Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

कुन महिनामा जन्मेका महिलाको स्वभाव कस्तो हुन्छ ! थाहा पाई राख्नुहोस्

\"daytona6\"काठमाडौं । संसारमा विभिन्न भौतिकवादी विचार र दर्शनको विकास भएपनि ज्योतिष शास्त्रलाई पूर्ण रुपमा इन्कार गर्न सकेको देखिदैन । नास्तिक विचार राख्नेहरुका लागि यो खबर उचित नलाग्न सक्छ । तर  पूर्वीय दर्शनले ज्योतिषशास्त्रलाई स्वीकार गरेको सन्दर्भमा यो खबर जायज लाग्न सक्छ । नेपाल जस्तो विकासशिल राष्ट्रमा अझैपनि लाखौं मान्छे ज्योतिषशास्त्रलाई आधार मानेर आफ्ना कामहरु अगाडी बढाइरहेका छन् । मान्छेको जीवनमा ज्योतिषशास्त्रको दृष्टिले धेरै नै फरक पार्ने तथ्यहरु सार्वजनिक भएको छ । आउनुहोस्, कुन महिनामा जन्मेका महिलाहरुको स्वभाव कस्तो हुन्छ् जानकारी हासिल गरौं । बैसाख : यो महिनामा जन्मिएका महिला सामान्यतय सुन्दर आँखा भएकी हुन्छन् । यी महिलाको स्वभाव सरल र सहज हुन्छ । यी महिलाहरू कम खर्च गर्ने तर धेरै क्रोध भएका हुन्छन् । उनीहरूको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ । जेष्ठ : जेष्ठ महिनामा जन्म लिएका महिलाहरू उत्तम बुद्धि भएका हुन्छन् । उनीहरूको जीवनमा सुख र धन सहजै प्राप्त हुन्छ । यी महिलाहरूका लागि जीवनमा आइपर्ने कुनैपनि कार्यहरूमा समस्या हुँदैन् । यी महिलाहरू तिर्थधर्म गर्नेमा अगाडी हुन्छन् । आषाढ : आषढमा जन्मिएका महिलाहरू मीठो बोली बोल्छन् । उनीहरूको आवाजमा मधुरता हुन्छ । कडा मेहनत र संघर्षमा पनि उनीहरूले सोँचे जस्तो सुख र धन प्राप्त नहुन सक्छ । साउन : साउन महिनालाई पवित्र र शुभ महिना मानिन्छ । यो महिनामा जन्मिएका महिलाहरू राम्रो र धार्मिक काममा बढी मन लगाउँछन् । उनीहरूको जीवनमा समान रुपमा सुख, दुःख, फाइदा र नोक्सान हुने देखिन्छ । यी महिलाहरूले सन्तानबाट सुख प्राप्त गर्छन् । यी महिलाहरू अधिकांस समय कुनै न कुनै बिमारीबाट घेरिरहेका हुन्छन् । यस्ता महिलाहरू श्रीमान तथा प्रेमीबाट अधिक प्रेमको आशा राख्ने गर्दछन् । भाद्र : यो महिनामा जन्म लिएका महिलाहरूको मिठो बोली र सरल स्वभाव उनीहरूको विशेषता हो । उनीहरूलाई श्रीमानबाट पनि अत्यन्तै सुख र प्रेम मिल्छ । घरपरिवार सासु ससुराबाट माया र सम्मान प्राप्त गर्छन् । यी महिलाहरू अलि जिद्दी स्वभावका पनि हुन्छन् । उनीहरूको जिद्दीका कारण धेरैपटक समस्याहरू आइपर्दछ । असोज : असोज महिनामा जन्मिएका महिलाहरूको स्वभाव चञ्चल हुन्छ । उनीहरू कसैसँग कुरा गर्दा पनि सर्तकता अपनाउँछन् । धन प्राप्त गर्नुका साथै श्रीमानबाट पनि सुख मिल्ने र सन्तानबाट चिन्ता हुने देखिन्छ । कार्तिक : कात्तिकमा जन्म लिने महिला धनवान र बुद्धिमानी हुन्छन् । उनीहरू धेरै कलामा निपूर्ण हुन्छन् । मिठो बोल्छन् । सामान्यतय यी महिलाहरूले आफ्ना श्रीमानलाई आफ्नो अधिनमा राख्न चाहन्छन् । घरपरिवार सासु ससुरासँग पनि झगडा गर्ने तथा झगडालु हुन्छन् । उनीहरूमा कफसम्बन्धी बिमारी बढी देखिन्छ । मंसीर : यो महिनामा जन्म लिने महिलाहरू नरम स्वभावका हुन्छन् । यी महिलाहरू बिस्तारै कुरा गर्छन् । उनीहरूलाई झुटो कुरा गरेको मन पर्दैन । धार्मिक काममा मन बढी जान्छ । साथमा धन सञ्चित गर्ने र खर्च पनि अधिक गर्छन् भने उनीहरूलाई पेटसम्बन्धी समस्या बढी हुने सम्भावना रहन्छ । पुष : पुष महिनामा जन्मेका महिलाहरू सामान्यतय अत्यन्तै क्रोधी हुन्छन् । यी महिलाहरू आफ्नै कामबाट भाग्य निर्माण गर्ने खुबी राख्छन् । सबैसँग मिलजुल गर्ने स्वभावका कारण समाजमा मान सम्मान पाउँछन् । यी महिलामा टाउको दुख्ने, वायु र वाथ रोगको समस्या बढी देखिन्छ । माघ : माघमा जन्मिएका महिलाहरू सुन्दर अनुहारका हुन्छन् । सरल र सहज स्वभावका हुन्छन् तर अलि जिद्दी स्वभाव र अरुलाई कुरा गर्दा पुरा कुरा गर्न नदिने स्वभावका हुन्छन् । यी महिलाहरू कमजोरीका कारण विभिन्न रोगको शिकार हुने पनि देखिन्छ । फाल्गुन : फागुन महिनामा जन्मलिने महिला धेरै दयावान हुन्छन् । उनीहरू कसैको पनि दुःख देख्न सक्तैनन् । उनीहरूको स्वभाव र विचार बढी धार्मिक हुन्छन् । यी महिलाहरू पढाइ लेखाइमा अत्यधिक तेज हुन्छन् । चैत : यो महिनामा जन्मिएका महिला चलाख र चतुर हुन्छन् । सुन्दर हुनुका साथै चञ्चल स्वभावका कारण अरुलाई छिटो आकर्षण गर्छन् । धनबाट पनि उनीहरू लाभान्वित हुन्छन् । कहिलेकाहिँ उनीहरूमा क्रोध हावी हुनाले समस्या पनि ल्याएको हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE