Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

राती सुत्न अघि के गर्ने, के नगर्ने ?

\"A-Girl-sliping\"काठमाडौं । हामी प्राय खाना खाने वित्तिकै सुत्न जान्छौं । तर सुत्नु अघि केही कार्यहरु हामीले जीवन व्यवहारमा लागु ग¥यौं भने हाम्रो स्वास्थ्य राम्रो हुन्छ । आउनुहोस् यस बारे केही जानकारी लिऔं । छिटो सुत्न नजाने : धेरै छिटो सुत्न गयो भने गहिरो निद्रा नपर्न सक्छ । सुत्न जाने उपयुक्त समय भनेको राती १० वजे देखि १०।३० सम्म हो । निदाउनको लागि मदिरा नपिउने : रक्सी पिउने गर्दा पनि गहिरो निद्रा नपर्ने र वेला वेलामा निद्रा खुल्ने हुन्छ । सुत्न जानु भन्दा पहिले चुरोट: सुर्ती सेवन ग¥यो भने मस्तिस्कमा एक प्रकारको उत्तेजना वढाउँछ र निद्रा आउन वाधा पार्छ । सुत्न जानु भन्दा १र२ घण्टा अगाडि यस्ता पदार्थ प्रयोग नगर्दा निद्रा आउन सक्छ । भोकै सुत्न जानु राम्रो हुदैन । पेट भोको भयो भने निद्रा लाग्दैन, सुत्नु भन्दा अगाडि धेरै पानी पियो भने पनि पिसाव लागेर उठ्नु पर्ने हुन्छ । नियमित शारीरिक व्यायाम स्वास्थ्यको लागि राम्रो हुन्छ र निद्रा पर्न पनि सहयोगी हुन्छ तर एकदमै वढी शारीरिक व्यायाम भने गर्नु हँुदैन । लेख्ने, पढ्ने वा कम्प्युटरमा काम गरी राख्नु भएको छ भने सुत्नु भन्दा पहिले करिव आधा घण्टा जति काम गर्न छोड्नुहोस र रिल्याक्स गर्नुस् । सकभर निद्राको लागि औषधी प्रयोग नगर्नु राम्रो हुन्छ । औषधी प्रयोग नगरी नहुने भए एक हप्ता वा त्यो भन्दा वढीको लागि प्रयोग गर्नु हुदैन । सुत्नु भन्दा पहिले मनतातो दुध पिउदा निद्रा लाग्न मद्वत गर्छ । सकिन्छ भने सुत्नु भन्दा एक डेढ घण्टा पहिले मन तातो पानीले नुहाउदा पनि शरीर रिल्याक्स हुन्छ र निद्रा आउन सहयोग गर्छ । वेलुका निद्रा लागे पछि सुत्ने र विहान निद्रा खुलेपछि उठ्ने नियमित गर्नेहरुमा निदाउने र निद्रा खुल्ने साइकल वनेको हुन्छ । सधैं करिबकरिब एउटै समयमा सुत्ने र एउटै समयमा उठ्ने गर्दा निद्रामा प्राय समस्या आउँदैन । तर सधेै सुत्ने र उठ्ने समय फरक गरिरहँदा निद्रा लाग्ने र विहान जाग्ने साइकल विग्रिन्छ । एउटै समयमा सुत्ने भन्नाले एकदम घडी मिलाउनु भने पर्दैन, भनौ १० वजे सुत्ने प्लान छ भने आधा घण्टा अघि वा आधा घण्टा पछि हुँदा फरक पर्दैन तर कहिले १० वजे कहिले १२ वजे वा कहिले १ वजे सुत्न लाग्यो भने सुत्ने नियमितता विग्रिन्छ । धेरै मानसिक तनाव भएर वा विभिन्न रोग लागेर निद्रा नलागेको हो भने तनाव घटाउने र रोगको उपचार गर्नेतर्फ लाग्नु पर्छ । –डा. कपिलदेव उपाध्याय
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: