Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

प्रधानमन्त्रीले भने ‘नाकाबन्दी विना सर्त अन्त्य हुनुपर्छ’

\"kpoli\"ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले गरेको नाकाबन्दी निःसर्त अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।नेपालले संयुक्त राष्ट्र सङ्घको सदस्यता हासिल गरेको ६०औँ वार्षिकोत्सवका अवसरमा बिहिबार राष्ट्रसङ्घीय कार्यालयमा आयोजित कार्यक्रममा उनले नेपालको स्वतन्त्र पारवहन अधिकार कुण्ठित भएको उल्लेख गर्दै नेपालको कठिन परिस्थितिको शीघ्र अन्त्य हुनुपर्नेमा जोड दिए ।

उनले नेपालमा अत्यावश्यक सामग्रीको आपूर्तिमा उत्पन्न अवरोधका कारण मानवीय सहायताका कार्य सञ्चालनमा परेको असर र सबै खालका अवरोध हटाउन राष्ट्र सङ्घका महासचिवले चासो देखाएकोमा कृतज्ञता व्यक्त गरे ।

राष्ट्र सङ्घको सहयोगमा शान्ति प्रक्रिया टुङ्गोमा पुगी नयाँ समावेशी संविधान जारी भएको र प्रजातन्त्रका उपलब्धिलाई संस्थागत गर्दै सामाजिक–आर्थिक रुपान्तरणमा महासचिवबाट प्राप्त साथ र सहयोग अविष्मरणीय रहेको बताउँदै उनले राष्ट्र राष्ट्रबीचको सहकार्य र अन्तर्राष्ट्रिय सम्बन्धलाई निर्देश गर्ने एक मात्र विश्व संस्था राष्ट« सङ्घप्रति नेपालको अटुट आस्था रहेको र ऊसँग सधैँ सहकार्य गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

भूपरिवेष्टित एवम् अतिकम विकसित सानो मुलुक नेपालसहित अन्य देशले सामना गरिरहनु परेका चुनौतीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायबाट बृहत् ऐक्यबद्धता एवम् सहयोग प्राप्त हुने अपेक्षा गरेको बताउँदै प्रधानमन्त्रीले तटस्थता र निष्पक्षताका सिद्धान्तलाई आत्मसात् गर्दै राष्ट्र सङ्घले अङ्गीकार गरेको नीतिको परिपालना गर्नुपर्छ भन्नेमा नेपाल दृढ रहेकामा जोड दिए ।

सन् २०१५ अन्तर्राष्ट्रिय समुदायका लागि दिगो विकाससम्बन्धी अदिस अबाबा कार्यसूची अनुमोदन तथा आगामी १५ वर्षका निम्ति दिगो विकास र जलवायु परिवर्तनसम्बन्धी जारी सम्मेलनका कारण उल्लेख्य वर्षका रुपमा रहेको बताउँदै प्रधानमन्त्री ओलीले राष्ट्र सङ्घको प्रतिष्ठा र विश्वसनीयता विश्वभर मुखरित भएको बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending