कस्तो ओठ भएको मानिस कस्ता हुन्छन् ? ओठको आकारबाट थाहा हुन्छ गोप्य कुरा
मंसिर १९ गते, २०७२ शनिवार 5th December, 2015 Sat१४:२६:१५ मा प्रकाशित
एजेन्सी । महिला र पुरुष दुबैको ओठको आकार हेरेर गोप्य कुरा थाहा पाउन सकिने तरिकाहरु एक अध्ययनले बताएको छ ।
गुलाबी ओठः जो व्यक्तिको ओठको रङ गुलाबी हुन्छ, उनीहरु कुशल व्यवहार, उदार र बुद्धिमान स्वभावका हुने गर्दछन् । यस्ता ओठ भएका मानिसहरु आफ्नो व्यवहारले सबैको मनलाई पगाल्न सक्दछन् । उनीहरुको साथी पनि धेरै हुने गर्दछन् ।
मोटो ओठः जो व्यक्तिको ओठ सामान्यभन्दा अलि मोटो छ भने उनीहरु रिसाउने प्रकृतिका हुन्छन् । यस्ता मानिसहरु सानो(सानो कुरामा पनि रिसाउने गर्दछन् । कहिलेकाहीँ यिनिहरुको रिसले उनीहरुलाई तनावमा पनि पार्ने गर्दछ । यिनिहरु भावनात्मक र जिद्दि स्वभावका हुन्छन् ।
बाहिर निस्किएको ओठः जो मानिसहरुको ओठ सामान्य स्थितिभन्दा अलि बाहिर निस्केको देखिन्छ भने उनीहरु डरपोक स्वभावका हुन्छन् । यस्ता मानिसहरु कुनै पनि कठिन परिस्थितिको सजिलैसँग समाधान निकाल्न सक्दैनन् ।
भित्र पसेको ओठः जसको ओठ सामान्य स्थितिभन्दा अलि भित्र पसेको छ भने उनीहरु रहस्यमय स्वभाव भएका व्यक्तिहरुमा गनिन्छन् । यस्ता व्यक्तिहरुको मनको कुरा बुझ्न निकै कठिन हुने गर्दछ । ओठ भित्र पसेका व्यक्तिहरु राम्रा योजनाकार हुने गर्दछन् र आफ्नो योजनालाई गुप्त राख्ने पनि गर्दछन् ।
रसिलो ओठः रातो रंगको, नरम र कलात्मक किसिमको ओठलाई रसिलो ओठ भनिन्छ । यस्ता ओठ भएका मानिसहरु राम्रा, कलालाई माया गर्ने र राम्रा स्वभावका हुन्छन् । रसिलो ओठ भएका मानिसहरु समाज र घरपरिवारमा मानसम्मान प्राप्त गर्ने खालका हुन्छन् । यस्ता मानिसहरु आफ्नो कार्यक्षेत्रमा उच्च स्थानमा जान सक्ने र जीवनमा थुप्रै उपलब्धिहरु हासिल गर्दछन् ।
ठूलो ओठः जो व्यक्तिको ओठ ठूलो हुन्छ उनीहरु मिठो खाना खानमा सौखिन हुने गर्दछन् । उनीहरुलाई विभिन्न प्रकारका खानेकुराहरु बनाएर खान मनपर्छ । सामान्यतया यस्ता व्यक्तिहरु छिट्टै आवेशमा आउने गर्दछन् र उनीहरुको रिस पनि चाँडै नै शान्त हुुने गर्दछ ।
संकुचित ओठः सानो र पातलो ओठलाई संकुचित ओठ भनिन्छ । यदि कसैको यस्तो ओठ छ र ओठ बेरंगी छ भने यस्ता व्यक्तिहरु देखावटी गर्न माहिर हुन्छन् । बेरंगी, सानो र पातलो ओठ भएका मानिसहरु अरु मानिसहरुमा आफ्नो प्रभाव जमाउन क्रियाशिल हुने गर्दछन् ।
ओठमा कोठी छ भनेः यदि कुनै व्यक्तिको ओठमा कोठी छ भने यस्ता व्यक्तिहरु निकै कामुक स्वभावका हुने गर्दछन् । विपरित लिंगप्रति यिनिहरुको मनमा थुप्रै प्रकारको कामुक विचार आउने गर्दछन् । यस्ता मानिसहरु अरु मानिसहरुलाई चाँडै नै प्रभावित गर्न सक्षम हुने गर्दछन् । यदि ओठको ठिक मुनि कोठी छ भने यस्ता मानिसहरु कठिन परिश्रम गर्ने गर्दछन् र सजिलै सँग धन कमाउन सक्दैनन् । यस्ता मानिसहरुले कठिन परिश्रमपछि मात्र धन कमाउने गर्दछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: