Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

तयार छ तातोपानी नाका

\"Tatopaniकाठमाडौं । भारतीय नाकाबन्दीयता सबैको ध्यान तातोपानी नाकातिर केन्द्रित छ । आजको कान्तिपुर दैनिकमा खबर छ–भूकम्पपछि बन्द रहेको उत्तरतिर सबैभन्दा चल्तीको यो नाका पुनः सुचारु गर्न नेपालतर्फ अब कुनै भौतिक संरचनाले रोक्दैन । अरनिको राजमार्ग पूर्णतः सुचारु भइसकेको छ । नेपाली भन्सार र अध्यागमन कार्यालय सञ्चालनमा आइसकेका छन् । जत्रै गाडी काठमाडौंसम्म पुग्न र जति धेरै सामान वैधानिक रूपमा आयात–निर्यात गराउन नेपाली अधिकारीहरू तम्तयार छन् । तर पनि नाका खुल्न सकेको छैन । ‘हामी २४ घण्टा खटेर सेवा दिन तयार छौं,’ तातोपानी भन्सार प्रमुख दिव्यराज पोखरेलले भने, ‘चिनियाँ पक्ष खोल्न तयार रहे हाम्रोतर्फ कुनै समस्या छैन ।’ चीनबाट इन्धनलगायत अत्यावश्यक सरसामान ल्याउन सबैभन्दा उचित ठानिएको यस नाकाको अवलोकनमा गएको संसदको विकास समिति नेतृत्वको टोलीले त्यही महसुस गरेर फर्कियो । ‘यो नाका सुचारु गर्न अब कुनै बाधा नरहेको पाएँ,’ समितिका सभापति रवीन्द्र अधिकारीले भने, ‘यथासक्य छिटो यसका लागि सरकारलाई प्रतिवेदन बुझाउने छौं । साथै सरोकारवाला मन्त्रालयका मन्त्रीदेखि सचिवसम्मलाई बोलाएर यो नाका सुचारु गर्ने वातावरण बनाउन निर्देशन दिनेछौं ।’ सडक विभागका उपमहानिर्देशक केशवकुमार शर्माले अप्ठ्यारा ठाउँमा मर्मतसम्भार गरी सडक आवागमन योग्य बनाइसकेको जानकारी दिए । उनका अनुसार पूर्ववत् रूपमा फर्काउन १ अर्ब ६० करोड खर्च लाग्ने अनुमान गरिएको छ । त्यसमध्ये योजना आयोगले ७७ करोड रुपैयाँ तत्काल उपलब्ध गराउने भएको छ । ‘आन्तरिक स्रोतबाटै हामीले धेरै काम गरिसकेका छौं,’ उनले भने, ‘कोठे, झ्यालेभीर र लिपिङका साँघुरा ठाउँलाई मिलाउनासाथ ग्यास बुलेट ल्याउनसमेत सकिन्छ ।’ त्यस्तो स्थिति आए विभागले रातारात तयार गरिदिन सक्ने उनले प्रतिबद्धता जनाए । एमाले नेता तथा सिन्धुपाल्चोकका सांसद अमृत बोहोराले राष्ट्रिय आयमा राम्रो योगदान दिइरहेको तातोपानी नाका कुनै विलम्ब र कुनै बहानाबिना सुचारु हुनुपर्ने बताए । ‘यो मार्ग ऐतिहासिक मात्र होइन, नेपाल–चीन सम्बन्धको कडीसमेत हो,’ उनले भने, ‘यसलाई पूर्ववत् सञ्चालनमा ल्याउन भौतिक पूर्वाधारमा पनि कुनै कन्जुस्याइँ गर्नु हुँदैन ।’ भूकम्पबाट सबैभन्दा प्रभावित सिन्धुपाल्चोकका बासिन्दा मर्माहत भएका छन् । ‘हामीले ज्ञापनपत्र लिएर जान बाँकी कुनै पनि संघसंस्था र निकाय छैनन् होला,’ उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष कमल श्रेष्ठले भने, ‘तर नाका खुल्न सकेन । यसमा उच्चस्तरीय राजनीतिक पहल नपुगेको हुनुपर्छ ।’ सिन्धुपाल्चोकवासीको मर्मसँगै जोडिएको छ यो नाका । अत्यन्त विकट भौगोलिक बनावटको यस जिल्लामा कृषि उब्जनी खास हुँदैन । ‘सर्वसाधारणको कामै बन्दव्यापार हो,’ स्थानीय कामी शेर्पाले भने, ‘त्यो पनि चिनियाँ सरसामानको । अहिले नाका बन्द भएपछि सिंगै जिल्लावासीको बिचल्ली भएको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending