Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

भारतीय सीमा सुरक्षा बलको नेपाल प्रवेश सुनियोजित

\"SSB\"काठमाडौं । नेपालको सीमावर्ती क्षेत्रमा बसेका नेपालीहरुमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गर्ने ज्यादती अहिलेको मात्र होइन । धेरै समयदेखि नै एसएसबीले सीमावर्ती क्षेत्रका नेपालीहरुलाई कुट्ने पिट्ने र यातना दिने काम गरिरहेका थिए । तर उनीहरुको ज्यादतीलाई सीमावर्ती नेपालीले सहनुको विकल्प थिएन । अहिले नेपालको नयाँ संविधानप्रति नै असहमति जनाउँदै नाकाबन्दी गरी भारतले नेपाललाई थप संकट निम्त्याइरहेको छ । भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वको सरकारले नेपाललाई नाकाबन्दी लगाएर गलत गरेको भारतका अन्य दलहरुले पनि भन्दै आएका छन् । तर भारतका अन्य राजनीतिक दलहरुले पनि राजनीतिक फाइदाको लागि मात्रै यस्ता विषयवस्तुको उठान गर्ने गरेका छन् । भारतका केही गठबन्धनले नेपालमाथिको नाकाबन्दीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विहारको चुनावी रणनीतिको रुपमा ब्याख्या गरेका थिए । विहार चुनाव सकिएपछि पनि मोदीले नाकाबन्दी खुलाउने छाँट देखाउनन्, बरु मधेस समस्या समाधान गर्न नेपाललाई उपदेश दिँदै आए । अधिकांश मधेससँग सीमा जोडिएको भारतको विहारमा हालै चुनाव जितेको ठूलो पार्टी आरजेडीले पनि नेपालको मधेस मामिलामा चुप लागेर नबस्ने हुँकार दिन थालेको छ । यता, भारतीय सीमा सुरक्षा बलले केही दिनदेखि नेपाली भूमि चिन्नै छाडेको छ । एसएसबीको ज्यादतीको हद नेपाली गाउँमा आएर नेपालीहरुमाथि गोली हान्नेसम्म पुगेको छ । केही दिनअघि मात्रै सुनसरीको हरिपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालीहरुमाथि गोली वर्षाए । उनीहरुको गोली प्रहारबाट आफ्नै आँगनमा भूर ताप्दै गरेका चार जना घाइते भए । यो भन्दा केही समयअघि मात्रै हतियारसहित आएका भारतीय प्रहरीलाई गड्डा चौकीमा समातियो । आफ्नो सीमा सुरक्षार्थ खटिएका प्रहरीहरु हतियार बोकेरै अर्काको देशमा आउँदा समेत सहनुपर्ने बाध्यता नेपालीलाई भएको छ । आइतबार मात्रै नेपाल आएका १३ जना एसएसबी जवानलाई सशस्त्र प्रहरी बल केचनाको समात्यो । सशस्त्र प्रहरीले पक्रउ गरेपछि उनीहरु भुलवस आएको भन्दै माफी मागे । ‘नेपाली भूमि समेत थाहा नपाउने एसएसबीहरु सीमामा राखिएका छैनन् ।’, परराष्ट्र मामिलाका जानकार भन्छन्, ‘यो उनीहरुको चालबाजी मात्रै हो ।’ यो पटक मात्र होइन एसएसबीका जवानहरु पटक पटक नेपाल छिरेर नेपालीहरुलाई दुःख दिने गरेका छन् । मधेसी समुदायलाई साथ दिएको बाहनामा भारतले नेपाल माथि नै ताण्डव मच्चाउन चाहिरहेको सन्दर्भमा सरकारले बेलैमा कडा कदम चाल्नुपर्ने सीमाका नेपालीहरु बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies