Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

मधेस अझै कति दिन जल्न दिने ?

\"Madhesi-morcha-ka-4-neta\"काठमाडौं । मधेसवादी दलहरुले शुरु गरेको मधेस आन्दोलन केही दिन मत्थर भएपछि फेरि चर्किएको छ । चाडबाडको कारण मत्थर भएको आन्दोलन फेरि चर्किँदै गएको छ । नयाँ संविधान जारी गर्नुअघि नै प्रमुख दलहरुले गरेको सीमांकनको विरोधमा शुरु भएको आन्दोलन तीन महिनाभन्दा बढी भइसकेको छ । आन्दोलनको शुरुवाती दिनहरु निकै हिंसात्मक बने । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले निषेधाज्ञा र कफ्र्यूकै बेवास्ता गर्दै तराईका जिल्लाहरुमा प्रदर्शनमा उत्रिए । तराईका केही जिल्लामा मोर्चाका कार्यकर्ताहरु घरेलु हतियार बोकेर सडकमा उत्रिए। हतियार र लाठीहरु बोकेर निषेधाज्ञा र कफ्र्यूकै उलंघन गर्दै कार्यकर्ताहरु सडकमा उत्रिएपछि मानवीय क्षतिहरु पनि भए । टीकापूरमा पहिलो पटक आन्दोलनकारीहरुले एसपीसहितका प्रहरी अधिकारीहरुलाई नै भाला रोपेर हत्या गरेपछि अन्य क्षेत्रका सुरक्षा निकाय पनि आन्दोलन दमनमा उत्रिए । टीकापुर घटनापछि आन्दोलनकारीहरुमा झनै बढी उग्रता पैदा हुँदै गयो । आन्दोलनकारीहरु हिंसात्मक ढंगले प्रदर्शनमा उत्रिने,प्रहरी चौकीहरुमाथि आक्रमण गर्ने जस्ता घट्नाहरु बढ्दै गएपछि प्रहरीले ठाउँ ठाउँमा बल प्रयोग गर्यो । तराई–मधेसको आन्दोलन जारी रहे पनि प्रमुख दलका नेताहरु भने सरकार परिवर्तन र राष्ट्रपति, उपराष्ट्रपति तथा सभामुख र उपसभामुख छान्नमा ब्यस्त देखिए । तराईमा अन्य राजनीतिक दलहरुको उपस्थिति भएन । आन्दोलन झन हिंसात्मक आन्दोलन झन्झन् बढी चर्किँदै गएपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आन्दोलनरत मधेसी मोर्चासँग वार्ताको थालनी गर्यो । तर पटक पटक भएको वार्ता निश्कर्षमा पुग्न नसकेपछि फेरि मधेसी दलहरुले केही दिनको मत्थरपछि आन्दोलन चर्काएका छन् । लामो समयको आन्दोलनका कारण थकित भएका मधेसी जनताहरु नै आन्दोलनमा सहभागी नहुने आंकलनमा सरकार रहे पनि आन्दोलनले फेरि हिंसात्मक रुप लिँदै गएको छ । सत्तारुढ दलहरुले आफूहरुको मागप्रति वेवास्ता गरेको निश्कर्षमा आन्दोलनरत मोर्चाले आन्दोलन थप चर्काउने निर्णय गरेपछि तराई–मधेसको आन्दोलन फेरि पनि चर्किँदै गएको छ । फेरि चर्काइएको मधेस आन्दोलनमा मानवीय संवेदता पनि टुट्दै गएको देखिन्छ । आन्दोलनकारीहरुले औषधि ल्याएको गाडी जलाउनेदेखि गम्भीर अवस्थाका विरामी बोकेर आएको एम्बुलेन्ससमेत चल्न नदिने र तोडफोड गर्ने क्रम थालेका छन् । फेरि चर्किएको मधेस आन्दोलन हिंसात्मक बन्दै गएपछि सरकार र प्रमुख दलहरुले नै आन्दोलन रोक्नका लागि आवश्यक पहल गर्नु पर्दछ । तर आन्दोलन रोक्ने प्रयास नभएपछि सुरक्षा निकायले हिंसात्मक आन्दोलन रोक्न बल प्रयोग गर्नुको विकल्प रहँदैन । त्यसैले शनिवार राती मात्रै सप्तरीको भारदहमा प्रहरीको चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ । केहीको अवस्था गम्भीर रहेको छ । संकट अझै लम्बिने मधेस आन्दोलनको कारण जनाउँदै भारतले गर्दै आएको नाकाबन्दीका कारण मुलुकमा चरम संकट उत्पन्न भएको छ । इन्धन अभावले धेरैको चुल्हो बलेको छैन भने राजधानीमै ग्यासको अभावमा दाउरा बाल्नु पर्ने बाध्यता रहेको छ । सरकारले नै ग्यासको अभावमा राजधानीमा दाउरा विक्री गर्न टीसीएनलाई जिम्मा दिएपछि दाउरा किनेर गुजारा चलाइरहेको अवस्था छ । मधेसको आन्दोलन नरोकिएसम्म इन्धन संकट पनि कायमै रहने स्थिति रहेको छ । तराईमा फेरि चर्किएको आन्दोलनका कारण यो अवस्था अझै  लम्बिने अवस्था उत्पन्न भएको छ । मधेसमा चर्किएको आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रमुख राजनीतिक दलका नेताहरुले मधेस आन्दोलन मधेसी नेताहरुको नियन्त्रण बाहिर जाने आंकलन गरेका छन् । आन्दोलनको अगुवाई गरेका नेताहरुको नियन्त्रणभन्दा बाहिर आन्दोलन गयो भने झनै भयावह अवस्था सक्छ । त्यो अवस्थामा आन्दोलनले जस्तोसुकै रुप लिन सक्छ । त्यसैले सरकार र प्रमुख दलहरुले ढिलाइ नगरी अबिलम्ब वार्ताको माध्यामबाट मधेसी मोर्चाको मागलाई यथासम्भव सम्बोधन गर्नेतर्फ लाग्नुपर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE