सोल, दक्षिण कोरियाका लागि अमेरिकी राजदूत मार्क लिपर्टलाई बिहीबार बिहान सबेरै एकजना हतियारधारीले आक्रमण गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
राजदूत मार्क राजधानी सोलको मध्य भागमा अवस्थित सिजोङ्ग सांस्कृतिक केन्द्रमा सञ्चालन हुने एक सभालाई सम्बोधन गर्न बिहान ७ः४० बजेतिर त्यसतर्फ जान लागेकाे अवस्थामा आक्रमण भएको जनाइएको छ ।
सांस्कृतिक केन्द जाने बाटैमा उनलाई रोकी उक्त आक्रमण भएको प्रहरीले बताएको छ । उक्त आक्रमणकारी एक ५५ वर्षीय किम किजोङ्ग नाम गरेका व्यक्ति भएको खुल्न आएको छ । उसले दाह्री काट्ने छुराले प्रहार गर्दा राजदूतको गाला र नाडीमा काटिएर घाउ लागेको छ ।
सो व्यक्ति अमेरिका र दक्षिण कोरियाबीच सम्पन्न सैन्य तालिम सम्झौताको कडा विरोधी रहेको र यसै कारण आवेगमा आई राजदूत प्रहार गरेको योन्हाप समाचार समितिले जनाएको छ ।
उसलाई तत्कालै प्रहरीले गिरफ्तार गरेको छ । राजदूत मार्कलाई तुरुन्तै नजिक अस्पताल लगिएको र उनको स्वास्थ्य स्थिति सामान्य रहेको समेत अमेरिकी राजदूतवासले जनाएको छ ।
यस आक्रमणको घटनापछि ह्वाइट हाउसले निन्दा गरेको छ । राष्ट्रपति बाराक ओबामाले राजदूतलाई फोन गर्नु भई उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
यसअघि सन् २०१० को जुलाइमा जापानी राजदूतलाई उक्त अभियुक्त किमले ढुङ्गा प्रहार गरी घाइते बनाएको अभियोग दुई वर्ष कारावासको सजाय भोगिसकेको समेत योन्हापले जानकारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: