Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

युवा कृषिजन्य उद्योगतर्फ आकर्षित

मोरङ, कृषिमा आधारित उद्योगलाई सरकारले सहुलियत ब्याजदरमा ऋण दिने भएपछि विदेशबाट फर्किएका युवा कृषिजन्य उद्योगतर्फ आकर्षित भएका छन् । वैदेशिक रोजगारबाट फर्किएपछि व्यावसायिक कृषिमा आकर्षित भएपछि मोरङमा साना र मझौला उद्योग दर्ता गर्ने क्रम बढेको छ । घरेलु तथा साना उद्योग कार्यालय मोरङको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा २७२ उद्योग दर्ता भएका छन् । जसमा १०२ वटा कृषिजन्य उद्योग छन् । यस्तै सेवाजन्य ६३ वटा र पर्यटन उद्योग १० वटा दर्ता भएका छन् । कृषिमा आधारित उद्योग दर्ता गर्ने क्रम बढेको कार्यालयले जनाएको छ । मङ्सिरमा ९२ वटा उद्योग दर्ता भएकामा ८० प्रतिशत कृषिजन्य उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय मोरङका प्रमुख उमेश पाण्डेले जानकारी दिए । विदेशबाट फर्किएका युवा उद्योग दर्ता गर्न आइरहेका छन् उनले भने, “दर्ता भएका उद्योगले सन्तोषजनक रूपमै काम गरेका छन् ।” सरकारले आर्थिक वर्ष २०७१/७२ को बजेटमा कृषिमा आधारित उद्योगलाई सहुलियत ब्याजदरमा ऋण दिने घोषणा गरेपछि जिल्लामा कृषिमा आधारित उद्योग दर्ता गर्ने क्रम बढेको उनको भनाइ छ । बजेटमार्फत सरकारले सहुलियत ब्याजदरमा ऋण दिने र कृषिक्षेत्रको विकासका लागि प्राथमिकता दिने घोषणा गरेको थियो । कृषि उद्योग दर्ता गर्ने र सञ्चालन गर्ने क्रम बढे पनि बजेटमा घोषणा भएअनुसारको कृषि ऋणमा ब्याज सहुलियत कार्यान्वयन नभएको पाण्डेले बताए । मोरङमा गाईपालन, भैँसीपालन, माछा, कुखुरा, डेरी उद्योग, बङ्गुरपालनलगायतका उद्योग बढी दर्ता भएका छन् । मोरङ बयरवनका वीरेन्द्र साहले विदेशमा भन्दा स्वदेशमा नै राम्रो कमाइ हुने देखेर डेरी उद्योग दर्ता गरेको बताए । चार वर्ष मलेसिया बसेर गएको दसैँमा घर फर्किएका मोरङ राजघाटका सुरेश ढकालले पनि ‘मिनी कृषि’ फार्म दर्ता गरेका छन् । उनले फार्ममा कुखुरा, हाँस, बाख्रा, गाईभैँसी, माछा पाल्ने तयारी गरेका छन् । कार्यालयमा मङ्सिर मसान्तसम्म दर्ता भएका उद्योगको सङ्ख्या ३६४ पुगेको छ । उद्योग दर्ताबापत रु ३९ लाख ९५ हजार ५०० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: