Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

युवा कृषिजन्य उद्योगतर्फ आकर्षित

मोरङ, कृषिमा आधारित उद्योगलाई सरकारले सहुलियत ब्याजदरमा ऋण दिने भएपछि विदेशबाट फर्किएका युवा कृषिजन्य उद्योगतर्फ आकर्षित भएका छन् । वैदेशिक रोजगारबाट फर्किएपछि व्यावसायिक कृषिमा आकर्षित भएपछि मोरङमा साना र मझौला उद्योग दर्ता गर्ने क्रम बढेको छ । घरेलु तथा साना उद्योग कार्यालय मोरङको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा २७२ उद्योग दर्ता भएका छन् । जसमा १०२ वटा कृषिजन्य उद्योग छन् । यस्तै सेवाजन्य ६३ वटा र पर्यटन उद्योग १० वटा दर्ता भएका छन् । कृषिमा आधारित उद्योग दर्ता गर्ने क्रम बढेको कार्यालयले जनाएको छ । मङ्सिरमा ९२ वटा उद्योग दर्ता भएकामा ८० प्रतिशत कृषिजन्य उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय मोरङका प्रमुख उमेश पाण्डेले जानकारी दिए । विदेशबाट फर्किएका युवा उद्योग दर्ता गर्न आइरहेका छन् उनले भने, “दर्ता भएका उद्योगले सन्तोषजनक रूपमै काम गरेका छन् ।” सरकारले आर्थिक वर्ष २०७१/७२ को बजेटमा कृषिमा आधारित उद्योगलाई सहुलियत ब्याजदरमा ऋण दिने घोषणा गरेपछि जिल्लामा कृषिमा आधारित उद्योग दर्ता गर्ने क्रम बढेको उनको भनाइ छ । बजेटमार्फत सरकारले सहुलियत ब्याजदरमा ऋण दिने र कृषिक्षेत्रको विकासका लागि प्राथमिकता दिने घोषणा गरेको थियो । कृषि उद्योग दर्ता गर्ने र सञ्चालन गर्ने क्रम बढे पनि बजेटमा घोषणा भएअनुसारको कृषि ऋणमा ब्याज सहुलियत कार्यान्वयन नभएको पाण्डेले बताए । मोरङमा गाईपालन, भैँसीपालन, माछा, कुखुरा, डेरी उद्योग, बङ्गुरपालनलगायतका उद्योग बढी दर्ता भएका छन् । मोरङ बयरवनका वीरेन्द्र साहले विदेशमा भन्दा स्वदेशमा नै राम्रो कमाइ हुने देखेर डेरी उद्योग दर्ता गरेको बताए । चार वर्ष मलेसिया बसेर गएको दसैँमा घर फर्किएका मोरङ राजघाटका सुरेश ढकालले पनि ‘मिनी कृषि’ फार्म दर्ता गरेका छन् । उनले फार्ममा कुखुरा, हाँस, बाख्रा, गाईभैँसी, माछा पाल्ने तयारी गरेका छन् । कार्यालयमा मङ्सिर मसान्तसम्म दर्ता भएका उद्योगको सङ्ख्या ३६४ पुगेको छ । उद्योग दर्ताबापत रु ३९ लाख ९५ हजार ५०० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy