Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

भारतले नाकाबन्दी खोल्छु भन्दा पनि नेपालका दलहरूले खोल्न दिएनन्

[caption id=\"attachment_48187\" align=\"alignleft\" width=\"650\"]\"file file photo[/caption] काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बोलाएको सत्तापक्ष, प्रमुख प्रतिपक्ष र मधेसी मोर्चाबीचको वार्ता विनानिष्कर्ष टुंगिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–सत्तापक्ष, कांग्रेस र मोर्चा तीनै पक्ष जिम्मेवार नहुँदा चार महिनादेखि विभिन्न चरणमा भएका वार्ता उपलब्धिविहीन हुँदै आएका छन् ।   आइतबारको वार्तामा तीनै पक्ष आ–आफ्नै अडानमा रहेपछि मुख्य विषयले प्रवेश नै पाएन । मोर्चाले विगतमा राख्दै आएका मागको विषयमा छलफलसमेत हुन सकेन । बैठकमा अवरुद्ध संसद् कसरी खुलाउने भन्ने तत्कालीन समस्याबारे मात्रै छलफल भएको थियो । कांग्रेस आफ्नो दुईबुँदे संविधान संशोधनको विधेयक संसद्बाट पारित गराउनुपर्ने अडानमा छ । उक्त प्रस्ताव पारित गर्न संसद्को कार्यसूचीमा नपरेसम्म पुनर्निर्माण विधेयक पारित गर्न नदिने भन्दै कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ । तर, मधेसी मोर्चा पुनर्निर्माण विधेयक मात्रै पारित गर्न दिन सहमत छ । ११ बुँदे मागलाई प्याकेजमा सहमति गरी संविधान संशोधन र पुनर्निर्माण विधेयक सँगसँगै पारित गर्न माग गर्दै आएको मोर्चाका वार्ताटोली सदस्य लक्ष्मणलाल कर्णले बताउँछन् । ‘सत्तापक्ष र प्रतिपक्षको आन्तरिक विवादले हाम्रा एजेन्डा ओझेलमा परेका छन्, त्यसले गर्दा वार्ता निष्कर्षमा पुग्न सकेको छैन,’ कर्णले भने ।   केही हप्तायता मोर्चासँग विभिन्न दलले गरेका छलफल र वार्तामा खास विषयले प्रवेश नै पाउँदैन । गत शुक्रबार र आइतबार भएका सत्तापक्ष र मोर्चाबीचको वार्तामा मोर्चाका ११ बुँदे माग र सत्तापक्षले प्रस्ताव गर्न लागेको तीनबुँदेबारे कुनै छलफल भएन । ‘वार्ताका नाममा निरन्तरताबाहेक केही हुन सकेको छैन, कांग्रेस–एमालेले झगडा गरेजस्तो गरेर मिलेमतोमा हामीलाई भुलाउन खोजेजस्तो देखिँदै छ,’ सद्भावना पार्टीका महामन्त्री मनीष सुमनले भने । यता, वार्ताको प्रक्रिया चलिरहेकाले परिस्थिति सकारात्मक रहेको एमाले उपाध्यक्ष भीम रावल बताउँछन् । ‘संविधान संशोधनमा विवाद छ, त्यो कसरी मिलाउने भन्ने कुरा वार्ताबाटै हल हुन्छ, त्यो जारी छ, अहिले आत्तिहाल्नुपर्ने अवस्था छैन,’ रावलले भने । आइतबारको वार्तामा एमाओवादीले पहिले पुनर्निर्माण विधेयक पेस गरी पारित गरेर संसद् बैठक स्थगित गर्ने र त्यसै दिन अर्को बैठक राखेर संविधान संशोधन विधेयक पेस गर्नुपर्ने मध्यमार्गी प्रस्ताव राखेको थियो । तर, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको सो प्रस्तावबारे कुनै छलफल भएन । कांग्रेसले संविधान संशोधन विधेयकलाई आफ्नो ‘इगो’का रूपमा लिएको देखिन्छ भने सत्तारुढ एमाले–एमाओवादी कांग्रेसले भनेजसरी अघि बढ्ने पक्षमा नरहेको नेताहरूको भनाइ छ । तीनै पक्षको आ–आफ्नो अडानले गर्दा वार्ता औपचारिकतामै सीमित हुन पुगेको छ । सहमति गर्न भारतको दबाब नाकाबन्दी र मधेस समस्या समाधानबारे छलफल गर्न उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा दुईपटक भारत गए । थापा फर्किएपछि मोर्चाका नेताहरूले भारत भ्रमण गरे । थापाले बुझाएको तीनबुँदे प्रस्ताव भारतीय पक्षबाट मोर्चाका नेताको हातमा पुगेपछि मोर्चाले आफ्नो धारणा बनाउन सकेको छैन । तर, भारतले सहमति गर्न मोर्चालाई दबाब दिइरहेको छ । मोर्चा नेताहरूको भारत भ्रमणको वेला भारतीय विदेशमन्त्री सुष्मा स्वराजले र फर्किएपछि नेपालका लागि भारतीय राजदूत रणजित रायले शनिबार दूतावासमा ‘लन्च मिटिङ’ राखेर सहमति गर्न सुझाब दिएका थिए । तर, उनीहरूको अडान स्पष्ट भएको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending