Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

एनआरएनबाट अस्पताललाई निःशुल्क औषधि प्रदान

\"NRNA\"काठमाडौ । गैरआवासीय नेपाली सङ्घले नाकाबन्दीका कारण औषधि अभाव भोगिरहेका जनकपुर, वीरगन्ज र बुटवलका क्षेत्रीय अस्पताललाई निःशुल्क जीवनरक्षक औषधि हस्तान्तरण गरेको छ । यसअघि स्वास्थ्य मन्त्रालयलाई पहिलो चरणमा करिब रु ३८ लाखको औषधि दिएको सङ्घले पहिलोपटक तीन महिनादेखिको आन्दोलनबाट प्रभावित तराई क्षेत्रका अस्पतालमा आफैँ पुगेर औषधि हस्तान्तरण गरेको हो । सङ्घका अध्यक्ष शेष घलेसहितको टोलीले तीनवटै अस्पताललाई करिब दुई–दुई हजार किलो औषधि हस्तान्तरण गरेको हो । अध्यक्ष घलेले जनकपुर विमानस्थलमा हिजो आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष डा नगेन्द्रप्रसाद यादव र नि मेडिकल सुपरिटेन्डेन्ट डा राजकिशोर पण्डितलाई औषधि हस्तान्तरण गरे । औषधि ग्रहण गर्न अस्पतालका चिकित्सक र स्थानीय राजनीतिक दलका प्रतिनिधिसमेत विमानस्थल आइपुगेका थिए । यसैगरी सङ्घले हिजै नारायणी क्षेत्रीय अस्पताललाई पनि जीवनरक्षक औषधिहरु हस्तान्तरण गरेको छ । अध्यक्ष घलेले अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट उदयशंकर चौधरीलाई औषधि हस्तान्तरण गरे । यसैगरी बुटवलस्थित क्षेत्रीय अस्पताललाई पनि हिजै सङ्घले औषधि हस्तान्तरण गरेको छ । भैरहवामा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष घलेले अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा राजेन्द्र खनाललाई औषधि हस्तान्तरण गरे । कार्यक्रममा सङ्घका तर्फबाट अध्यक्ष घले, संरक्षक एवम् संयुक्त राष्ट्रसङ्घका पूर्वउपमहासचिव कुलचन्द्र गौतम, संरक्षक इन्द्रा वन र प्रवक्ता रन्जु थापा उपस्थित थिए । औषधि ढुवानीका लागि नेपाली सेनाले सहयोगस्वरुप स्काई ट्रक उपलब्ध गराएको थियो । नेपालमा आएको मानवीय विपत्मा सहयोग गर्न अग्रसर भएको गैरआवासीय नेपाली सङ्घले औषधिको अभावका कारण ज्यान जाने अवस्था आउन नदिन औषधि सहयोग जारी राख्ने बताएको छ । ‘जहाँजहाँ धेरै अभाव छ, त्यहाँ हामीले नै छिटो औषधि उपलब्ध गराउने उद्देश्यले अस्पताललाई नै औषधि हस्तान्तरण गरिएको हो’, अध्यक्ष घलेले भने, ‘उहाँहरुले दिएको सूचीअनुसार नै हामीले ६ हप्ताका लागि पुग्ने गरी औषधि दिएका छौँ ।’ सरकारलाई दिएको औषधि सम्बन्धित अस्पताललाई पुग्न ढिलाइ नहोस् भनेर सरकारलाई जानकारी दिएरै छिटो औषधि पु¥याउन खोजिएको उनले बताए। भूकम्पको बेलामा जस्तै पीडितसम्म सिधै पुग्ने योजनाअनुसार तराई क्षेत्रमा रहेका क्षेत्रीय अस्पताललाई औषधि पु¥याइएको जानकारी उनले दिए। नाकाबन्दीका कारण उत्पन्न मानवीय सङ्कट समाधानका लागि गैरआवासीय नेपाली सङ्घले सहयोग गर्ने घोषणा गरेअनुरुप अहिले विभिन्न देशमा अर्थ सङ्कलनको कार्यक्रम भइरहेको छ भने सङ्कटलाई अन्तर्राष्ट्रीयकरण गरी दबाब सिर्जना गर्न विभिन्न देशमा गैरआवासीय नेपालीले प्रदर्शन गरिरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy