Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

बुद्धिजीवीले भने ‘नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण गर्न डराउनु पर्दैन’

\"Mechinagar\" काठमाडौँ । बुद्धिजीवीले भारतले सिमानामा गरेको अवरोधलाई जुनसुकै नामले सम्बोधन गरेपनि त्यो नाकाबन्दी नै हो भन्दै त्यसलाई अन्तर्राष्ट्रियकरण गर्न डराउनु नपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय कानुनअनुसार भारतले अत्यावश्यक वस्तुको आपूर्तिमा गरेको अवरोध नाकाबन्दी भएकाले यसलाई सरकारको उच्च तहबाट अन्तर्राष्ट्रियकरण गरी कानुनी लडाई लड्नुपर्नेमा उनीहरुको जोड थियो ।

नेपाल विश्व सम्बन्ध परिषद्ले डा सूर्यप्रसाद सुवेदीको ‘अन्तर्राष्ट्रिय लगानी कानुन’ नामक पुस्तकको विमोचन गर्न आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताले नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण गर्न थुप्रै कानुनी आधार रहेको बताएका छन् ।

कार्यक्रममा पूर्वप्रशासक सूर्यनाथ उपाध्यायले नेपाल र भारत दुवै सार्वभौम मुुलुक हुनुका साथै दुवै विश्व व्यापार सङ्गठनका सदस्य पनि भएकाले दुविधामा नपरी सरकारले बुद्धिमतापूर्वक नाकाबन्दीलाई लिखित रुपमा अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताए ।

पुस्तकका लेखक एवम् अन्तर्राष्ट्रिय कानुनका ज्ञाता डा सुवेदीले २०४५ सालमा भारतले गरेको नाकाबन्दीको तुलनामा अहिलेको नाकाबन्दीमा नेपालले आत्मसात् गरेका अन्तर्राष्ट्रिय कानुनका कारण अन्तर्राष्ट्रिय रुपमा आवाज उठाउन अवस्था सहज रहेको अवगत गराए ।

कार्यक्रममा परिषद्का अध्यक्ष डा राजेन्द्रबहादुर श्रेष्ठले एउटा सार्वभौम मुलुक नेपालमाथि भारतले अहिले गरेको व्यवहार अन्तर्राष्ट्रिय कानुन र मूल्यमान्यताअनुसार नाकाबन्दी नै भएको दाबी गर्दै समाधानका लागि कूटनीतिक पहलको आवश्यकता रहेकामा जोड दिए।

कार्यक्रममा परिषद्का महासचिव प्रा डा श्रीधर गौतम, परिषद्का सदस्य प्रा डा उमाकान्त सिलवाल, व्यापारसम्बन्धी कानुनका ज्ञाता रुद्र शर्मा फुँयाललगायतले डा सुवेदीद्वारा लिखित पुस्तकले विकासोन्मुख मुलुकलाई अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा देखिएका समस्या समाधान गर्न मार्गदर्शन गर्ने बताउँदै सरकारलाई सरोकारवाला सबैसँग छलफल गरी अहिलेको समस्या समाधान गर्न सुझाव दिए । रासस

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending