Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

माओवादी मन्त्रीहरूः कार्यकर्ताको काम गर्दैनन्

\"maoist_minister\"काठमाडौं । एकीकृत माओवादीका एक कार्यकर्ता शुक्रबार हस्याङ् फस्याङ गर्दै सिंहदरबारतिर पस्दै थिए । झण्डै दुई घण्टापछि ती कार्यकर्ता फर्किए । सिंहदरबार पस्दा हस्याङफस्याङ् गर्दै हिडेका उनी फर्किदा निराश देखिन्थे । ‘एउटा जरुरी कामले मन्त्रालय गएको थिएँ, मन्त्रीले वास्तै गरेनन्,’ ती कार्यकर्ताले निराशा ब्यक्त गर्दै भने, ‘के को ब्यस्तता थियो कुन्नि, भेट गर्ने समयसमेत दिएनन् ।’  यो एक प्रतिनिधि उदाहरण मात्रै हो, एकीकृत माओवादीका मन्त्रीहरु कार्यकर्तालाई सकभर भेट गर्ने समय नै दिदैँनन्, भेट दिइहाले भने पनि काम गर्ने छाँटै देखाउँदैनन् । पार्टी सरकारमा गएपछि कार्यकर्ताहरुको रवाफ नै बेग्लै हुन्छ । सरकारी निकायको काम गर्न सजिलो हुने भएकैले गर्दा कार्यकर्ताहरु हौसिनु स्वभाविक हो । ब्यक्तिगत काम गर्न नपाए पनि आफ्नो क्षेत्रका केही विकाशे कामहरु वा पार्टी समर्थक जनताको काम गरिदिन पाए पनि संगठनमा काम लाग्छ भन्ने कार्यकर्ताको चाहना हुन्छ । पछिल्लो समय एकीकृत माओवादी सरकारमा गएको झण्डै तीन महिना भयो । प्रमुख सत्ता साझेदार नेकपा एमालेको भन्दा महत्वपूर्ण मन्त्रालयहरु पनि एमाओवादीको पोल्टामा छ । गृहदेखि सामान्य प्रशासन मन्त्रालयसम्म माओवादीका मन्त्री छन् । माओवादी मन्त्रीहरु किन काम गर्दैनन् कार्यकर्ताको ? खासगरी राजनीतिक दलका नेताहरुले कार्यकर्ताको ब्यवस्थापन गर्ने र थुम्थुमाइ राख्ने उचित अवसरका रुपमा सरकारलाई ठान्दछन् । त्यसैले सरकारमा जानका लागि हरेक राजनीतिक दलहरुले आफ्नो शाख गुमाएरै भए पनि सरकारमा जान हानाथाप गर्छन् । सरकारमा गएपछि प्रशस्त राजनीतिक नियुक्तिहरु पनि दिन पाइने, सरकारले छुट्टाएका बजेट आफ्ना पकड क्षेत्रमा लैजान पाइने अनि कार्यकर्तालाई खुशी पार्न ठाउँ ठाउँमा चाराहरु छर्न पाइने भएकैले राजनीतिक दलहरु सरकारमा जान मरिहत्ते गर्छन् । ‘तर माओवादी मन्त्रीहरु भने कार्यकर्ताको भन्दा पनि अन्य गैरमाओवादीहरुको काम छिटो छरितो गरिदिन्छन्’–अर्का माओवादी कार्यकर्ताले भने ।   मन्त्रीहरुकाृमा ब्यापारी, ठेकेदार को पहुँच सहजै हुन्छ तर कार्यकर्ता घण्टौं कुर्दा समेत भेट्ने पालो आउँदैन । कतै विचौलियाहरु तथा ब्यापारी, ठेकेदार तथा भ्रष्टाचारीहरुबाट कमिशन पाइन्छ भनेर त होइन ? ति कार्यकर्ताले गुनासो गरे  ।   ‘अहिले त्यहि रोगले माओवादी मन्त्रीहरुलाई पनि सताएको हुनुपर्छ,’  सिंहदरबार परिसरभित्रै भेटिएका एक नेताले बास्तविकता खुलाए, ‘इमान्दार कार्यकर्ताहरुलाई लप्पन छप्पन आउँदैन, कमिशन दिँन जान्दैनन् ।’ मन्त्रीलार्इ गुनासाे पेरिशडाँडामा हालसालै सिंचाईँमन्त्रीले उमेश यादवले जनताको काम गर्न र गुनासो सुन्न भन्दै ‘हेलो सिँचाइँ’ कार्यक्रम ल्याए । उनको यो कार्यक्रमपछि आफ्नो क्षेत्रका सिंचाइँ सुविधा पुर्याउन भन्दै धमाधम कार्यकर्ताहरुले निवेदनको चाङ लगाइदिए । तर निवेदन दिए पनि कुनै काम नभएको अर्का कार्यकर्ताले सुनाए । हिजोआज सिंहदरबारमा मात्र होइन, मन्त्रीबाट हुनुपर्ने काम नभइदिएपछि कार्यकर्ताहरु पेरिशडाँडामा गुनासो गर्न थालेका छन् । आफ्ना कार्यकर्ताको कामबारे सुन्न समेत नचाहने मन्त्रीहरुले बरु आफ्नै पार्टीका नेताहरुलाई खुशी पार्न भन्दै बेला बेलामा विवादस्पद काम पनि गर्ने गरेको माओवादी नेता कार्यकर्ताहरु बताउँछन् । यसअघि पटक पटक सरकारमा गएर पनि कुनै काम गर्न नसकेको बरु बदनामी कमाएको भन्दै यो पटक पार्टीेले पठाएका मन्त्रीहरुका लागि आचारसंहितासमेत बनाएको छ । प्रक्रियागत रुपमै गएका आफ्ना कार्यकर्ताको समेत मन्त्रीले काम नगरिदिएपछि कार्यकर्ताको गुनासो सुन्ने ब्यवस्था पेरिशडाँडामै गरिदिन पर्ने भो अर्का माओवादी कार्यकर्ताले निराशा ब्यक्त गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy