Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

भारतीय नागरिक पनि बिद्रोही समूह स्लामिक स्टेटका सहयोगी

\"IS\"काठमाडौं । भारतीयहरु पनि बिद्रोही समूह स्लामिक स्टेटका सहयोगी रहेको खुलेको छ । बिद्रोही समूह इस्लामिक स्टेट आइएसका लागि काम गरेको आरोपमा भारतीय आयल निगम आइओसीका मार्केटिङ म्यानेजर मोहम्मद सिराजुद्दीन पक्राउ परेपछि यस्तो खुलेको हो । पक्राउ परेका उनले आरोप स्वीकार गरिसकेको इन्डियन एस्प्रेसले जनाएको छ ।

मोहम्मदले आतंकवादी संगठन आइएसको सिद्धान्तलाई अनलाइन र सामाजिक सञ्जालमार्फत प्रचार प्रसार गरेको तथा युवाहरुलाई आइएसमा लाग्न उत्प्रेरित गरेको भारतीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । कर्नाटकका ३० वर्षीय मोहम्मद सिराजुद्दीनलाई एन्टी टेरोरिस्ट स्क्वाड एटीएसले जयपुरबाट बिहीबार पक्राउ गरेको हो । एटीएसका अनुसार मुस्लिम युवाहरुलाई आइएसमा लाग्नका निम्ति प्रोत्साहन गर्न उनले इन्टरनेटका विभिन्न समुह र फोरमहरु प्रयोग गर्दै आएका थिए । उनको अनलाइन क्रियाकलापको तथ्यांक विश्लेषण गरेर आइएसका लागि काम गरेको एकिन भएपछि मात्रै पक्राउ गरएको एटिएसको दाबी छ ।

‘उनी आइएसमा मान्छे भर्ती गरिरहेका थिए भन्दा फरक पर्दैन । उनले ह्वाट्सएप, टेलिग्राम, फेसबुक र अन्य सामाजिक सञ्जालमा गु्रप बनाएर आइएसका सिद्धान्तहरुको प्रचार प्रसार गरिरहेको पाइयो ।’ एटीएसका डीजीपी आलोक त्रिपाठीले भने ।

अरु कोको व्यक्तिहरु उनीसित यस कार्यमा जोडिएका छन् भन्ने विषयमा खोजी भइहेको उल्लेख गर्दै त्रिपाठीले सिराजुद्दिनलाई तत्कालै म्याजिस्ट्रेटसामु पेस गर्ने जनाएका छन् ।

प्रहरीले सिराजुद्दिनको जयपुरस्थित निवासबाट ल्यापटप र आइएसका जर्नलहरु बरामद गरेको छ । एटीएस स्रोतले उनी अनलाइनमार्फत आइएससित जोडिएको र हाल यसको सक्रिय सदस्य रहेको दाबी गरेको छ ।

उनी आफ्नी श्रीमती र बच्चासहित २०१४ देखि जयपुरमा बस्न थालेका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies