पानीमुनि आलु खेती गर्न सकिन्छभन्दा सायद कसैलाई विश्वास नलाग्न सक्छ । तर गोदावरी नगरपालिका टौखेलस्थित नेपाल बीउबिजन उत्पादन केन्द्रको फार्म हाउसमा पुगेर अवलोकन गर्ने हो भने त्यहाँ माटोमुनि होइन पानीमुनि आलु फलाएको दृश्य सहजै देख्न सकिन्छ ।
नेपाल कृषि अनुसन्धान परिषद्मा तीसवर्षे नोकरी गरेर घरमै बसेका रामभरोष नेपालले सुरु गर्नुभएको यस प्रविधिप्रति सबै छक्क छन् । उक्त फार्म हाउस अवलोकन गर्न दिनदिनै यसप्रति चासो राख्ने व्यक्तिको लर्को नै लाग्ने गरेको स्थानीय बताउँछन् ।
परिषद्मा वरिष्ठ प्राविधिक अधिकृतका रुपमा आलु महाशाखामा ३० वर्ष काम गरेको अनुभवको आधारमा यस पेसामा लागेको नेपालले बताउनुभयो । फार्म हाउस सञ्चालनका लागि प्रतिवर्ष रु एक लाख ५० हजार भाडा तिर्ने गरी १० रोपनी जग्गा भाडामा लिएको उनले बताए । “मागबमोजिम उत्पादन गर्न सकेको छैन” नेपालले भने । उक्त आलुको बीउ उत्पादनका लागि १२ आना मात्र जग्गा प्रयोग गरिएको छ ।
वर्षको दुई पटक मात्र बीउ उत्पादन गर्न सकिने आलुको पाँचवटा जात रहेको जनाइएको छ । विशेष गरी यसरी उत्पादन हुने आलुमा खुमल उज्वल, जनकदेव, कार्डिनल, कुप्रेज्योति र डिजिरे कार्डिनल रहेको उनले बताए । यसरी उत्पादनका भएका आलुको बीउ कृषि विकास कार्यालय तथा कृषक समूहले खरिद गर्ने गरेको बताइएको छ । वार्षिक रुपमा एक लाख आलुको दाना उत्पादन हुने गरेकामा खरिदकर्ताको माग भने त्यसको छ गुणा बढी रहेको नेपालको दाबी रहेको छ ।
उत्पादन भएका बीउ प्रतिकिलोमा नभई प्रतिदानामा बिक्री हुने गरेको छ । सानो दाना आलुको मूल्य रु १० र ठूलो दानाको मूल्य रु १५ का दरले बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । सानो दाना करिब १० ग्राम र ठूलो २५ ग्रामसम्म बीउ रहने गरेको छ । उक्त व्यवसाय सुरु गर्न रु ८७ लाख लगानी भएको उहाँको भनाइ छ । कृषि व्यावसायिक परियोजना सरकारको तर्फबाट रु ३५ लाख अनुदान तथा आव २०७०,७१ मा जिल्ला कृषि विकास कार्यालयले रु दुई लाख अनुदान उपलब्ध गराएको कार्यालयका अधिकृत हरिप्रसाद पण्डितले जानकारी दिए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: