Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

म बाबुरामको पछि लागेको होइन, मेरो पछि बाबुराम लागेका हुन – शाह

\"perisdada\"काठमाडौं । एकिकृत नेकपा माओवादीको केन्द्रिय सदस्य राम कुमार शाहले आफु बाबुरामको पछि लागेको नभइ बाबुराम भट्टराइ चाहि आफ्नो पछि लागेको बताएका छन् ।   मंगलबार देखी पार्टी मुख्यालयमा जारी केन्द्रिय समितिको बैठकमा बाबुराम भट्टराइको अभियानमा लागेको बारे सोधिएको स्पष्टिकरणको जवाफ दिने  क्रममा उनले उक्त कुरा बताएका हुन ।   उनले मधेस आन्दोलन र मधेसी जनताको अवाजलाई एमाओवादीले बेवास्ता गर्न नहुने समेत बताए । उनले भने–‘ मधेस आन्दोलन प्रति एमाओवादीको दृष्टिकोण गलत भयो त्यसकारण म मधेस अन्दोलनको पक्षमा लागेको हँ, म बाबुरामको पछि लागेको होइन मधेस अन्दोलनको पक्षमा लागेको हँु बाबुराम त पछि मिसिन आएका हुन ।’ उनले एमाले , कांग्रेसको गठबन्धनसँग मिलेर आफुले गरेका बाचाहरुलाई तोड्दै प्रचण्डले मधेस र मधेसी जनतालाई धोका नहुने समेत बताएका थिए ।   त्यसैगरि अर्का केन्दिय सदस्य घनश्याम यादवले बाबुराम गलत दिशामा लागेकाले आफु उनको पछि लाग्न नसक्ने बताए । शुरुमा उनको विचार समुहमा लागेता पनी अहिले बाबुरामले माक्सवाद लाई छाडेर पुजिँवादीहरुको पार्टी बनाउने कुरामा आफुलाई चित्त नबुझेको भन्दै उनको पछि लाग्न नसक्ने बताएका हुन् ।   २ जनाको स्पष्टिकरण प्रश्चात मंगलबार एमाओवादी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको दस्तावेजमाथि नेताहरुले टिप्पणी राखेका थिए । दस्तावेज माथि आफ्नो धारणा राख्दै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दस्तावेज उत्कृष्ट भएको भन्दै दस्तावेज प्रति आफु पुर्ण रुपमा सहमत भएको बताएका थिए ।   उनले अव सिद्धान्त मात्रै होइन सिद्धान्तलाई व्यावहारमा उतार्न खाँचो रहेको भन्दै पार्टीलाई नयाँ ढंगवाट अगाडी वढाउन शुद्धिकरण गरेर जानु पर्ने बताए । उनले पार्टी संगठनलाई पुर्नजिवन दिन बैचारिक राजनैतिक अभियान चलाएर नयाँ ढंगले संगठन निर्माण अभियान चलाउनु पर्ने बताएका एक सहभागीले बताए । पार्टी भित्र विखण्डन र विचलन आउनुको कारण गैर सर्वहारा प्रवृति हाबी भएको भन्दै अव निर्ममता पुर्वक शुद्धिकरण अभियान चलाउनु पर्ने बताउँदै उनले भने – ‘विगतमा दुधको पोखरी बनाउने भन्दै सवैले पानी हाले र दुध को नभइ पानीको पोखरी बन्यो अव दुधको पोखरी  भनेर पानीको होइन दुधकै पोखरी बनाउनु पर्छ र त्यसको नेतृत्व अध्यक्षले लिनु पर्छ अन्यथा त्यो अभियान पुरा हुन सक्दैन ।’ त्यसैगरि बैठकमा एमाओवादी महासचिव कृष्ण बहादुर महराले पार्टीलाई रुपान्तरण गरेर नयाँ ढंगको पार्टी निर्माण गरि अघि बढ्नु पर्ने कुरामा जोड दिएका थिए । भारतले नाकाबन्दी गरेर देशमा ठुलो संकट सृजना भइरहेको यस्तो अप्ठ्यारो स्थितिमा देशलाई निकाश दिन पार्टीको तर्फबाट राजनीतिक र कुटनितिक पहल गर्नुपर्ने धारणा राखेका थिए ।   त्यस्तै अर्का नेता तथा एमाओवादी सचिव टोप बहादुर रायमाझीले बाबुराम भट्टराईले माक्र्सवाद ,लेनिनवाद र माओवाद समेत छोडेकोले उनमा वैचारिक विचलन देखापरेको बताए । उनले ३२ वर्षको भट्टराईको राजनैतिक जिवनमा १६ पटक पार्टी छाडेको उल्लेख गरे ।   मंगलवार देखी जारी केन्द्रिय समितीको बैठकमा केन्द्रिय नेताहरुले धारणा राख्ने क्रम जारी छ । बैठक शुक्रबार ११ बजे सम्मका लागि स्थगित गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending