मंसिर २४ गते, २०७२ बिहिवार 10th December, 2015 Thu०९:२३:४३ मा प्रकाशित
श्रीलंकाली मूलकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको अभिनयमा लोभिने प्रशंसक धेरै नै छन् । उनको अभिनय मात्र होइन, सौन्दर्यले पनि त्यति नै धेरैलाई मोहित पारेको हुनुपर्छ । फिल्ममा र ‘रेड कार्पेट’मा मात्र होइन, ज्याकलिन ‘रियल लाबअउत्तिकै सचेत छिन् । उनले आफ्नो सौन्दर्यराजबारे भारतीय मिडियासाग बताएकी छिन् –श्रीलंकामा नरिवल धेरै पाइन्छ । नरिवलको तेल प्रयोग गर्नाले छाला राम्रो हुन्छ । मैले पनि छाला र कपाल राम्रो बनाउन नरिवलको तेल प्रयोग गर्ने गरेकी थिएँ । त्यति मात्र होइन, हामी फलफूल पनि धेरै खान्थ्यौँ । फलफूलले छालामा चमक मात्र बढाउँदैन, कपाल पनि ‘सिल्की’ बनाउन सहयोग गर्छ ।
सौन्दर्य सामग्रीमा मैले पहिलोपटक आमाको एउटा क्रिम प्रयोग गरेकी थिएँ । आमा काममा जानुभन्दा पहिले क्रिम लगाउनुहुन्थ्यो, स्किन केयर लगाउनुहुन्थ्यो । त्यसैले उहाँको छाला राम्रो थियो । मैले पनि उहाँकै क्रिम लगाउँथँे । त्यसैले मेरो छाला राम्रो भयो ।
अर्को कुरा, म मेकअप लामो समय राख्दिनँ । जस्तो, राति सुत्नुभन्दा पहिले म मेकअप राम्रोसँग पखाल्छु अनि मात्र सुत्छु । आँखाबाट पनि मेकअप हटाउँछु । यसरी सफा गर्न भिटामिन ए, ई, सी भएका धेरै ‘क्लिनर्स’ प्रयोग गर्छु ।
म अहिले पनि कपालमा दिनहुँ तेल लगाउँछु । त्यस्तै अनुहारलाई ‘स्टिम’ दिन्छु र फेसियल मसाज पनि गर्छु । मलाई लाग्छ, अहिलेको समयमा यी तीन कुरा नै खास सौन्दर्य मन्त्र हुन् ।
तर, म घरमा बस्दा धेरै मेकअप गर्दिनँ । केवल सनक्रिम लगाउँछु । बाहिर सुटिङमा जाँदा भने विभिन्न क्रिमहरू प्रयोग गर्छु । ओठका लागि मसँग एउटा राम्रो ‘लिप बाम’ छ र आँखाका लागि गुणस्तरीय ‘मस्कारा’ ।
अहिले चिसो मौसम सुरु भइसकेको छ । यस्तो समयमा छालाको विशेष ख्याल गर्नुपर्छ । त्यसका लागि ‘फेसियल’ तेल प्रयोग गर्न सकिन्छ । म पनि फेसियल तेल प्रयोग गर्छु, जुन मेरो छालाले सहजै सोस्न सक्छ ।
(स्रोत नयाँ पत्रिका दैनिक)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: