Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

मुद्दा लम्बिँदा राहुघाटको भविष्य थप अन्योलमा

म्याग्दी, निर्माणाधीन ३२ मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुद्दा सुनुवाइ पटक–पटक सरेपछि आयोजनाको भविष्य थप अन्योलमा परेको छ । आयोजना निर्माणकर्ता नेपाल विद्युत् प्राधिकरणले व्यवस्थापिका–संसद्को ऊर्जा तथा कृषि समितिमा समस्याग्रस्त घोषणा गरी सिभिल ठेकेदारसँगको सम्झौता खारेजीका लागि अघि बढाएको प्रक्रिया सम्बन्धि अदालतमा परेको मुद्दा सुनुवाइमा ढिलाइ हुँदा अन्योलता बढेको हो । सम्झौता खारेजी गर्ने कदम अघि बढेपछि सिभिल ठेकेदार आइभिआरसीएल लिमिटेडले २०७१ माग ९ गते पुनरावेदन अदालत पाटनमा विद्युत् प्राधिकरणलाई विपक्षी बनाएर मुद्दा दायर गरेको थियो । अदालतले तोकेको फागुन १ र १४ गतेको पेसी मुद्दाको सुनुवाइ हुन नसकेपछि चैत १ गते तेस्रो पेसी तोकिएको छ । सरकारी निकायले प्रक्रिया अघि बढाइसकेको आयोजना अहिलेकै अवस्थामा लामो समयसम्म अल्झिदा अलमलको वातावरण उत्पन्न भएको संसद्को ऊर्जा तथा कृषि समितिका सभापति सभासद् गगन थापाले बताए । म्याग्दीको पिप्ले गाविसमा पर्ने आयोजनाको विद्युत्गृहको निर्माणाधीन सुरुङ मार्गको शुक्रबार अवलोकन गरेपछि सभापति थापाले अदालतले राहुघाटको विषयमा छिटो फैसला गरेमा नयाँ प्रक्रियामा अघि बढ्ने वातावरण बन्ने अपेक्षा व्यक्त गरे । विद्युत् प्राधिकरणको प्राथमिकतामा धेरै आयोजना रहेकाले अदालतले फैसला गर्न ढिलाइ गर्दा राहुघाट प्राथमिकताबाट हट्ने र म्याग्दीको जलविद्युत् विकास तथा जिल्लावासीको अपेक्षा अधुरो रहने भएकाले राहुघाटको विषयमा छलफल गर्न संसद्को ऊर्जा तथा कृषि समितिको बैठक बोलाउने थापाले बताए । अर्थमन्त्रालयले आयोजनाको ऋण लगानीकर्ता भारतीय एक्जिम बैंकसँग सहमति गरेपछि विद्युत् प्राधिकरणले वर्तमान ठेकेदारको आर्थिक समस्याका कारण मुख्य काम सुरु हुन नसकेकाले ठेक्का सम्झौता खारेज गर्ने प्रक्रिया अघि बढाएको थियो । विसं २०६७ कात्तिक १८ गते रु दुई अर्ब ४५ करोडमा सिभिल ठेक्का सम्झौता गरेको आइभिआरसीएलले पिप्लेको तिल्केनीचौरमा प्रवेशमार्गको ५० मिटर सुरुङ खनेको छ । विद्युत्गृह र बाँधको काम सुरु नगरेको ठेकेदारले प्रवेशमार्गमा सडक बनाउनेलगायतका काम पनि सन्तोषजनक रुपमा गर्न नसकेको सभासद् रेशमबहादुर बानियाँले बताए । सभापति थापा र सभासद् बानियाँसँग आयोजना प्रभावित क्षेत्रका बासिन्दाले स्थानीयस्तरमा कुनै अवरोध नभएको स्पष्ट पार्दै राहुघाट आयोजनाको काम छिटो अघि बढाउन माग गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy