Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

मधेस अझै कति दिन जल्न दिने ?

\"Madhesi-morcha-ka-4-neta\"काठमाडौं । मधेसवादी दलहरुले शुरु गरेको मधेस आन्दोलन केही दिन मत्थर भएपछि फेरि चर्किएको छ । चाडबाडको कारण मत्थर भएको आन्दोलन फेरि चर्किँदै गएको छ । नयाँ संविधान जारी गर्नुअघि नै प्रमुख दलहरुले गरेको सीमांकनको विरोधमा शुरु भएको आन्दोलन तीन महिनाभन्दा बढी भइसकेको छ । आन्दोलनको शुरुवाती दिनहरु निकै हिंसात्मक बने । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले निषेधाज्ञा र कफ्र्यूकै बेवास्ता गर्दै तराईका जिल्लाहरुमा प्रदर्शनमा उत्रिए । तराईका केही जिल्लामा मोर्चाका कार्यकर्ताहरु घरेलु हतियार बोकेर सडकमा उत्रिए। हतियार र लाठीहरु बोकेर निषेधाज्ञा र कफ्र्यूकै उलंघन गर्दै कार्यकर्ताहरु सडकमा उत्रिएपछि मानवीय क्षतिहरु पनि भए । टीकापूरमा पहिलो पटक आन्दोलनकारीहरुले एसपीसहितका प्रहरी अधिकारीहरुलाई नै भाला रोपेर हत्या गरेपछि अन्य क्षेत्रका सुरक्षा निकाय पनि आन्दोलन दमनमा उत्रिए । टीकापुर घटनापछि आन्दोलनकारीहरुमा झनै बढी उग्रता पैदा हुँदै गयो । आन्दोलनकारीहरु हिंसात्मक ढंगले प्रदर्शनमा उत्रिने,प्रहरी चौकीहरुमाथि आक्रमण गर्ने जस्ता घट्नाहरु बढ्दै गएपछि प्रहरीले ठाउँ ठाउँमा बल प्रयोग गर्यो । तराई–मधेसको आन्दोलन जारी रहे पनि प्रमुख दलका नेताहरु भने सरकार परिवर्तन र राष्ट्रपति, उपराष्ट्रपति तथा सभामुख र उपसभामुख छान्नमा ब्यस्त देखिए । तराईमा अन्य राजनीतिक दलहरुको उपस्थिति भएन । आन्दोलन झन हिंसात्मक आन्दोलन झन्झन् बढी चर्किँदै गएपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आन्दोलनरत मधेसी मोर्चासँग वार्ताको थालनी गर्यो । तर पटक पटक भएको वार्ता निश्कर्षमा पुग्न नसकेपछि फेरि मधेसी दलहरुले केही दिनको मत्थरपछि आन्दोलन चर्काएका छन् । लामो समयको आन्दोलनका कारण थकित भएका मधेसी जनताहरु नै आन्दोलनमा सहभागी नहुने आंकलनमा सरकार रहे पनि आन्दोलनले फेरि हिंसात्मक रुप लिँदै गएको छ । सत्तारुढ दलहरुले आफूहरुको मागप्रति वेवास्ता गरेको निश्कर्षमा आन्दोलनरत मोर्चाले आन्दोलन थप चर्काउने निर्णय गरेपछि तराई–मधेसको आन्दोलन फेरि पनि चर्किँदै गएको छ । फेरि चर्काइएको मधेस आन्दोलनमा मानवीय संवेदता पनि टुट्दै गएको देखिन्छ । आन्दोलनकारीहरुले औषधि ल्याएको गाडी जलाउनेदेखि गम्भीर अवस्थाका विरामी बोकेर आएको एम्बुलेन्ससमेत चल्न नदिने र तोडफोड गर्ने क्रम थालेका छन् । फेरि चर्किएको मधेस आन्दोलन हिंसात्मक बन्दै गएपछि सरकार र प्रमुख दलहरुले नै आन्दोलन रोक्नका लागि आवश्यक पहल गर्नु पर्दछ । तर आन्दोलन रोक्ने प्रयास नभएपछि सुरक्षा निकायले हिंसात्मक आन्दोलन रोक्न बल प्रयोग गर्नुको विकल्प रहँदैन । त्यसैले शनिवार राती मात्रै सप्तरीको भारदहमा प्रहरीको चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ । केहीको अवस्था गम्भीर रहेको छ । संकट अझै लम्बिने मधेस आन्दोलनको कारण जनाउँदै भारतले गर्दै आएको नाकाबन्दीका कारण मुलुकमा चरम संकट उत्पन्न भएको छ । इन्धन अभावले धेरैको चुल्हो बलेको छैन भने राजधानीमै ग्यासको अभावमा दाउरा बाल्नु पर्ने बाध्यता रहेको छ । सरकारले नै ग्यासको अभावमा राजधानीमा दाउरा विक्री गर्न टीसीएनलाई जिम्मा दिएपछि दाउरा किनेर गुजारा चलाइरहेको अवस्था छ । मधेसको आन्दोलन नरोकिएसम्म इन्धन संकट पनि कायमै रहने स्थिति रहेको छ । तराईमा फेरि चर्किएको आन्दोलनका कारण यो अवस्था अझै  लम्बिने अवस्था उत्पन्न भएको छ । मधेसमा चर्किएको आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रमुख राजनीतिक दलका नेताहरुले मधेस आन्दोलन मधेसी नेताहरुको नियन्त्रण बाहिर जाने आंकलन गरेका छन् । आन्दोलनको अगुवाई गरेका नेताहरुको नियन्त्रणभन्दा बाहिर आन्दोलन गयो भने झनै भयावह अवस्था सक्छ । त्यो अवस्थामा आन्दोलनले जस्तोसुकै रुप लिन सक्छ । त्यसैले सरकार र प्रमुख दलहरुले ढिलाइ नगरी अबिलम्ब वार्ताको माध्यामबाट मधेसी मोर्चाको मागलाई यथासम्भव सम्बोधन गर्नेतर्फ लाग्नुपर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy