Khabar Dabali २३ बैशाख २०८३ बुधबार | 6th May, 2026 Wed

महाअभियोग लगाएर लोकमान हटाउने एमाओवादी र एमालेको तयारी

\"Lokman_singh_Karki\"काठमाडौं । सत्ताधारी दल नेकपा एमाले र एमाओवादीले अख्तियार प्रमुख लोकमानसिंह कार्की हटाउनका लागी पार्टीको आन्तरिक पक्तिंमा छलफल तिब्र पारेका छन् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका दोस्रा तहका प्रभावकारी नेताहरुसँग छलफल अघि बढाएका छन् ।   ठुला र खुल्लाजस्तै भ्रष्टाचारीलाई उन्मुक्ति दिएको अख्तियारले पार्टीका नेताहरुसँग बदला लिन र बदनाम गर्ने उदेश्यले विना प्रमाण र कारण अख्तियारमा बोलाएको भन्दै कार्कीलाई हटाउने तयारी गरेका हुन् । नेकपा एमालेका झण्डै आधा दर्जन उच्च नेताहरु र एमाओवादीका महासचिव कृष्णबहादुर महरालाई अख्तियारले भ्रष्टाचार गरेको आरोपमा बयानका लागी अख्तियार बोलाएपछि एमाओवादी  एमालेका शिर्ष नेताहरु कार्कीसँग असन्तुष्ट भएका हुन् ।   हिजो कार्कीको नियुक्तिका बेला आफुहरुको मौन समर्थन रहेपनि अहिले कार्कीले भारतीय उक्साहटमा आएर आफ्ना नेताहरुलाई बदनाम गरेको भन्दै एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना निकटस्थ नेताहलाई कार्की हटाउने तयारीका लागी नेपाली कांग्रेससँग छलफल अघि बढाउन भनिसकेको खबर छ ।   कार्कीलाई हटाउनका लागी सत्तापक्षबाट मात्रै सम्भव छैन । उनलाई संसदको दुईतिहाइले महाअभियोग नलगाईकन हटाउन असम्भव छ । दुई तिहाईका लागी नेपाली कांग्रेसको समर्थन चाहिन्छ ।   उतिबेला कार्कीलाई नियुक्त गर्दा एमालेका नेता माधव नेपाल र एमाओवादीका नेता नारायणकाजी श्र्रेष्ठले विरोध मात्रै गरेका थिएनन् नियुक्तिको विरोधमा हस्ताक्षर अभियान चलाइरहेका युवा नेताहरुको अगुवाई समेत गरेका थिए । प्रचण्ड र ओली अहिले ती नेताहरुको समेत चर्को दवावमा परेपछि हटाउने तयारीका लागी कांग्रेसको साथ लिने तयारीमा रहेको सम्बद्ध पार्टीका नेताहरुले बताएका छन् ।   एमालेका नेताहरु सुरेन्द्र पाण्डे र भीम रावल, एमाओवादीका नेताहरु नरायणकाजी श्र्रेष्ठ लगायतका नेताहरु दुई तिहाई पुर्याउनका लागी गृहकार्यमा जुटेको एमालेका एक नेताले खबरडबलीलाई बताए । एमालेले चितवन भेला र एमाओवादीले केन्द्रिय समितिको बैठकबाट अख्तियारको काम पूर्वाग्रहका आधारमा भएको भन्दै विरोध गरिसकेका छन् ।   तर अख्तियारले पछिल्लो समय काटेको पत्रमा कांग्रेसका कोही उच्च नेता छैनन् । दुई तिहाई पुग्न नदिन कार्कीले चलख्याइपूर्णरुपमा कांग्रेसलाई नछोएको तर दोस्रो चरणमा कांग्रेसको समेत पालो आउने भन्दै कांग्रेसका केही युवा नेताहरु एमाले/एमाओवादीको कदममा साथ दिनपर्ने बताउन थालिसकेको र कांग्रेसका शिर्ष नेताहरुसँग छलफल चलाईरहेको समेत ति एमाले नेताले बताए ।   कांग्रेस सभापति सुशिल कोईराला भने अख्तियारको कदमबारे बेखबर जस्तै मौन बसेका छन् भने अर्का नेता शेर बहादुर देउवाले भने आक्कालझुक्ल उठ्ने सबालमा चासो राख्ने गरेको काग्रेस सम्बद्ध स्रोत बताउँछ ।   अर्को रमाइलो र पार्टीहरुको आशंका सहयोग पुग्ने कुरा के छ भने कार्कीले नेता तथा कर्मचारीहरुलाई पत्र काट्दै गरेको कुरा अख्तियारका अन्य आयुक्त तथा कर्मचारीहरुले समेत थाहा नपाएको कुरा अन्य आयुक्तहरुले बताएको आजै समाचारहरुमा सार्वजनिक भएको छ । झण्डै ५० जना नेता तथा कर्मचारीहरुको सामान्यतया अनुसन्धान गर्न पनि अख्तियारको पुरै कर्मचारी लाग्नुपर्ने हो । तर कार्कीले पत्रका लागी अनुसन्धान गर्न अखितयारको कोको कर्मचारी खटाए भन्नेबारे अख्तियारकै अन्य कर्मचारीलाई थाहा नहुनु झन रहस्यको विषय बनेको छ ।   एमालेका एक नेता भन्छन्, ‘कार्कीले भारतीय गुप्तचर संस्था रअ ले तयार गरेको फाईल नै अख्तियारको अनुस्धानम दराजमा राखिएको हुनसक्छ । नत्र कोही न कोही कर्मचारीले अनुसनधान गरेको या आरोपपत्र तयार गरेको पाईनुपर्ने हो । कि कार्कीले अध्यारोमा ढुगां हानिरहेका छन् कि त उनले दुतावासको आदेश मानिरहेका छन् ।’   यसअघि अख्तियारले पत्र काटेका एमालेका प्राय नेताहरुले सार्वजनिक रुपमै कार्कीले नियुक्तिको बेलाको बदला लिएको बताइसकेका छन् भने केहीले राष्ट्रियताको पक्षमा अडान राखेकाले बदनाम गराएको बताईसकेका छन् ।   एमाओवादी नेता महराले भने आफ्नो सम्पक्ति अख्तियारले मात्रै नभइ राष्ट्रले नै छानविन गर्न भनिसकेका छन् भने उनी आफु विरुद्ध षड्यन्त्र भएको ठान्छन् ।   स्वंयम कार्की भने दोस्रो जनआन्दोनका दोषी ठहर व्यक्ति मात्रै होइनन् । पदमा बसेर भूकम्प पिडितका लागी ल्याइएको त्रिपाल काण्डका भ्ष्टचारीहरुको संरक्षक, फुटबल संघका गणेश थापा काण्डका संरक्षक तथा विभिन्न भ्रष्टचार काण्डमा दोषी देखिने भ्रष्टचारीहरुलाई जोगाउने व्यक्ति हुन् ।   कार्कीका विरुद्ध दलहरु मात्रै होइन अख्तियारकै बाँकी आयुक्तहरु समेत असन्तुष्ट रहेको र कार्कीले भ्रष्टचारीहरुलाई जोगाउने तर बदलाको राजनीति गर्ने गरेको प्रति असन्तुष्टी राख्दै प्रधानमन्त्री ओलीलाई यस्तो दादागिरीका विच काम गर्न नसक्ने बताईसकेका छन् ।   एमाले/एमाओवादीले कार्कीलाई महाअभियोग लगाएर हटाउन सकेको खण्डमा यो नेपालकै नयाँ इतिहास हुनेछ । याे पनि पढ्रनुहाेस्

अख्तियारको पत्रबारे लोकमान बाहेक अरु आयुक्त बेखवर

अख्तियारको अनुसन्धान गलत समयमाः प्रचण्ड

एमाले नेता नेपालले भने ‘अख्तियारको काम अति भो ’

अख्तियारको निर्देशनमा दुई पत्रकारलाई मुद्दा

अख्तियारको पत्रबारे लोकमान बाहेक अरु आयुक्त बेखवर

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending