Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

एन्टी काठमाडौं–एन्टी मधेस !

काठमाडौं । संविधान जारी हुनुभन्दा अघिदेखि शुरु भएको मधेस आन्दोलनले एक सय दिन पार गरिसक्दा पनि कुनै समाधान निस्किएको छैन । मधेस आन्दोलनको चर्किनुको दोषी मधेसी दलहरु काठमाडौंलाई दोष दिन्छन् । [caption id=\"attachment_47893\" align=\"alignleft\" width=\"600\"]\"वीरगञ्जमा वीरगञ्जमा विद्यार्थीहरूकाे र्रयाली[/caption] मधेसी समुदायलाई काठमाडौंको शासक वर्गले गलत दृष्टिकोणले हेरे उनी मधेसीहरु तर्क गर्छन् । मधेस आन्दोलनको कारण विगतमा सरकारसँग भएका सहमतिहरु कार्यान्वयनका लागि दबाव दिन आज ५० जना भन्दा बढी मधेसीले ज्यान गुमाउँदा समेत नसुेको उनीहरु बताउँछन् । तर काठमाडौंवासी भने मधेसी दलहरुले भारतको बलमा आन्दोलन गरिरहेको भन्दै मधेसप्रति आक्रोश पोखिरहेका छन् । मधेसी दलहरुको कारण देखाएर भारतले नेपालीलाई दुःख दिइरहेको बताइरहेका छन् । असोज ३ गते नयाँ संविधान जारी भएदेखि प्रत्यक्ष रुपमा असन्तुष्टी जनाएको भारतले असोज ७ गतेदेखि सीमामा अत्यावश्यक पारवहन रोकिदिए । दुई महिनादेखिको सीमामा भएको अवरोधले नेपालमा ठूलै संकट उत्पन्न भएको छ । नाकाबन्दीको संयुक्त राष्ट्रसंघदेखि अन्तर्राष्ट्रिय समुदायहरुले विरोध जनाइसकेका छन् । तर मधेस आन्दोलनका कारण देखाएर भारतले आपूर्ति अनियमित गरिदिएको छ । [caption id=\"attachment_47712\" align=\"alignleft\" width=\"378\"]\"काठमाडाैंमा काठमाडाैंमा विद्यार्थीहरूकाे प्रदर्शन[/caption] लामो समयदेखिको आन्दोलनले उत्पन्न संकटकाविरुद्ध काठमाडौं आन्दोलित छ भने मधेसको माग पूरा गर्नुपर्ने भन्दै मधेसमा आन्दोलन जारी छ । सरकारलाई दबाब दिन भन्दै राजमार्गदेखि सीमा नाका धर्नादेखि मानव साङ्लो समेत बनाए सधेसी आन्दोलनकारीहरुले । नाकाबन्दी र मधेस आन्दोलनको विरोधमा काठमाडौंमा शुक्रबार विद्यार्थीहरुले अर्को मानव साङलो बनाए । पढ्न पाउनुपर्ने माग गर्दै काठमाडौंमा विद्यार्थीहरुले प्रदर्शन गरेको भोलिपल्ट शनिवार वीरगञ्जमा तिनै विद्यार्थीहरुलाई मधेसी दलहरुले सडकमा उतारेका छन् । काठमाडौंमा विद्यार्थीहरुले जसरी प्रदर्शन गरे त्यसैको झल्को दिने गरी ‘मधेसको माग पूरा गर’ भन्दै विद्यार्थीहरु शनिवार सडकमा उत्रिएका छन् । हिमाल–पहाड–तराई सबै नेपाल हो । हिमाल–पहाड–तराईका सबै नेपाली हुन् । राज्यको पुनर्संरचनाको क्रममा सीमांकनमा भएको असन्तुष्टीले अहिले काठमाडौं र मधेसको कित्ताबन्दी शुरु भएका छन् । अहिलेसम्म मिलेर बसेमा नेपाली समुदायमा पछिल्लो बढ्दो ध्र्रुविकरणले समस्या निम्त्याउँदै गएको छ । त्यसैले न त कोही काठमाडौविरोधी हुन सक्छ, न त कोही मधेसविरोधी नै । त्यसैले हामी सबै एकताबद्ध भई विदेशी हस्तक्षेपकाविरुद्ध लड्ने कि ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending