काठमाडौँ । बेलायतस्थित लिड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक एवम् नेपालका लागि विश्व नीति मञ्च ग्लोबल पलिसी फरम नेपालका अध्यक्ष प्रा सूर्यप्रसाद सुवेदीले नेपालप्रतिको भारतको पछिल्लो व्यवहार अन्तर्राष्ट्रिय कानुनको वर्खिलाप भएको बताउँदै नेपालले भारतविरुद्ध अन्तर्राष्ट्रिय न्यायिक निकायको ढोका घच्घच्याउनुपर्ने सुझाव दिएका छन् ।
‘प्रगतिशील एवम् समृद्ध नेपालका लागि विश्वभरका नेपाली विद्वत्वर्गलाई एकताबद्ध गरौँ’ नाराका साथ बुधबार काठमाडोंमा भएको एकदिने ‘काठमाडौँ सम्मेलन’ मा उनले भारतको व्यवहारबाट भूपरिवेष्टित मुलुक नेपालको व्यापार तथा पारवहन अधिकार कुण्ठित भएकाले भूपरिवेष्टित राष्ट्रहरूको पारवहन स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय कानुनअनुसार नेपालले कानुनी उपचारको बाटो खोज्नुपर्नेमा जोड दिए।
“संयुक्त राष्ट्रसङ्घको तत्वावधानमा सन् १९८२ मा भएको समुद्री कानुनसम्बन्धी बृहत् अभिसन्धिले विशेष व्यवस्था गरेको छ, उक्त अभिसन्धिको धारा १२५देखि १३२ सम्म भूपरिवेष्टित राष्ट्रहरूका अधिकारको व्यवस्था छ, तदनुरुप गर्न नेपालका लागि श्रेयस्कर हुनेछ, ” संयुक्त राष्ट्रसङ्घीय सन्धि र सन् १९८२ मा भएको समुद्री कानुनसम्बन्धी अभिसन्धिअनुसार समुद्रसम्मको निर्वाध आवागमन तथा पारवहन अधिकारको प्रत्याभूतिका निम्ति नेपाललाई सुझाउँदै उनले सुझाए।
अभिसन्धिका साथै विश्व व्यापार सङ्गठनअन्तर्गतका सन्धिहरूको नेपाल र भारत दुवै पक्षधर देश भएकाले आफ्नो अधिकारका लागि नेपाल कानुनी उपचारको बाटो खोज्न सक्ने धारणा प्रा सुवेदीले व्यक्त गरे ।
नेपाल सरकारले नाकाबन्दी हो, होइन भन्ने आधारसहित ठोस अवधारणापत्र पोजिसन पेपर बनाएर अन्तर्राष्ट्रिय समुदायलाई यथार्थ अवगत गराउनुपर्नेमा जोड दिँदै कानुनी अधिकारका लागि अन्तर्राष्ट्रिय न्यायिक निकायमा जान बाध्य भएको जानकारी पनि गराउनुपर्ने बताए ।
भारतले सन् १९५० शान्ति तथा मैत्री सन्धिको धारा ७ को समेत उल्लङ्घन गरेको बताउँदै उनले भन्नुभयो, “एक्काइसौँ शताव्दीमा कुनै एउटा सभ्य राष्ट्रले अर्को सभ्य राष्ट्रलाई गर्न नहुने व्यवहार भारतबाट नेपालप्रति भएको छ, यो नैतिक, कूटनीतिक र कानुनी आधारमा अस्वीकार्य व्यवहार हो ।”
साथै उनले अन्तर्राष्ट्रिय कानुनी धरातलमा उभिएर कूटनीतिक संवादको माध्यमबाट समस्याको समाधान गर्नु नै दुवै देशका सरकार र जनताको तत्कालीन एवम् दीर्घकालीन हितमा हुने बताए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: