Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

कालोबजारीको नयाँ स्वरुप : लाइन बस्नेले नै गर्छन् कालोबजारी

\"Journalist-Petrol-Line\"काठमाडाैं । पेट्रोलियम पदार्थको अभावको मौका उठाई पेट्रोल पम्पको लाइनमा बसेका सवारी चालकले नै पेट्रोलियम पदार्थको कालोबजारी गर्ने गरेको तथ्य फेला परेको छ । वितरण प्रणालीलाई व्यवस्थापन गर्न सरकारले लाइनमा राखेर पेट्रोलियम पदार्थ वितरण गर्दै आएको भए पनि कतिपयले पटकपटक लाइनमा बसेर तेल हाल्ने र त्यसैलाई बेचेर पैसा कमाउने गरेको अनुगमनका क्रममा फेला परेको हो । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले गरेको अनुगमनका क्रममा कतिपय गाडीले एउटा पम्पमा डिजेल भर्ने, फेरि अर्को पम्पमा जाने, फेरि फर्केर आउने गरेको देखिएको छ । त्यस्ता गाडी बाहिर नजाने पेट्रोल पम्ममै दिन बिताएर तेल जम्मा गर्ने र त्यही तेलको कालोबजारी गर्ने गरेको धेरै स्थानमा देखिएको विभागका निर्देशक हरिनारायण बेल्वासेले बताए । “जति मात्रामा गाडीलाई तेल वितरण गरिएको छ, त्यति मात्रामा बजारमा गाडी देखिदँैनन् । माइक्रो, यहाँका लोकल बस र केही लामो दुरिका बसले पनि तेलमा दुई नम्बरी गरेको अवस्था पटकपटक देखियो” उनले व्यवस्थापिका–संसदको उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समितिको बैठकमा भने । इन्धन वितरणमा यस्ता समस्या देखिएपछि विभागले इन्धन वितरण अवधिभर टोली बनाई सबै पम्पमा अनुगमन गरी त्यस्ता कार्यलाई नियन्त्रण गर्ने प्रयास गरेको बेल्वासेको भनाइ छ । विभागले समस्याका बारेमा यातायात क्षेत्रका व्यक्तिलाई अवगत गराएको र गाडीको सङ्ख्या धेरै भएकाले सबैको रेकर्ड राख्न अफ्ठ्यारो भएको जनाएको छ । निर्देशक बेल्वासेले आफूले यातायात व्यवसायीसँग डिजेल दिएको अनुपातमा गाडी नचलाए किन तेल दिने भनी प्रश्न गर्दा कतिपय यातायात व्यवसायका पदाधिकारीसँग हात हालाहालको स्थिति भएको समेत गुनासो गरे । अनुगमनका क्रममा भोग्नुपरेका चुनौती र अफ्ठ्याराका बारेमा गुनासो गर्दै निर्देशक बेल्वासेले भने, “पम्पमा एक जनाले ‘म केपी ओलीको मान्छ हुँ त के गर्न सक्छस् मलाई, एक सय लिटर तेल हाल्ने भए हाल नत्र भने तेरो जागिर खाइदिन्छु’ ।” निर्देशक बेल्वासेको गुनासोपछि समितिका सभापति भीष्मराज आङ्देम्बेले त्यसरी इन्धन भर्ने वा जोकसुकै व्यक्तिको नाम लिएर धम्क्याउनेसँग नडराउन निर्देशन दिए । त्यस्ता व्यक्तिको रेकर्ड राखी सार्वजनिक गर्न निर्देशन दिँदै उनले त्यसमा समितिको पूर्ण साथ र सहयोग रहने आश्वासन दिए । सभापति आङ्देम्बेले चीनसँग इन्धन आपूर्तिका लागि भएका प्रयासलाई गम्भीरता पूर्वक लिएर कर छुटलगायतका विषय कूटनीति माध्यमबाट हल गर्न र कोदारीलगायतका सबै नाका खोल्नका लागि पहल गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिए । सभापति आङ्देम्बेले मौज्दात इन्धनको वितरणलाई न्यायोचित बनाउन नेपाल आयल निगमलाई निर्देशन दिँदै भने, “भोलि तय भएको निजी क्षेत्रका सवारी साधनलाई इन्धन वितरण गर्ने कार्यलाई सहज बनाउनुस् र लाइनमा बसेका कसैले पनि फिर्ता हुन नपरोस् ।” उनले खाने तेललगायत उपभोग्य वस्तुमा भएको मूल्य वृद्धिका बारेमा वाणिज्य तथा आपूर्ति विभागलाई प्रभावकारी रुपमा काम गर्न आग्रह गरे । बैठकमा मन्त्रालयका सहसचिव शम्भु घिमिरेले आपूर्ति हुने १० प्रतिशत इन्धनले शतप्रतिशत मागको सम्बोधन गर्नुपर्दा वर्तमान समस्या देखिएको बताउँदै इन्धन आपूर्तिका लागि मन्त्रालयले चीन सरकारसँग गरेको प्रयासको बारेमा समितिलाई अवगत गराए । चीनका साथै सरकारले बङ्लादेशसँग इन्धन आपूर्तिका लागि काम अघि बढाएको उनले जानकारी गराए । वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक शम्भु कोइरालाले खाने तेल व्यवसायीले इन्धन र ढुवानीको समस्या, री रुट गर्दा ढुवानी खर्च बढेको, तोरीको मूल्य बढेकोलगायतका तर्क गर्दै खाने तेलको मूल्य बढाउन खोज्दा त्यसमा नियन्त्रण गरेको बताए । उनले केही खाने तेल व्यवसायीले अभावको मौका उठाई मूल्य वृद्धी गर्न खोज्दा गोदाममा सिलबन्दी गरी कारबाहीका लागि प्रक्रियाअघि बढेको जानकारी गराए । निगमका कार्यकारी निर्देशक गोपाल खड्काले मुलुकका विभिन्न जिल्लाबाट पेट्रोलियम पदार्थल्याई कालोबजारी गर्ने गिरोहका कार्यलाई पनि निगमसँग जोडेर बदनाम गरिएको भन्दै दुखेसो पोखे । मुलुकमा पेट्रोलियम पदार्थ आयात गर्न निजी क्षेत्रले स्वीकृत लिए पनि हालसम्म कसैले पनि स्थलमार्गबाट ल्याउन नसकेको र पेट्रोम्याक्सले हवाईमार्गबाट इन्धन ल्याउन सुरु गरेको जानकारी गराए । चीनबाट पेट्रोलियम पदार्थ ल्याउने बारेमा अध्ययन गर्न चीन गएको प्राविधिक टोलीले त्यहाँबाट ल्याइने पेट्रोलियम पदार्थ हालको भन्दा महँगो पर्ने बताएको छ । चीनमा कर छुटको सुविधा नपाए उपभोक्तासम्म पुग्दा पेट्रोल प्रतिलिटर रु १८० र डिजेल प्रतिलिटर रु १५० पर्ने टोलीले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE