनले दीपक्षिय वार्ताका क्रममा चीन चाढै तातोपानी नाका खोल्न लागेको बताएको सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले बताएका हुन् ।
बुधबार चीनको जिल्ला अधिकारी र सिन्धुपाल्चोकका अधिकारीहरुबिच नाका संचालनको तयारी बैठक बसेको थियो । गत महाभूकम्पको क्षतिको कारण चीनले आफ्ना सरकारी कार्यालय र खासा बजारका स्थानीय बासिन्दाहरुलाई स्थानान्तरण गरिसकेको कारण नाका खोल्न ढिला भएको जनाएको थियो भने नेपाली अधिकारीहरुले नेपालमा संकटको स्थिति भएकाले तत्काल नाका स.चालन गरी व्यापारिक कारोबार संचालन गर्न आग्रह गरेका थिए ।
वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पूनले चीन भ्रमणको क्रममा तत्काल संकट हल गर्न तातोपानी नाका संचालनका लागी आग्रह गर्नुको साथै चीनको एक प्रविधिक टोलीलाई नाका र बाटो अवस्था बुझ्न नेपाल पठाएका थिए । उक्त टोलीले काठमाडौंदेखि तातोपानी हुँदै ल्हासासम्मको सडक मार्ग भाइटिकाको दिन अवलोकन गरेको थियो ।
भूकम्पले क्षतिग्रस्त २६ किलोमिटर समडमार्ग विगत लामो समयदेखि अवरुद्ध थियो । विगत १ महिना अघिबाट सकड संचालनमा आएपनि चीनले भन्सार तथा अध्यागमनको सरकारी कार्यालयहरु सिगात्से सारिएका कारण खोलिरहेको थिएन ।
तातोपानी मार्ग केरुङ नाकाको तुलनामा निकै ठुलो र पूर्वाधारहरुसमेत छ । सिन्धुपाल्चोकको बाह्रविसेमाथिको २६ किलोमिटरबाहेक काठमाडौंसम्म ठुला ग्यासका बुलेटहरुसमेत पास हुन्छन् । सडक डिभिजन कार्यालय चरिकोटका अनुसार अहिले भईरहेको बाटोमासमेत ग्यासका साना बुलेटहरु पास हुन्छ । उता खासाबाट माथि चीनको नेल्हमसम्म यसअघि नै ग्यासका बुलेटहरु ल्याउने गरिएको चीनका अधिकारीहरुले बताएका छन् ।
बाह्रविसेदेखि चीनको नेल्हमसम्मको झण्डै ७५ किलोमिटर बाटोका केही घुम्तीहरुलाई मर्मतसुधार गर्ने हो भने चीनबाट ग्यासका बुलेटहरु काठमाडौंसम्म सोझै आउन सक्ने अवस्था छ ।
त्यही प्रविधिक टोलीको सुझाव पछि चीन तातोपानी नाका सूचारु गर्न तयार भएको हो । चीनीया पक्षका अनुसार शुक्रबारदेखि नै सिगात्से सारिएका सरकारी कार्यालयहरु खासा ल्याउने प्रक्रिया सुरु हुनेछ । गिरीका अनुसार केहीदिनमै चीनले तातोपानी नाका खोल्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: