मंसिर ११ गते, २०७२ शुक्रवार 27th November, 2015 Fri१७:०७:५३ मा प्रकाशित
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई सरकारले स्पष्टीकरण माग गरेको छ ।
निर्देशक खड्काले पदीय मर्यादाविपरीत काम गरेको भन्दै कारबाही प्रक्रिया अगाडि बढाउन नेपाल आयल निगम बोर्डलाई वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले निर्देशन दिएपछि शुक्रबार नै निगम बोर्डले खड्कालाई स्पष्टीकरण पत्र पठाएको हाे ।
निगमका कार्यकारी निर्देशक खड्काले भारतले गरेको नाकाबन्दीका कारण इन्धन संकट उत्पन्न भएपछि आपूर्तिमन्त्री पुनले वैकल्पिक उपायका लागि चीनसँगको सम्झौता अघि बढाउँदा समेत खड्काले असहयोग गर्दै आएका छन् । कार्यकारी निर्देशक खड्काको नियतमाथि शंका उत्पन्न भइरहेका बेला उनकै तोक आदेशमा हालै रुपन्देहीको भहवारीस्थित डिपोबाट तेल बाँडिएको रहस्य खुलेको थियो ।
भलवारी डिपो प्रमुखले कार्यकारी निर्देशक खड्काको तोक आदेशमा राजधानीको एक पेट्रोल पम्पलाई १२ हजार लिटर डिजेल दिएको रहस्य खुलेको थियो । उक्त खुलासापछि निगमका अन्य कर्मचारीहरु पनि अनुसन्धानको दायरामा परेका छन् ।
यस्तै, निगमका कार्यकारी निर्देशक खड्काले हालै नियमविपरित १६ जना अधिकृतस्तरका कर्मचारीहरुको बढुवा गरेको आरोप छ । हालै भारतले गरेको नाकाबन्दीका कारण मुलुकमा चरम इन्धन संकट हुँदा समेत निगमका कार्यकारी निर्देशक खड्का अनुत्तरदायी देखिएका छन् ।
यस्तै, भारतीय नाकाबन्दीका कारण इन्धन आपूर्तिमा समस्या उत्पन्न भइरहेका बेला कार्यकारी निर्देशक खड्काले कमिशनको चक्करमा भारतीय नागरीकको कम्पनी विराट पेट्रोलियमलाई प्रालिलाई ठेक्का दिएको खुलासा भएको थियो ।
नेपाल आयल निगमले ‘दशैंमा १५ दिनका लागि इन्धन आपूर्ति गर्ने’ भन्दै सार्वजनिक आसयपत्र माग गरेको थियो । आसयपत्र पेस गर्ने २२ कम्पनीमध्ये सबैभन्दा धेरै मूल्य पेस गरेको भारतीय नागरीकको कम्पनी विराट पेट्रोलियमलाई ठेक्का दिएर करोडौँ रुपैयाँ भ्रष्टाचार गर्न आरोप लागेको थियो ।
अरुले विराटले भन्दा ३० रुपैयाँ कमसम्ममा आपूर्ति गर्न सक्ने आसयपत्र पेस गरेका थिए । निगम प्रमुख खड्काले गत ३० असोजमा विराट पेट्रोलियमलाई इन्धन ल्याउने ठेक्का दिने निर्णय गरेका थिए ।
उक्त खुलासापछि विराटले निगमसँगको सम्झाैता खारेज गरिसकेकाे छ । विराटलाई इन्धन आपूर्ति ठेक्का र त्यसबापत २० करोड रुपैयाँ अग्रिम भुक्तानी दिने नेपाल आयल निगमको निर्णयबारे व्यवस्थापिका संसदका दुई बेग्ला बेग्लै समितिले छानविन अघि बढाएपछि विराटले सम्झौता एकपक्षीय रुपमा तोडेको थियाे ।
आयल निगम बोर्डका अनुसार खड्काले स्पष्टीकरण पत्र बुझ्न मानेका छैनन् । खड्काले बुक्र्न नमानेपछि उनलाई सोधिएको पत्र आयल निगम कार्यालयमा दर्ता गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: