Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

उद्योग संरक्षणमा नयाँ नीति आउने

\"somकाठमाडौं । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले देशलाई आत्मनिर्भर बनाउन निजी क्षेत्रको साथ लिएर तत्काल नयाँ नीति अवलम्बन गरिने बताएका छन् । मिडिया इन्टरनेसनलले उद्योग मन्त्रीको स्वागतमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेयले चीनबाट इन्धन बाहेकका सामान पनि ल्याउने तयारी भइरहेको जानकारी गराए । उनले सरकारी स्वामित्वमा रहेका उद्योगलाई पनि संचालन तर्फ लैजाने बताए । मन्त्री पाण्डेयले निजी क्षेत्रसँग सहकार्य गरेरै सरकारले नीतिहरु अबलम्बन गर्ने बताउँदै उद्योगमा आत्मनिर्भरता कायम गर्न केही दिनमै मन्त्रालयले नयाँ योजना सार्वजनिक गर्ने बताए । मन्त्री पाण्डेले नेपालमा रहेका इन्धनका सम्भाव्यताको छ महिनाभित्रै अध्ययन गरिने बताउँदै त्यसका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको बताए । उनले भारतले लगाएको नाकाबन्दीले नेपाल र भारतको सम्बन्ध धुमिलाउने काम भएको बताउँदै नाकाबन्दी खोल्न भारतलाई आग्रह समेत गरे । उनले नेपालको संविधान संसोधन गरेरै भएपनि आन्दोलन पक्षसँग सहमति कायम गर्न सरकार तयार रहेको उल्लेख गर्दै अराजक आन्दोलन बन्द गरेर राजनीतिक रुपमा अघि बढ्न मधेसी दलहरुलाई आग्रह गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिका सभापति उमेशलाल श्रेष्ठले नेपाली उद्योगको अबस्था अत्यन्तै कम्जोर भएको उल्लेख गर्दै सरकारले उद्योग संरक्षणको नीति तत्काल सुरु गर्न ढिलाई गर्न नहुने बताए । उनले राजनीतिक नेतृत्वमा आर्थिक दृष्टिकोण नभएका कारण मुलुक अफ्ठ्यारो अबस्तथामा आइपुगेको बताए । कार्यक्रममा रेमिटर्स एसोसियसनका अध्यक्ष एवं प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले बैंकिङ क्षेत्रमा नाकाबन्दीको प्रभाव हालसम्म नदेखिएपनि केही समयपछि देखा पर्ने संकेत आएको बताए । त्यसैगरी राष्ट्रिय व्यापार संघका अध्यक्ष नयनबहादुर पण्डीत क्षेत्रीले मुलुकमा उत्पादन हुने बस्तु समेत विदेशबाट आउनु लज्जाको अबस्था भएको भन्दै देशमै सम्भव भएका उत्पादनलाई फोकस गरेर नीति बनाउन सरकार समक्ष आग्रह गरे । कार्यक्रममा नेपाल औषधि उत्पादन संघका बरिष्ठ उपाध्यक्ष दीपकप्रसाद दाहाल, फूटवेयर एसोसियसनका बरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद फूँयाल, नेपाल कफी व्यबसायी महासंघका संस्थपक अध्यक्ष ढकेश्वर घिमिरे, नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष सुभास भण्डारी लगायतले नाकाबन्दीमा नेपाली उद्योग क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies